राष्ट्र बैंकले वस्तु आयातमा कडाइ गर्नु सकारात्मक: अर्थविद्

 बैंकिङ खबर। पछिल्लो समय बढेको आयात र त्यसले विदेशी विनिमय सञ्चितिमाथि पारेको चापलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गर्नु सकारात्मक भएको अर्थविद्हरूले बताएका छन् । प्रतितपत्र अर्थात् एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले आयातमा केही दुरुत्साहन हुनुका साथै विदेशी विनिमय संचितिमा केही सकारात्मक प्रभाव पार्ने उनीहरूको तर्क छ। चिनीजन्य पदार्थ, श्रृंगार, […]


कृषि तथा घरेलु उद्योगमा सहुलियतपूर्ण ​कर्जा प्रवाह वृद्धि

बैंकिङ खबर। कोरोना सङ्क्रमण सुरु भएयता कृषि क्षेत्र तथा लघु, घरेलु तथा साना उद्योगमा बढेको आकर्षणसँगै सहुलियतपूर्ण कर्जा प्रवाह पनि बढेको छ। चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा दुई खर्ब पाँच अर्ब दुई करोड रुपैंयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा एक लाख ३३ हजार ९३० ऋणीलाई सहुलियतपूर्ण […]


विद्युतीय सवारी सङ्ख्या बढ्दै, पुराना ब्याट्री व्यवस्थापनबारे अन्यौल

बैंकिङ खबर। पछिल्लो वर्षयता विद्युतीय सवारीसाधन प्रयोगको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै आएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा हाल ४० हजारभन्दा बढी विद्युतीय सवारीसाधन भित्रिएर सञ्चालनमा आएका छन् तर सरकारले सवारीसाधनमा प्रयोग भएको ब्याट्री व्यवस्थापनमा कुनै पनि चासो देखाएको पाइएको छैन। सरकारले विद्युतीय सवारीसाधन दर्ता र प्रयोग गर्न दिए पनि ब्याट्री व्यवस्थापनमा चासो नदिँदा पछिल्लो […]


त्रिभुवन विमानस्थलबाट तीन सातामा १०६ किलो सुन बरामद

  बैंकिङ खबर। वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ। मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट फर्किएकामध्ये ८० प्रतिशत सामान्य मजदुरलाई सुन तस्करले प्रलोभनमा पारेर नेपालतर्फ सुन पठाउने गरेका […]


अमेरिकी डलरको मूल्य १७ महिना यताकै उच्च, कमजोर बन्दै नेपाली मुद्रा

बैंकिङ खबर। अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च रहेको छ। दिनप्रतिदिन डलर बलियो हुँदै जाँदा भारतीय मुद्रा र नेपाली रुपैयाँ भने कमजोर बन्दै गएको छ। अन्तर्राष्ट्रियस्तरमै सुरक्षित मुद्रा ठानिने भएकाले अधिकांश मुलुकले रिजर्भ राख्ने गरिएकाले अमेरिकन डलरको माग बढेको र पछिल्ला दिनमा मूल्य आकाशिएको विज्ञहरूको भनाइ छ। यसको प्रत्यक्ष प्रभाव आयात महँगिने र […]


अमेरिकामा मुद्रास्फीति ४० वर्षयताकै उचाईमा पुग्याे

बैंकिङ खबर। अमेरिकामा मुद्रास्फीति ४० वर्षयताकै उच्चदरमा बढेको छ। सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नोभेम्बरमा मुद्रास्फीति ६ दशमलव ८ प्रतिशतले बढेको हाे। मुद्रास्फीतिमा भएको यो वृद्धि सन् १९८२ यताकै उच्च हो। यसले आर्थिक पुनःबहालीमा दबाब सृजना गरेको छ। समीक्षा अवधिमा विविध खालका वस्तु र सेवा मापन गर्ने उपभोक्ता मूल्य सूचक गत वर्षको सोही अवधिको तुलनामा […]


राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २२ करोड बढीको लगानी गर्ने

नेपाल राष्ट्र बैंकले २२ करोड ५९ लाख रुपैयाँ बैंक तथा वित्तिय संस्थामा १ वर्षे मुद्दतीमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता विभिन्न कोषमा रहेको रकम लगानी गर्न लागेको हो । उक्त रकमलाई २०७८ मंसिर १ गतेदेखि २०७९ मंसिर १ गतेसम्म (३६५ दिन) को मुद्दती निक्षेपमा लगानी गर्दैछ । यसैक्रममा केन्द्रीय बैंकले […]


बैंकहरूले ३ महिनामा कमाए १८ अर्ब

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वाणिज्य बैंकले कुल १८ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरूको खुद नाफा करिब २४ प्रतिशत बढेको हो । २०७७ असोजमा ती बैंकको कुल नाफा १४ अर्ब ६० करोड रुपैयाँ थियो । २०७६ असोजको तुलनामा २०७७ को सोही अवधिमा बैंकहरूको खुद नाफा ६ […]


ब्याजदरको उतारचढावले सेयर बजार अस्थिर

बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा देखिएको उतारचढावले यो साता सेयर बजार अस्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी बैंकहरुको ब्याजदर घटाए पनि सेयर बजारमा भने नकारात्मक नै असर देखियो । दसैं बिदापछि खुलेको बजार यो साता ८३ अंकले घटेको छ । दसैंअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६३९ अंकमा बन्द भएको थियो । […]


ब्याजदरमा लगाम: राष्ट्र बैंकको नियमन कि हस्तक्षेप ?

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुँजी, कर्जा र निक्षेप (सीसीडी) हटाएर निक्षेप र कर्जा (सीडी) अनुपात कायम गर्नुपर्ने व्यवस्था ग¥यो । यो प्रावधानका कारण पुँजीबाट कर्जा दिन नपाएका बैंकहरुमा लगानीयोग्य रकम (तरलता) अभाव हुन थाल्यो । व्यवसाय बढाउने दबाबमा रहेका वाणिज्य बैंकहरुले नै निक्षेप बढाउनका लागि असोजमा ब्याजदर १०.५ प्रतिशत र कात्तिकमा […]