विश्व बैंकको ४२ अर्ब आर्थिक सहयोग

नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुद्रढीकरण सहित कोरोना महामारीपछिको उत्थानशिल पुनरुत्थानका लागि पहललाई टेवा पु-याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टा छुट्टै दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र आर्थिक वृद्धिका लागि वित्त विकास नीति सहायतासम्बन्धी दुई छुट्टा छुट्टै सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट […]


बजेट कार्यान्वयन गर्ने तहमा कर्मचारी अभाव

सङ्घीयता र बजेट कार्यान्वयन गर्ने स्थानीय तहमा कर्मचारीको चरम अभाव भएको छ । कर्मचारी समायोजनका क्रममा अधिकांश कर्मचारीले सङ्घीय कार्यालय रोजेपछि बजेट कार्यान्वयन गर्नेे स्थानीय तहमा कर्मचारीको अभाव भएको हो । कुल ४६० गाउँपालिकामध्ये २५ प्रतिशत गाउँपालिकामा अझै प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । कुल छ हजार ७४२ वडा कार्यालयमध्ये करिब २३ प्रतिशत वडा वडासचिवविहीन रहेको गाउँपालिका राष्ट्रिय महासङ्घ […]


जीवन बीमा कम्पनीको मुनाफामा वृद्धि

बीमाशुल्कमा २९.४९% को वृद्धि  चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा २४ दशमलव २८ प्रतिशतले बढेको छ । १९ जीवन बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कोरोना महामारीकै कारण यस अवधिमा वाणिज्य बैंकलगायत अन्य क्षेत्रका कम्पनीहरूको नाफा घटेको छ […]


ऋण असुलीका मुद्दा वार्षिक ३० प्रतिशत मात्र फर्छ्योट

कानुनी प्रक्रिया लामो हुने, प्रतिवादी फरार हुने, समयसमयमा न्यायाधिकरण नेतृत्वविहीन हुनेलगायत कारण मुद्दा फर्छ्योटमा ढिलाइ ऋण असुली न्यायाधिकरणमा परेका मुद्दामध्ये वार्षिक औसत साढे ३० प्रतिशत मात्र फर्छ्योट हुने गरेका छन् । पछिल्ला पाँच वर्षमा न्यायाधिकरणमा दर्ता र फर्छ्यार्टे भएका मुद्दाका आधारमा यस्तो देखिएको हो । मुद्दा छानबिनका लागि कानुनी प्रक्रिया लामो हुने, प्रतिवादी फरार हुने, समय–समयमा न्यायाधिकरण […]


अर्थमन्त्री पौडेलले ल्याए सरकारको खर्च घटाउने योजना

फजुल खर्च नियन्त्रण गर्ने नीति लिएको सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड–२०७७’ पारित गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा सो मापदण्ड पारित गरेको हो । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलको पहलमा सार्वजनकि खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड अघि बढाइएको हो । कोरोना भाइरस संक्रमणको प्रभावका […]


घट्यो एटीएम कारोबार

लकडाउन हटेपछि ग्राहक बैंक तथा वित्तीय संस्थाको काउन्टरमै जान थालेकाले एटीएम कारोबार कम भएको हो  पछिल्ला महिनाहरूमा बैंक तथा वित्तीय संस्थाका एटीएमबाट हुने कारोबार घट्दो छ । खासगरी गत असारको तुलनामा त्यसपछिका महिना (साउन, भदौ र असोज) मा एटीएमबाट हुने कारोबारमा कमी आएको राष्ट्र बैंकको तथ्यांक छ । कोभिड–१९ को जोखिमबाट बच्न गरिएको लकडाउनका कारण गत चैतदेखि […]


आजको डलर भाउ कति छ ? हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा र विक्रिदर ११९ रुपैयाँ ७५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ७९ पैसा र विक्रिदर १४१ रुपैयाँ ५० पैसा रहेको छ । (यस्तो छ आजको विनिमय दर)


मुलुक अब आर्थिक समृद्धिको दिशामा : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक कोर्स सकिएकाले मुलुक अब आर्थिक समृद्धिको दिशामा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको विहिवारको भेटमा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीका मागहरु बारे अध्ययन गरी उचित “उपचार” तर्फ लाग्ने प्रतिबद्धता जनाए । नेपालका निर्माण परियोजनाहरुलाई तयारी र कार्यान्वयन चरणका गरी दुई भागमा वर्गिकरण गर्न सकिने मन्त्री पौडेलको भनाई थियो । […]


बेरोजगारलाई बिनाधितो कर्जा

कञ्चनपुर — कोरोना महामारीका कारण रोजगारी गुमाएका र स्वदेशमै बेरोजगार युवालाई लक्ष्य गरी भीमदत्त नगरपालिकाले धितो र ब्याजबिनै ऋण दिने कार्यक्रम अघि सारेको छ । मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत उत्पादनमूलक व्यवसाय गर्न चाहनेलाई उक्त ऋण प्रदान गरिनेछ । कार्यक्रम सञ्चालनका लागि बिहीबार भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ । मेयर सुरेन्द्र विष्ट र बैंकका प्रबन्धक कमलबहादुर […]


सहकारीको गुणस्तर प्रमाणीकरण कार्यक्रम विवादमा

बचत तथा ऋण सहकारी संस्थाको गुणस्तर प्रमाणीकरण गर्ने कार्यक्रम विवादमा पर्न थालेको छ । गुणस्तर मापन गर्दै दिइने ब्राण्डका लागि आर्थिक चलखेल भएको र गुणस्तर सुनिश्चितता गरिएका संस्थामै कैफियत देखिन थालेपछि कार्यक्रमकै विश्वसनियतामा प्रश्न उठ्न थालेको हो । नेपालमा एसियाली ऋण महासंघ (अक्कु) तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सहकारीको गुणस्तर […]