September 23rd, 2016

एनआइसीका ग्राहकलाई नयाँ सुविधा, के छन् विशेषता ? 

downloadएन आइ सी एशिया बैंकले नयाँ मुद्धति निक्षेप ‘एन आई सी एशिया डबल डिपोजिट’ योजना लागु गरेको छ । यस योजनाको लक्ष्य एन आई सी एशिया बैंकको व्यक्तिगत ग्राहकले १२ वर्ष अवधिको लागि न्यूनतम एक लाख रुपैयाँदेखि निक्षेप जम्मा गर्न सकिन्छ जसमा जम्मा भएको निक्षेपको ब्याज आम्दानीले जम्मा भएको रकम सो अवधिमा दोब्बर हुनेछ ।

यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गर्ने बैंकले जनाएको छ । साथै, बचत खाता सुविधा सहितको यो योजनाले तुरुन्तै बिना झन्झट आवश्यकता अनुसार ओभरड्राफट उपभोग गर्ने सुविधा प्रदान गर्दछ । बैंकका अनुसार यस निक्षेप योजनाको फाइदाहरुमा देहाय बमोजिमको आफ्नै विशेषताहरु रहेका छन् :

  •     शून्य मौज्दात
  •    क्रेडिट कार्ड सुविधा
  •     दुर्घटना मृत्यु बीमा
  •     निःशुल्क डेबिट कार्ड÷इन्टरनेट र एसएमएस बैकिङ

एन आई सी एशिया बैंक पूँजी, वासलात विवरण र शाखा संख्याहरुकोे आधारमा निजी वाणिज्य बैंकहरु मध्ये ठुलो बैंक हो र यसका नवीनतम योजना र सेवाले हरेक उमेर समूह र पेशालाई समेट्ने बैंकको लक्ष्य रहेको छ  । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]