September 3rd, 2016

‘नियामकको कमजोरीले पुँजीबजारमा कर छली’

2नरेन्द्र चुदाली – नेपालमा अर्थतन्त्रको मुख्य स्रोत मानिने राजश्वका शिर्षकहरु विविध छन् । त्यसमध्ये पुँजिगत लाभकर पनि एक हो । त्यस्ता विविध क्षेत्रहरुबाट सरकारले राजश्व संकलन गरि सार्वजनीक तथा पुँजिगत खर्चका लागि आधार तयार पार्दछ । बैदेशिक ऋण तथा अनुदान सँगै राज्यको बजेटको एउटा मुख्य स्रोत हो राजश्व । तर त्यही मुख्य स्रोत को रुपमा रहेको राजश्व संकलन प्रकृयामा भने चुस्त छैन । यसबाट सरकारले बर्षेनि  धेरै राजश्व गुमाउने गरेको छ । 

नेपाली अर्थतन्त्रको तीतो यथार्थ
चाहे सामान्य किराना पसल होस् या ठुला उद्योगहरु, चाहे सामान्य होटल हुन् या त तारे होटल, चाहे भन्सार होस् या त अन्य क्षेत्र जुन करको दायरामा बाँधिएका छन् ती हरेक क्षेत्रमा राजश्व चुहावट भएकै हुन्छ । यो नेपालको अर्थतन्त्रको तितो यथार्तता हो । त्यसै त गरिब देश त्यसमाथि पनि सरकारले उठाउनुपर्ने राजश्व पनि चुहावट तथा छली हुनुले देशको अर्थतन्त्रमा गम्भिर असर परिरहेको छ । करको चुहावट तथा छली हुनुमा सरकारी निकायको नितीगत तथा प्राविधिक कमजोरी नै मुख्य कारक तत्व बनेको छ । एक त सरकारको राजश्व संकलन प्रकृया बैज्ञानिक तथा व्यवहारीक छैन । त्यसमाथि पनि करदाताहरुमा ईमान्दारीता तथा  नैतिकताको कमि छ । यसरी अवैज्ञानिक संकलन प्रकृयाले गर्दा करदाताहरुले कर छली गर्न चाहे भने सजिलै छल्न सक्ने स्थिति छ । किनकी हाम्रो नेपाली समाजमा यस्तो प्रवृत्ति हाबी भएको छ कि सकेसम्म सरकारलाई कर नै नतिर्न पाए हुन्थ्यो भन्ने किसिमको । देश विकाशको मुख्य आधार हुने कर तिर्न पनि नागरीकले ईमान्दारिता देखाउन नसक्नुले नेपाली समाजमा नैतिकताको खडेरी परेको अनुमान गर्न सकिन्छ । त्यसमाथि कर संकलन प्रकृया लाई चुस्त पार्न नसक्नु सरकारकारको लाचारीपन हो ।

पुँजी बजारमा पनि उस्तै समस्या
सरकारको कर संकलन प्रकृया व्यवस्थित हुन नसकेको अर्को महत्वपुर्ण क्षेत्र हो पुँजी बजार । पुँजिगत  लाभकर कट्टी प्रकृया बैज्ञानिक हुन नसक्दा सरकारले धेरै राजश्व गुमाएको देखिन्छ । देशको एउटा महत्वपुर्ण क्षेत्र पुँजी बजारमा अहिले दैनिक करोडौँको कारोबार हुने गरेको छ । बजारको बृद्धिसंगै त्यसमा लगानी गरेर नाफा कमाउने लगानिकर्ता पनि धेरै छन् । र त्यो नाफाबाट सरकारले पुँजीगत लाभकर कट्टी गर्दछ । अहिले बजारको पुँजीगत करण पनि बढ्ने क्रम जारी छ । बजारको विस्तार गर्ने प्रकृया पनि अगाडी बढीरहेको छ । यसले आगामी दिनमा पुँजी बजार देशभरीकै लगानीकर्ताको पहुचमा पुग्ने देखिन्छ । जसबाट पुँजीगत लाभकरको दायरा र भोलुम बढ्ने  देखिन्छ । तर नेप्सेको लाभकर कट्टी गर्ने प्रकृया भने वैज्ञानिक हुन नसक्दा सरकारको करोडौँ राजश्व गुम्ने सम्भावना रहेको छ । नेप्सेको कर कट्टी प्रकृया यस्तो छ कि यदि कसैले लाभकर छल्ने नियत राख्यो भने सजिलै छल्न सक्छ । त्यसमा नेप्सेको सिस्टमले कुनै बेरीयर लगाउन सक्दैन ।

