September 5th, 2016

ललितपूर फाइनान्सको शतप्रतिशत हकप्रद आउँदै

lalitpur financeललितपूर फाइनान्स लिमिटेडले शतप्रतिशत अर्थात १ बरार १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । यसका लागि इक्रा नेपालले कम्पनीलाई ग्रेड फाइभ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था निकै कमजोर रहेको देखाउँछ । 

६ वर्षयता नोक्सानमा देखिदै आएको यस संस्थाको सम्पत्ती पनि घट्दै गएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २ रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात ८५ प्रतिशत रहेको छ । दुई वटा शाखा कार्यालय रहेको यस कम्पनी समस्या ग्रस्त घोषणा भएकाले निक्षेप संकलन गर्नबाट समेत बञ्चित हुदै आएको छ ।

यस्तो अवस्थामा कम्पनीले चुक्तापुँजी वृद्धिका लागि १ सय रुपैयाँ अंकित दरका १८ करोड ८० हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो । कम्पनीले २०७४ असार मसान्तमा ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने छ । यो हकप्रद जारी गरेपछि कम्पनीको चुक्तापुँजी ३७ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।  

यस संस्थामा नयाँ संस्थापकहरु भित्रने योजनामा रहेका छन् । राष्ट्र बैंकसंग यसबारेमा छलफल समेत भइरहेको इक्राले उल्लेख गरेको छ । नयाँ संस्थापकले कम्पनीको ४५ प्रतिशत स्वामित्व लिने पनि बताइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]