September 27th, 2016

सुरु भयो सानिमा क्यापिटल

dsc_0522सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडले सोमवार नारायणचौर, नक्साल स्थित कार्यालयको समुद्घाटन गरेको छ ।  यस क्यापिटलको समुद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्की र सानिमा बैंकका ब्राण्ड एम्वेष्डर मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (महजोडी) ले संयुक्त रुपमा पानशमा दिप प्रज्वलन गरि विधिवत रुपमा गरे । 

सोहि अवसरमा धितोपत्र बोर्डका अध्यक्ष ज्युले सानिमा क्यापिटलको उत्तरोत्तर प्रगतिको शुुभकामना व्यक्त गरे । त्यसै गरि प्रमुख अथिती कलाकारहरु मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले वधाई तथा शुुभ कामना ब्यक्त गरे । साथै सर्वसाधारणमा मर्चेण्ट बैंकिङ्गले प्रदान गर्ने सेवातथा सुुविधाहरुको वारेमा जन–चेतना अभिवृद्धि गर्दै समग्र धितोपत्र वजारको वारेमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]