September 29th, 2016

निर्धन उत्थान, मन्जुश्री र विराटलक्ष्मीले गरे वोनस सेयर प्रस्ताव

bonusनिर्धन उत्थान बैंकले आफ्ना सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ११.५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् । 

मन्जुश्री फाइनान्सको १४ प्रतिशत बोनस सेयर प्रस्ताव
मन्जुश्री फाइनान्सका लगानीकर्ताले पनि १४ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको बुधबार बसेको ३० औँ सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई साधारणसभाले पारित गरेपयिछ लगानीकर्ताले पाउनेछन् ।

विराटलक्ष्मीको १८.५ प्रतिशत बोनस सेयर
त्यस्तै, विराटलक्ष्मी विकास बैंकले पनि आफ्ना सेयरधनीलाई १८.५ प्रतिशत वानेस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सो लाभांश राष्ट्र बैंकबाट स्विकृत भई साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]