October 2nd, 2016

गभर्नर डा. चिरंजीबि नेपाल स्वदेश फिर्ता

Chiranjibi-nepalनेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल स्वदेश फर्किएका छन् । विहीबार थिम्पुमा सम्पन्न रेमिटेन्ससम्बन्धी सेमिनारलाई सम्बोधन गरी उनी शनिबार स्वदेश फर्किएका हुन् । 

भुटानी समकक्षी दासो द तेन्जिङको औपचारीक निमन्त्रणमा डा. नेपाल बुधबार थिम्पुतर्फ प्रस्थान गरेका थिए । उनका साथमा विदेशी मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव अधिकारी र राष्ट्र बैंकका सह–प्रवक्ता राजेन्द्र पण्डित पनि भुटान गएका थिए । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]