 

कसरी अबैज्ञानिक छ लाभकर कट्टी प्रकृया ?
धितोपत्र बोर्डमा सुचीकृत कुनैपनि कम्पनीको सेयर विक्री गर्दा हुने नाफामा सरकारले पुँजीगत लाभकर कट्टी गर्ने गरेको छ । त्यसमा संस्थागत लगानीकर्तालाई १० प्रतिशत र व्यक्तिगत लगानीकर्तालाई ५ प्रतिशतको दरमा पुँजीगत लाभकर लाग्ने गर्दछ । अरबौँको कारोबार हुने यस क्षेत्रबाट सरकारलाई जाने रेभिन्यु नै यही लाभकर कट्टी मात्र हो । सेयर दलालको कमिसनबाट केही प्रतिशत नेप्सेले कटौती गर्ने भएपनि पुँजी बजारबाट सरकारको ढुकुटीमा जाने मुख्य स्रोत भनेको क्यापिटल गेन ट्याक्स नै हो । नेप्सेबाट यी प्रकृयाको सम्पादन हुने गर्दछ । सेयर दलाल कम्पनीबाट लगानीकर्ताले सेयर विक्री गरेपछि उनीहरुले सो सेयर कतिमा किनेको हो सो मुल्यलाई बेश प्राईसको रुपमा सेयर दलाललाई नेप्सेले उपलब्ध गराएको सिस्टममा राखिन्छ जुन सिस्टम सिधै नेप्से र सिडिएससंग कनेक्सनमा रहन्छ । अनि त्यसकै आधारमा नेप्सेले लगानीकर्ताबाट पुँजिगत लाभकर कट्टी गर्ने गर्दछ । सेयर बिक्री गरेपछि त्यसको खरिद मुल्य राख्ने काम सेयर दलाल कम्पनीको हो । त्यही खरीद मुल्य नै पुँजीगत लाभकर कट्टीको मुख्य आधार हो।त्यसै खरीद मुल्यको आधारमा नै नेप्सेले पुँजीगत लाभकर कट्टी गर्दछ । त्यसकारण पनि सेयर दलालले नेप्सेको सिस्टममा राख्ने खरीद मुल्य एकदमै महत्वपुर्ण पक्ष हो । तर पुँजीगत लाभकरको आधार मानिने बेश प्राईस राख्ने प्रकृयामा नै गम्भीर त्रुटी देखीने गरेको छ । किनभने सेयर लगानीकर्ताले सेयर बिक्री गरेपछि सेयर दलाललाई दिने बेश प्राईस वास्तविक हो कि होईन भनेर पत्ता लगाउन व्यवस्थित सिस्टम छैन । एउटै सेयर दलालबाट खरिद विक्री भएका सेयरको मामिलामा यस्तो समस्या नआउने भएपनि फरक फरक सेयर दलालबाट कारोबार भएको अबस्थामा भने समस्या देखिने गरेको छ । कारोबार नम्बरका आधारमामा खरीद मुल्य पत्ता लगाउन सकिने भएपनि अन्य सेयर दलाल कम्पनीलाई सम्पर्क गर्नुपर्ने झण्झट भएकोले सेयर दलाल कम्पनिले विश्वासकै आधारमा उक्त कारोबारको खरीद मुल्य नेप्सेको सिस्टममा राखीदेने गरेका छन् । यसरी लगानीकर्ता ईमान्दार भएको अबस्थामा पुँजीगत लाभकरमा छली नहुने भएपनि यदि लगानीकर्ताले गतल नियत राख्यो भने लाभकर सजिलै छल्न सक्ने देखिन्छ । 

