September 19th, 2016

नेपाली लघुवित्त र सहकारीमा अन्तर्राष्ट्रिय प्रविधि भित्रिँदै

laghubittaनेपाल फिनसफ्ट लिमिटेडले नेपालका लघुवित्त विकास बैंक र सहकारी संस्थाहरुमा पनि अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर भित्र्याउने भएको छ । नेपालका ३४ लघुवित्त विकास बैंकहरुको संयुक्त लगानीमा खुलेको कम्पनीले सफ्टवेयरको पहल अगाडि बढाएको छ । नेपाल लघुवित्त बैंकर्स एसोसिएसनको नेतृत्व र युकेएड सक्षम वित्तीय पहुँच कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त पहल थालिएको कम्पनीले बताएको छ । 

नेपाल फिनसफ्ट कम्पनीले सिस्टम बनाउनका लागि प्योरसफ्टवेयर लिमिटेडको प्राविधिक सहयोग लिने छ । २०७४ वैशाखसम्म सिस्टम सञ्चालनमा आइसक्ने छ । अहिले विभिन्न कम्पनीहरुको सफ्टवेयर प्रयोग गरिरहेका लघुवित्तहरुले नयाँ सफ्टवेयर सुपथ मूल्यमा प्राप्त हुने छ । यसले सञ्चालन खर्चमा कमी ल्याउने भएकाले ग्राहकले पनि कम मूल्यमा गुणस्तरीय सेवा प्रयोग गर्न पाउने छन् ।

कार्यक्रममा वोल्दै सक्षम वित्तीय पहुँच कार्यक्रमका टोली प्रमुख बलजित वोहराले समयमै अन्तर्रा्ष्ट्रियस्तरको सफ्टवेयर विकास गरेर संस्थाहरुको दक्षता बृद्धि गर्दै लाखौ नेपालीलाई फाइदा पुग्नेट बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]