September 12th, 2016

पाँच अर्बको निक्षेप खरिदका लागि साढे १० अर्बको आवेदन

nepal-rastra-bankनेपाल राष्ट्र बैंकले आइतबार निष्कासन गरेको ५ अर्ब बराबरको निक्षेप खरिदका लागि करिब १० अर्ब ५० करोड बराबरको आवेदन परेको छ । केन्द्रीय बैंकले आइतबार दुई हप्ते अवधिको निक्षेप खरिदका लागि आवेदन माग गरेको थियो । उक्त निक्षेपको ब्याजदर २.००४८ प्रतिशत तोकिएको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत निष्कासन गरेको सो निक्षेप समानुपातिक हिसाबले बाँडफाँड गरेको बैंकले जनाएको छ । 

वित्तीय प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप खरिद उपकरणको निष्कासन गरेको हो । करिब ११ अर्ब रुपैयाँ तरलता रहेको वित्तीय प्रणालीमा सो निक्षेप खरिदपछि ५ अर्ब तरलता बजारमा रहेको नेपाल राष्ट्र बैंक राष्ट्र ऋण विभागले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]