यदि कुनै लगानीकर्ताले कुनै कम्पनीको १० कित्ता सेयर ५०० मा किनेर १००० मा बेच्यो । उ कर तिर्न ईमान्दार भए त ठिकै छ । तर उ गतल प्रवृत्ति व्यक्ति रहेछ भने उसले सेयर दलाल कम्पनीलाई ५०० मा किनेको सेयरलाई ९०० मा किनेको भनेर गतल विवरण दियो भने त्यहाँ कर छली हुने सम्भावना देखिन्छ । यदि त्यसरी गलत खरीद मुल्य नेप्सेको सिस्टममा ईन्ट्री गर्दा नेप्सेले स्वीकार नगर्ने भएको भए कर छली हुने सम्भावना रहँदैनथ्यो । तर नेप्सेले त्यस्तो प्रविधिको विकास गरेको छैन । यसबाट लाभकर छली हुने सम्भावना रहन्छ । कारोबार नम्बर अनिवार्य राख्नुपर्ने नियम पनि छैन । खरिद मुल्य मात्र राखेपनि हुने नियम छ । हचुवाकै भरमा खरिद मुल्य राखे पनि नेप्सेको सिस्टमले यो गलत हो भनेर पत्ता लगाउन सक्दैन । जबकी ती सबै कारोबारहरु नेप्सेकै सर्बरमा हुने गर्दछन् । हुनसक्छ कर छल्ने नियत नभएपनि कहिलेकाही सेयर दलाल कम्पनिबाट भुलबश गतल आधार मुल्य राखिन सकिन्छ । उनीहरुले खरिदमुल्य १०० राख्नुपर्नेमा भुलबश १००० राख्लान् । त्यस्तोमा पनि नेप्सेको सिस्टमले केही पत्ता लगाउन सक्दैन । यसरी पनि सरकारलाई घाटा हुने गरेको छ । विश्वासकै आधारमा खरिद मुल्य राख्ने अव्यवहारिक र अपरिपक्व कामले सरकारले वर्षेनि करोडौँ कर गुमाएको नहोला भन्न सकिँदैन । यसप्रति धितोपत्र बोर्ड र नेप्से सचेत हुनुपर्ने देखिन्छ ।

नेप्सेको कमजोरीको गलत फाइदा उठाउँदै लगानीकर्ता
नेप्सेको कमजोरीको गतल फाईदा उठाउदै लगानिकर्ताले अन्य किसीमले पनि लाभकर छली गरिरहेका छन् । उदारहणको लागि राम भन्ने लगानिकर्ताले कुनै कम्पनीको ३०० कित्ता सेयर १०० को दरमा किन्यो। प्छि सो सेयरको मुल्य बढेर १००० पुग्यो । र उक्त राम भन्ने लगानिकर्ताले फेरी १० कित्ता सेयर १००० को दरमा किन्यो । अनि सो  लगानिकर्ताले अगाडीको ३०० र पछिको १० कित्ता गरी जम्मा ३१० कित्ता सेयर विक्री गर्यो । त्यसपछि सेयर दलाल कम्पनिलाई खरिद मुल्य दिदा पछिको १० कित्ता जुन सबैभन्दा महङगोमा किनेको छ त्यही दिन्छ । त्यही १० कित्ता कै कारोबार नम्बर दिएर सबै सेयर १००० किनेको भन्छ । अनि कर छल्छ। वास्तममा उसले त ३०० कित्ता १०० मा किनेको थियो । त्यसबाट उसलाई धेरै नाफा भएको थियो र लाभकर पनि धेरै दिनुपर्यो । तर उसले नेप्सेको कमजोरीको फाईदा उठाउदै लाभकर छल्ने सफल हुन्छ।यसमा सेयर दलाल कम्पनिको पनि कमजोरी छ । किनकि सेयर दलालले पनि आबश्यक भेरीफाई गरेर मात्र आधारमुल्य राख्नु पर्थ्यो । नेप्सेले यस्तो सिस्टमको विकास गर्नु पर्छ कि कसैले चाहेर पनि लाभकर छल्न नसकुन् । तर विडम्वना सरकारलाई कर आउने यस्तो महत्वपुर्ण क्षेत्रको लाभकर कट्टी प्रकृया वैज्ञानिक हुन सकिरहेको छैन । यसबाट सरकारले धेरै राजश्व गुमाईरहेको छ । 

पुँजीगत लाभकर छलीलाई रोक्नका निम्ति नेप्सेले आवश्यक प्रकृया अगाडि बढाउनु जरुरी छ । देशमा पुँजीबजार ब्यापक बन्दै छ । यसबाट सरकारलाई आउने कर पनि ब्यापक बन्ने छ । त्यसकारण लाभकर कट्टी प्रकृया वैज्ञानिक र प्रभाबकारी बनाउनु आवश्यक छ । लगानीकर्ताले किनेको प्रत्येक सेयरलाई कोडीङ गरेर उक्त सेयर कहिले कुन मुल्यमा खरीद विक्री हुन्छ । त्यसको सम्पूर्ण रेकर्ड विनाझन्झट प्राप्त गर्न सकिने सिस्टमको विकास गर्नु जरुरी छ । तकि सो कित्ता सेयर बिक्री गर्ने वित्तिकै सो कति मुल्यमा किनेको हो सिस्टमले आफैँ पत्ता लगाओस् ।

