September 24th, 2016

दुई वर्षभित्र ६० करोड पुँजी पुर्याउन तीन लघुवित्तको कसरत

coinरुपा कोइराला – राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत थोक कर्जाको कारोबार गर्ने लघुवित्तको चुक्ता पुँजी ६० करोड पुर्याउने घोषणा गरेको छ । घोषणाअनुसार थोक कर्जाको कारोबार गर्ने लघुवित्तले २०७५ साल असारसम्ममा तोकिएको पुँजी पुर्याउनुपर्ने व्यवस्था गर्दै यसमा लागि योजना पेस गर्न गत भदौसम्मको समयसीमा दिएको थियो । सोही अनुरुप थोक कर्जा प्रवाह गर्ने लघुवित्त बैंकहरुले राष्ट्र बैंकलाई आफ्नो पुँजीवृद्धि योजना बुझाएका छन् । 

हाल रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडीसी), साना किसान लघुवित्त विकास बैंक, फस्ट माइक्रो फाइनान्स र आरएसडीसीले थोक कर्जाको कारोबार गर्दै आएका छन् । यसमध्ये आरएमडीसीको तोकिको चुक्ता पुँजी पुगीसकेको छ । हाल आरएमडीसीको चुक्ता पुँजी ६२ करोड ९२ लाख रुपैयाँ छ ।
बाँकी तीन लघुवित्त कम्पनीले भने अबको दुई वर्षमा राष्ट्र बैंकले तोकेबमोजिम पुँजी पुर्याउन यस्तो योजना सार्वजनिक गरेका छन् ः

साना किसान विकास बैंकले राष्ट्र बैंकमा बुझाएको पूँजी वृद्धि योजना अनुसार गत आर्थिक बर्षको मुनाफाबाट २५ प्रतिशत बोनश बाँड्ने र चालु आर्थिक बर्षको नाफाबाट आगामी आर्थिक बर्षमा पनि २५ प्रतिशत नै बोनश बाड्ने छ । अहिले बैंकको ४० करोड २४ लाख रुपैयाँ रहेको छ । गतबर्षको मुनाफाबाट १० करोड रुपैयाँ बराबरको बोनश बाड्दा बैंकको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्ने र त्यसपछि अर्को बर्ष २५ प्रतिशत बोनस वितरण  गरेपछि बैंकको पूँजी ६३ करोड रुपैयाँ पुग्नेछ । 

त्यस्तै, फस्र्ट माइक्रो फाइनान्सले बुझाएको पुँजी वृद्धि योजनामा आव ०७४÷७५ सम्ममा ६८ करोड ४३ लाख पुँजी पुर्याउने उल्लेख छ । जसमा २ आर्थिक वर्षमा १५÷१५ प्रतिशतका दरले बोनस सेयर दिने र २ पटक २ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने उल्लेख गरिएको छ । हाल कम्पपनीको चुक्तापुँजी ३० करोड रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत वोनस सेयर दिँदा कम्पनीको पुँजी ३४ करोड ५० लाख रुपैयाँ पुग्नेछ । उक्त पुँजीबाट ५० प्रतिशत हकप्रद दिँदा चालू आर्थिक वर्षमा नै कम्पनीको पुँजी ५० करोड नाघ्नेछ । आगामी आर्थिक वर्षमा पनि हकप्रद र वोनस सेयर दिएर कम्पनीले ६० अर्बभन्दा बढी पुँजी पुर्याउनेछ । 

आरएसडीसी लघुवित्तको चुक्तापुँजी हाल ६ करोड रुपैयाँ रहेको छ । हालै ४ करोड बराबरको साधारण सेयर बाँडफाटपछि कम्पनीको चुक्तापुँजी १० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको योजनाअनुसार, गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिएर चालू आर्थिक वर्षको पुससम्ममा चुक्तापुँजी ११ करोड ५० लाख रुपैयाँ पुर्याउनेछ । उक्त पुँजीबाट एक बराबर दुईको अनुपातमा हकप्रद सेयर जारी गरेर कम्पनीले चालू आर्थिक वर्षभित्रै चुक्तापुँजी ३४ करोड ५० लाख रुपैयाँ पुर्याउनेछ । चालू आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिएर आगामी आर्थिक वर्षको पुष मसान्तसम्ममा ३६ करोड २२ लाख ५० हजार रुपैयाँ पुँजी पुर्याउनेछ । त्यसपछि पाँच बराबर तीन कित्ताका दरले हकप्रद जारी गरेर ५७ करोड ९६ लाख रुपैयाँ पुँजी पुर्याउनेछ । उक्त पुँजीमा आगामी आर्थिक वर्षको मुनाफाबाट दुई करोड ५३ लाख ५७ हजार रुपैयाँ पुँजीकृत गरि ६० करोड ४९ लाख ५७ हजार रुपैयाँ पुँजी पुर्याउनेछ । 

राष्ट्र बैंकको निर्देशनमा तोकिएको समयमा चुक्ता पुँजी नपुर्याउने कम्पनीलाई नगद लाभांश वा बोनस सेयर घोषणा तथा वितरण, थप वित्तीय स्रोत संकलन, कर्जा प्रवाह तथा शाखा विस्तारमा रोक लगाउने व्यवस्था छ ।

हाल राष्ट्रियस्तरका लघुवित्त विकास बैंकको १० करोड, क्षेत्रीय स्तरको ६ करोड, ४–१० जिल्ला कार्यक्षेत्र भएकाको २ करोड र १–३ जिल्ला कार्यक्षेत्र भएकाको १ करोड पुँजी रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]