तरलता अभावसँगै बैंकहरूमा खराब कर्जा बढ्ने संकेत

बैंकिङ खबर/ कोभिड–१९ को महामारीबाट प्रभावित अर्थतन्त्रमा लगानीयोग्य पूँजी (तरलता) अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्ने संकेत देखिएको छ। ओभरड्राफ्ट कर्जाबाट साँवा तथा ब्याजको किस्ता असुली गरि कर्जालाई असल देखाउने गरेका बैंकहरूमा तरलता अभावले लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने भएको हो। बैंकहरूले त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रूपमा खाताबन्दी गर्दा व्यक्तिगत तथा संस्थागत […]


वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्ब ५ अर्ब राजस्व संकलन

बैंकिङ खबर/आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो अर्धवार्षिक अवधिमा १ खर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको छ। भन्सारले चालू आवको साउनदेखि पुससम्मको अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए। ‘यो रकम […]


निजी क्षेत्रमा प्रवाहित कर्जा १० प्रतिशतले वृद्धि, निक्षेप १.७ प्रतिशतले बढ्याे

बैंकिङ खबर/ चालू आर्थिक वर्षको पाँच महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित आव २०७८/७९ को पाँच महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह १० प्रतिशतले, […]


मङ्सिरयता डिजिटल भुक्तानीमा क्रमिक सुधार, यस्ताे छ अवस्था

बैंकिङ खबर/ मङ्सिरपछि विद्युतीय (डिजिटल) भुक्तानी पुनः बढ्दै गएको देखिएको छ। मासिक तथ्यांकका आधारमा कात्तिकमा डिजिटल भुक्तानी कारोबार घटेको थियो, तर मङ्सिरमा भने त्यस्तो कारोबार पुनः बढेको हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त मङ्सिरसम्मको तथ्यांकअनुसार मङ्सिरमा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानीका माध्यमबाट हुने कारोबार रकम बढेको छ। कात्तिकमा यी माध्यमबाट हुने […]


बैंकहरूमा निक्षेप राख्ने सर्वसाधारणको प्रवृत्तिमा परिवर्तन, मुद्दतीतर्फ आकर्षण बढ्दै

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने सर्वसाधारणको प्रवृत्तिमा परिवर्तन देखिन थालेको छ। सर्वसाधारणमा बढेको वित्तीय साक्षरता तथा बैंक तथा वित्तीय संस्थाको नीतिका कारण चल्ती र साधारणबाट मुद्दती बचततर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको पाइएको हाे। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको कुल ४८ खर्ब रुपैयाँमध्ये मुद्दती निक्षेपको […]


बैंकिङ क्षेत्रमा जारी तरलता अभावको समस्या समाधानउन्मुख देखिँदै

बैंकिङ खबर। बैंकिङ क्षेत्रमा झन्डै ६ महिनादेखि जारी तरलता अभावको समस्या समाधान उन्मुख देखिएको छ। विशेषगरी स्थानीय तहबाट थप ३० प्रतिशत रकम निक्षेप आएपछि बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान उन्मुख देखिएको हो । यसअघि स्थानीय तहको ५० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो । अहिले त्यसको सीमा ३० प्रतिशत बढाएर ८० प्रतिशत […]


सबै पालिकामा आयोजना बैंक निर्माणको कामलाई बाध्यकारी बनाउने सरकारकाे तयारी

बैंकिङ खबर। सरकारले सबै पालिका र प्रदेशका लागि आवधिक योजना, मध्यमकालीन खर्च संरचना र आयोजना बैंक निर्माणको कामलाई बाध्यकारी बनाउने तयारी गरेको छ। ‘स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७५’ लाई संशोधन गर्दै राष्ट्रिय योजना आयोगले यस्तो व्यवस्था गर्न लागेको हो । आयोगले तयार पारेको ‘स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८’ मा यस्तो व्यवस्था समेटिएको र यसलाई […]


सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारकाे प्रयास

बैंकिङ खबर। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने गरी योजना अगाडि बढाएको बताएका छन्। बिहीबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको पाँचौँ श्रम संसद् कार्यक्रममा सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन्। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका रोजगार प्रतिष्ठानलाई कोषमा […]


निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत

बैंकिङ खबर। निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ। गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर, कात्तिकमा आउँदा अनलाइन भुक्तानीका अधिकांश माध्यमबाट हुने कारोबार रकम तथा संख्या पनि घटेको छ। नेपाल राष्ट्र बैंकबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकले यस्तो […]


इच्छाराज तामाङको सिटीसी मल लिलामी हुने, मूल्याङ्कन प्रक्रिया शुरु गर्दै सञ्चय कोष

बैंकिङ खबर। सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सिटीसी मल लिलामीका लागि सञ्चय कोषले मूल्याङ्कन प्रक्रिया अघि बढाउने भएको छ। कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिँदा पनि ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरु कोही पनि ऋणचुक्ता गर्न नआएकाले लिलामीका लागि सम्पतीको मूल्याङ्कन प्रक्रिया अघि बढेको सञ्चय कोषका प्रवक्ता दामोदर सुवेदीले बताए। […]