September 3rd, 2016

अरुण भ्यालीका लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर

arunअरुण भ्याली हाईड्रोपावरले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीकोे शुक्रबार सम्पन्न १९ औं साधारणसभाले शेयरधनीलाई १० प्रतिशतका दरले बोनस शेयर तथा कर प्रयोजनका लागि शुन्य दशमलव ५२६ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको हो ।

त्यस्तै कम्पनीको उक्त साधारण सभाले आर्थिक वर्ष २०७२/७३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरि स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले विद्युत विकास विभागबाट ९ दशमलब ९४ मेगावाट क्षमताको काबेली–१ क्यासकेट जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । सो आयोजना अघि बढाउन सर्वसाधारणमा जारी गर्न लागेको आइपिओबाट ३१ लाख ५७ हजार ८ सय ३३ थान शेयर जारी गरी पुँजी व्यवस्थापन गर्न लागिएको कम्पनीले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]