October 4th, 2016

काठमाडौंको डिल्लीबजारमा सुबिसुको सेल्स आउटलेट

pictureनेपालको इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट( प्रा.) लि. ले काठमाडौंको डिल्लीबजारमा आफ्नो चौथो सेल्स आउटलेट (सुबिसु स्टेशन) सञ्चालन गरेको छ । कम्पनीका सञ्चालक सुरेन्द्र बहादुर श्रेष्ठले सो स्टेशनको उद्घाटन गरे । 

यस स्टेशनबाट सुबिसुले डिल्लीबजार तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुलाई सुबिसु रिटेल सेवासँग सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्ने, सो सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको सहयोग आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्नेछ ।  

डिल्लीबजारबाहेक सुबिसु स्टेशनहरु ललितपुरको झम्सीखेल, काठमाण्डौंको रानीबारी र सुकेधारामा रहेका छन् । आगामी दिनहरुमा आफ्ना बिभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापना गर्ने योजना सुबिसुको छ ।  

सुबिसु एउटै तारबाट ग्राहकहरुलाई ईन्टरनेट र टिभि सेवा प्रदान गर्ने नेपालको पहिलो  र एकमात्र कम्पनी हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]