आजदेखि स्थानीय तहको थप ३० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने

बैंकिङ खबर। सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरूले सञ्चिति कोषमा रहेको स्थानीय तहको ८० प्रतिशत मौज्दात रकम निक्षेपका रूपमा गणना गर्न पाउने भएका छन्। आगामी असार मसान्तसम्मका लागि मात्र सम्बद्ध बैंकहरूले स्थानीय तहको त्यस बराबरको रकम निक्षेपका रूपमा गणना गर्न पाउने भएका हुन्। नेपाल राष्ट्र बैंकले सोमवार त्यस्ता बैंकहरूको नाममा एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था […]


खुल्ला बजार अवधारणामा चल्न पाउनु पर्ने भन्दै बैंक सञ्चालकद्वारा राष्ट्र बैंकलाई दबाब

बैंकिङ खबर। बैंक तथा वित्तीय संस्थाहरुलाई खुल्ला बजार अवधारणामा चल्न दिन नेपाल राष्ट्र बैंकसँग लगानीकर्ताहरुले माग गरेका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको व्याजदरदेखि विभिन्न सेवाको शुल्कमा समेत नियमन गर्न थालेपछि उनीहरुले खुल्ला बजार अवधारणामा सञ्चालन गर्न दिन माग गरेका हुन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा […]


राष्ट्र बैंक भन्छ, ‘नेपालकाे बैंकिङ प्रणाली बलियाे छ, डराउनु पर्दैन’

बैंकिङ खबर। ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भने जस्तै बिहीबार नेपालको बैंकिङ क्षेत्र फेरि एक पटक तर्सिएको छ। अज्ञात समूहले कुमारी बैंकलाई सिस्टम ह्याक गर्ने चेतावनी दिँदै इमेल पठाएपछि बिहीबार दिनभर बैंकका ग्राहक र सरोकारवाला फेरि त्रासमा परेका थिए। कुमारी बैंकले ह्याक गर्ने इमेल पाएपछि नियामक निकाय राष्ट्र बैंकलाई जानकारी गराएको थियो भने राष्ट्र […]


चिसो बढेसँगै विद्युत माग पनि बढ्याे, १७ सय मेगावाट खपत

बैंकिङ खबर। मंगलबारदेखिको मौसम वदलीसँगै ह्वात्तै बढेको चिसोका कारण विद्युत खपत वर्षकै उच्च तहमा पुगेको छ। नेपाल विद्युत प्राधिकरणको तथ्याङक अनुसार विद्युत खपत एक हजार ६ सय ९९ मेगावाट पुगेको छ । प्रभावकारी विद्युत वितरण हुन सकेको भए खपत अझ बृद्धि भएर एक हजार सात सय ५० मेगावाटसम्म पुग्ने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए। पुराना […]


बाह्य ऋण १.६२ प्रतिशत बढ्याे, आन्तरिक ऋण ३.६१ प्रतिशतले घट्यो

बैंकिङ खबर। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले १९ अर्ब ४९ करोड ऋण लिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७८/७९ को साउनदेखि असोजसम्म सरकारले उक्त रकम बराबरको बाह्य ऋण लिएको हो तर समीक्षा अवधिमा सरकारले आन्तरिक ऋण भने लिएको छैन। सो कार्यालयका अनुसार पहिलो त्रैमासमा सरकारले लिएको ऋणभन्दा ऋणबापतको […]


राष्ट्र बैंकले सुरु गरेको प्रिपेड डलर कार्डमा सर्वसाधारणको आकर्षण बढ्याे

 बैंकिङ खबर। अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकले सुरु गरेको ‘प्रिपेड डलर कार्ड’ मा सर्वसाधारणको आकर्षण देखिएको छ। प्रिपेड डलर कार्ड जारी खुला गरेको ८ महिनामा १८ हजारभन्दा बढी कार्ड जारी भइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले ०७७ चैतमा वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुले वार्षिक अधिकतम […]


बैंकिङ कसुरको ग्राफ उकालाे, १०५ प्रतिशतले बढेकाे तथ्यांक सार्वजनिक

बैंकिङ खबर। नेपालमा पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी मुद्दाको दर्ता बढ्दै गएको देखिएको छ। नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी दर्ता हुने मुद्दाको संख्या बढ्दै गएको देखाएको हो। प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महिना अर्थात् मङ्सिर मसान्तसम्म यस्तो मुद्दाको संख्या १०५ प्रतिशतले बढेको छ। गत आवको पहिलो ५ महिनामा बैंकिङ कसुरमा ८८० […]


विराटनगर भन्सारबाट ५ महिनामा साढे १८ अर्ब राजस्व संकलन

बैंकिङ खबर। चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा विराटनगर नाकाबाट साढे १८ अर्ब राजस्व संकलन भएको छ। जसमध्ये भन्सारले सबैभन्दा बढी मोटरसाइकल आयातबाट राजस्व संकलन गरेको छ। कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा १८ अर्ब ५१ करोड ६४ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ। त्यसमध्ये मोटरसाइकल आयातबाट १ अर्ब ४२ करोड […]


सनराइज बैंकबाट सहकारीमा डेबिट कार्डमार्फत भुक्तानी

बैंकिङ खबर। सनराइज बैंकले सहकारीका ग्राहकले पनि भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था गरेको छ। बैंकले काठमाडौंमा एक कार्यक्रम गरेर सहकारीका ग्राहकले पनि भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था सुरु गरेको हो। उक्त सेवा विस्तारको लागि बैंकले पायोनियर एसोसिएट्स (कोसिस सहकारी सफ्टवेयर), आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौतासमेत गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत […]


नौ गुणा घट्यो वैदेशिक सहायता

बैंकिङ खबर। गत आर्थिक वर्ष २०७७/०७८ को पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक सहायता ९ गुणा कम प्राप्त भएको छ। अर्थ मन्त्रालयका अनुसार मंगलबारसम्ममा सरकारले ६९ मिलियन अमेरिकी डलर अर्थात् ८ अर्ब ३३ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ७० अर्ब बराबरको वैदेशिक सहायता प्राप्त भएको थियो। चालु वर्षमा […]