नयाँ प्रविधिको खाँचो
अहिलेको लाभकर कट्टी प्रक्रिया अवैज्ञानिक र अव्यवहारीक छ भन्ने कुरामा कुनै दुईमत  छैन । लगानीकर्ता र सेयर दलालले चाहेमा लाभकर छली गर्न एकदमै सजिलो छ । र त्यस्ता क्रियाकलापहरु अहिले पनि भएका छैनन् भन्न मिल्दैन । यो सबै नेप्सेको कमजोरीले भएको हो । सेयर बजार अटोमेशनमा गईसक्दा पनि नेप्सेले यस्ता गम्भीर कुरामा ध्यान दिन नसक्नु दुःखद कुरा हो । बजार विस्तार हुदै गर्दा भविष्यमा अहीलेकै पुरानो प्रविधिबाट धान्न सकिने अबस्था छैन । त्यसैले नेप्सेले नयाँ प्रबिधि तत्काल भित्राउनुपर्ने देखिन्छ । जसले पुजिगत लाभकर कट्टी प्रकृयालाई पनि वैज्ञानिक बनाउन सकोस् । हरेक लगानीकर्ता र सेयर दलाल ईमान्दार भईदिएमा अहिलेकै प्रविधिबाट पनि लाभकर छली रोक्न सकिन्छ । तर त्यो असम्भव छ । किनभने कुनै व्यक्ति ईमान्दार भएपनि यो बजारमा त्यस्तो ठुलो तप्का छ कि जसले राज्यलाई कर सकेसम्म तिर्न नै खोज्दैन । यस्तो प्रवृत्ति भएको बजारमा नेप्सेको अहीलेको लाभकर कट्टी प्रकृया बिरालोका अगाडी दुध राखिदिए जस्तो छ । जहाँ गतल नियत भएका व्यक्तिले लाभकर सजिलै छल्न सक्छन् । संस्थागत लगानीकर्ताहरुमा यो प्रकृति नभएपनि व्यक्तिगत लगानीकर्ताको हकमा यो प्रवृत्ति बढ्दो छ । त्यसमा पनि पूराना लगानीकर्ता जसले यस्तो चोर बाटो थाहा पाएका छन्, उनीहरुले यस्तो गैरकानुनी काम गरिरहका छन् । तसर्थ यस्तो गलत प्रवृत्ति रोक्न नेप्सेले ढिला गर्नु हुँदैन । यसको लागि अहिलेको कर कट्टी प्रक्रियाको पुनरावलोकन गर्नु जरुरी छ । अनि मात्र थाहा हुन्छ कि नेप्सेको अहिलेको लाभकर काट्ने प्रकृया कति अव्यवहारिक छ भनेर ।
 
लाभकर छली प्रकृयालाई रोक्न सेयर दलाल कम्पनीलाई पनि आवश्यक प्रबिधि उपलब्ध गराउनु जरुरी छ । मुख्य कुरा त नेप्सेले नै आफुलाई सक्षम बनाउनु पर्छ । तकि कसैले चाहेर पनि कर छल्न नपाओस् । राज्यलाई वार्षिक अरबौँ कर आउने देशको मुख्य पुजी बजारबाट कर चुहावट हुनु हुँदैन । लाभकर कट्टी प्रकृया चुस्त र वैज्ञानिक बनाउनु जरुरी छ । जसरी छिमेकी देश भारतको मुम्बई स्टक एक्सचेञ्ज यस्ता प्राविधिक कुरामा जति अगाडी छ नेप्से पनि प्राविधिक रुपमा धेरै अगाडी बढ्नुपर्ने देखिन्छ । नेप्सेको सामान्य प्राविधिक कमजोरीले देशको राजश्व गुम्नु राम्रो होईन । नेप्सेले यि कुराको अध्यान गरेपछि वास्तविक तथ्य र कर कट्टी प्रकृयामा रहेका त्रुटीहरुको पुष्टि अवश्य पनि हुनेछ । यो विषयलाई सामान्य रुपमा नलिईयोस । धितोपत्र बोर्ड र नेप्से गम्भिर बनोस् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]