September 26th, 2016

बेष्ट रेमिट र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

pictureबेष्ट रेमिट नेपाल र मुलुकभर रहेका सहकारी संस्थाहरुको साझा बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी तथा अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्वन्धी सम्झौतापत्रमा बेष्ट रेमिटको तर्फबाट अध्यक्ष अनिल गुरुङ र सहकारी बैकको तर्फबाट प्रवन्ध निर्देशक के.बी. उप्रेतीले सयुक्तरुपमा सोमबार हस्ताक्षर गरे । यो सम्झौतासँगै अब विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स सहकारी बैंकका ३७ शाखा तथा मुलुकभर रहेका करीब ८००० सदस्य सहकारी संस्थाबाट भुक्तानी लिन सकिने बैंकले जानकारी दिएको छ । 

सम्झौतापछि बोल्दै बैंकका प्रवन्ध निर्देशक उप्रेतीले बेष्ट रेमिटसँगको सम्झौताले मुलुकभर रहेका सहकारी संस्थाबाट रेमिट्यान्स सेवा र अनलाइन भुक्तानी सेवा दिन पाएकोमा खुसी व्यक्त गरे । यस्तै बेष्ट रेमिटका अध्यक्ष गुरुङले विदेशबाट पठाएको पैसालाई सेवाग्राही सम्म पु¥याउन मुलुकभर संजाल रहेको सहकारी बैंकसँगकोे सम्झौताले थप सहज बनाउने जानकारी दिए । उनले रेमिट्यान्स भुक्तानीसँगै अनलाइन भुक्तानी सम्वन्धि पनि सम्झौता भएको जानकारी दिँदै भने–‘अब ग्रामिण भेगका सेवाग्राहीहरुले आफ्नो नजिकै रहेको सहकारी संस्थाबाटै सहजै रेमिट्यान्सको भुक्तानीका अलवा टेलिफोन, बत्ति, पानी, इन्टरनेट, मोवाइल, टिकटलगायतको विल घरमै बसेर अनलाइन भुक्तानी गर्न सक्नेछन् ।’ 

सो अवसरमा बेष्ट रेमिटका प्रवन्ध निर्देशक श्याम बहादुर तामाङ, अनलाइन पेमेण्टकी अध्यक्ष नचोङ गुरुङ लगायतको उपस्थिति रहेको थियो । गैरआवासीय नेपालीहरुद्धारा प्रर्वद्धित बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ । बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरिरहेको जनाएको छ ।    

सहकारी बैंकसँग भएको सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका ३५०० सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]