October 3rd, 2016

राष्ट्र बैंक र बंगलादेश बैंकबीच सुपरवेक्षकीय जानकारी आदान–प्रदान गर्ने सम्बन्धी सम्झौता

agreementनेपाल राष्ट्र बैंक र बंगलादेशको केन्द्रीय बैंक बंगलादेश बैंकबीच सुपरिवेक्षकीय सूचना आदान– प्रदान गर्ने तथा बैंक सुपरिवेक्षणका क्षेत्रमा सम्बन्ध र सहयोग विस्तार गर्ने उद्देश्यले सोमबार एक सहमती–पत्र (Memorandum of Understanding – MOU) मा हस्ताक्षर भएको छ । उक्त सहमति–पत्रमा नेपाल राष्ट्र बैंकका तर्पmबाट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र बंगलादेश बैंकका तर्पmबाट कार्यकारी निर्देशक Md. Saiful Islam ले हस्ताक्षर गरे ।

आ–आफ्नो सुपरिवेक्षण क्षेत्राधिकार अन्तर्गत पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण गर्नका लागि नेपाल राष्ट्र बैंकले सम्बन्धित विदेशी सुपरिवेक्षण अधिकारीसँग पारस्परिकताका आधारमा सहयोगको आदान–प्रदान तथा सो प्रयोजनका लागि प्राप्त जानकारी वा सूचना भंग नहुने गरी विदेशी सुपरिवेक्षण अधिकारीसँग सूचना÷जानकारी आदान–प्रदान गर्न सक्ने कानूनी व्यवस्था अनुरुप उक्त सम्झौता गरेको बताइएको छ । सुपरिवेक्षण अधिकारीहरूबीच पारस्पारिक सहयोग, सद्भाव र सम्बन्ध विस्तार गर्ने तथा सुपरिवेक्षकीय जानकारी एवम् सूचना आदान–प्रदान गर्ने उद्देश्यले अन्य मुलुकका सुपरिवेक्षण अधिकारीहरूसँग समेत यस्तो सहमती गर्दै जाने नीति नेपाल राष्ट्र बैंकको रहेको छ । यस अघि नेपाल राष्ट्र बैंकले भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इण्डिया र चीनको China Banking Regulatory Commission (CBRC) सँग यस किसिमको सम्झौता गरिसकेको छ । 

डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिबराज श्रेष्ठको समुपस्थितिमा उक्त कार्यक्रम नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा सम्पन्न भएको थियो । हस्ताक्षर कार्यक्रममा विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, वित्त कम्पनी सुपरिवेक्षण विभागका का.मु. कार्यकारी निर्देशक एजिन्द्रप्रसाद लुइटेल एवम् बैंक सुपरिवेक्षण विभाग र गभर्नरको कार्यालयका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]