September 29th, 2016

नेप्सेमा थपिए झन्डै तीन करोड कित्ता सेयर 

just-listedविहीबार नेपाल स्टक एक्सचेन्जमा झन्डै तीन करोड कित्ता सेयर सूचीकृत भएका छन् । ६३ लाख ८५ हजार पाँच सय पाँच कित्ता बोनस सेयर र दुई करोड ३२ लाख ७६ हजार पाँच सय ५६ कित्ता हकप्रद सेयर गरी कुल दुई करोड ९६ लाख ६२ हजार ६१ कित्ता सेयर सूचीकृत भएका हुन् ।

सिटिजन्स बैंकको एक करोड ६८ लाख ५८ हजार सात् सय ८६ कित्ता हकप्रद सेयर, प्रभु बैंकको ६४ लाख १७ हजार सात सय ७० कित्ता हकप्रद सेयर, स्टान्डर्ड चार्टर्ड बैंकको ५६ लाख ४२ हजार छ सय ४८ कित्ता वोनस सेयर र रिलायन्स फाइनान्सको सात लाख ४२ हजार आठ सय ५७ कित्ता बोनस सेयर विहीबारदेखि सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]