September 29th, 2016

४.२८ अंकले बढ्यो सेयर बजार : निर्धन उत्थानका लगानीकर्ताले गुमाए

economicसाताको अन्तिम दिन सेयर बजार सामान्य ४.२८ अंकले बढेर १७५३.३८ अंकमा कायम भएको छ । बजार खुलेको सुरुमा घटेको बजार अन्त्यमा बढेर बन्द भएको हो । बुधबारको तुलनामा कारोबार पनि बढेको छ । बुधबार पौने एक अर्बको कारोबार भएको बजारमा विहीबार ८१ करोड रुपैयाँको कारोबार भएको छ । दिनभरिमा एक सय ४२ वटा कम्पनीको नौ लाख २६ हजार नौ सय ४५ कित्ता सेयरचार हजार सात सय ५१ पटक खरिदविक्रि हुँदा कुल ८१ करोड २४ लाख ७४ हजार तीन सय ६३ रुपैयाँ बराबरको पुँजी परिचालन भएको हो । 

विहीबार बैंकिङ, होटल र उत्पादनमूलक समूहले बजार बढाएका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह १८.१४ अंकले बढ्दा बैंकिङ १२.८७ अंकले बढेको छ भने होटल ६.७७ अंकले बढेको छ । बीमा समूह सबैभन्दा धेरै १९.८२ अंकले घट्दा विकास बैंक १८.९८ अंकले घटेको छ । जलविद्युत्, फाइनान्स र अन्य क्रमशः २.४४, २.९७ र २.३१ अंकले घटेका छन् । 

कारोबार रकमका आधारमा एनबी बैंक अग्रस्थानमा छ, जसको आठ करोड ८७ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ । सनराइज बैंकको चार करोड ३२ लाख रुपैयाँको कारोबार हुँदा एभरेष्ट बैंकको तीन करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको तीन करोड २८ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको पनि तीन करोडमाथिको कारोबार भएको छ । एनएमबी बैंकको दुई करोड ९१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ६४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको दुई करोड ५१ लाख रुपैयाँ, एसबीआई बैंको दुई करोड ४५ लाख रुपैयाँ र माछापूछ्रे बैंकको दुई करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

बुधबारदेखि सेयर कारोबार खुलेको बैंक अफ काठमाण्डू लुम्बिनीका लगानीकर्ताले विहीबार १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । ज्योति विकास बैंक र कुमारी बैंकका लगानीकर्ताले क्रमशः ९.९ र ९.८ प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप, एनबी इन्स्योरेन्स र अरनिको डेभलपमेन्ट बैंकका लगानीकर्ताले ट प्रतिशतभन्दा बढीले कमाएका छन् । बोटलर्स नेपाल, मिर्मिरे माइक्रोफाइनान्स, तारागाउँ रिजेन्सी लगायतका लगानीकर्ताले पनि कमाएका छन् । 

निर्धन उत्थान बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् भने एभरेष्ट बैंक (सीपी) का लगानीकर्ताले ९.९५ प्रतिशतका दरले गुमाएका छन् । नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक, छिमेक लघुवित्त, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, गुडविल फाइनान्स, विजय लघुवित्त, मनास्लु विकास बैंक लगायतका लगानीकर्ताले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]