५० अर्बको कर्जा प्रवाह गर्न कार्यविधि पारित

कोरोना प्रभावित क्षेत्रको उत्थानका लागि भन्दै ५० अर्ब बराबरको कर्जा प्रवाह गर्न हालैको मन्त्रिपरिषद् बैठकले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि’ पारित गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि ऋण दिन सोसम्बन्धी कार्यविधि सरकारले पारित गरेको […]


व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि : ५० अर्बको खाता सञ्चालनमा आउने

सरकारले कोरोनाबाट प्रभावित उद्योग व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि सहज ढङ्गले कर्जा उपलब्ध गराउन कार्यविधि जारी गरेको छ । कोरोनाबाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह […]


लघुवित्तको खराब कर्जा ४५ अर्ब पुग्यो

लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा ३५ प्रतिशतले बढेको छ । कोभिड–१९ महामारीका कारण लघुवित्तबाट ऋण लिएका सर्वसाधारणले समयमै तिर्न नसकेपछि खराब कर्जा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ चैतसम्ममा लघुवित्त संस्थाहरूको ३३ अर्ब २९ करोड खराब कर्जा रहेकोमा २०७७ असारसम्ममा आइपुग्दा ४५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । चैतसम्ममा लघुवित्तबाट ऋण […]


निक्षेप उपकरणमा परेन उत्साहजनक आवेदन

बैंकिङ प्रणालीमा अधिक तरलता भइरहँदा पनि नेपाल राष्ट्र बैंकले तरलता सन्तुलन गर्न जारी गरेको निक्षेप संकलनमा बैंकहरूबाट उत्साहजनक आवेदन परेन । नेपाल राष्ट्र बैंकले बिहीवार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका लागि रू. ३० अर्ब रुपैयाँ बराबरको २८ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो । यसअघि तरलता प्रशोचन गर्ने उपकरणमा दोब्बर तथा […]


व्यवसायीलाई ५ प्रतिशत ब्याजदरको कर्जासम्बन्धी कार्यविधि पारित

कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि कार्यविधिले कर्जा उपलब्ध गराउने सुनिश्चितता गरेको छ । व्यावसायिक निरन्तरताका लागि उद्योगी व्यवसायीले ५ प्रतिशत ब्याजदरमा कर्जा पाउने भएका छन् । सरकारले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ जारी गरेसँगै व्यवसायीले कर्जा सुविधा पाउने भएका […]


घट्न थाल्यो वाणिज्य बैंकको नाफा

गत आर्थिक वर्षको अन्त्यदेखि बैंकिङ क्षेत्र पनि कोभिड–१९ बाट प्रभावित बन्यो । परिणामस्वरुप नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २७ वाणिज्य बैंकले करिब १४ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा खुद नाफा करिब साढे ६ प्रतिशत घटेको हो । गत आर्थिक वर्षको […]


७८ प्रतिशत नेपाली बीमाको दायरा बाहिर

पछिल्लो समय बीमाको दायरा बढ्दै गए पनि अझै ७८ प्रतिशत नेपाली बीमाको दायराभन्दा बाहिर देखिएका छन् । अर्थ मन्त्रालयले हालै जारी गरेको चालू आवको पहिलो त्रैमासिक प्रतिवेदनले यस्तो देखाएको हो । मन्त्रालयको प्रतिवेदनअनुसार चालू आवको असोजसम्म २२ प्रतिशत नेपाली जनतामा जीवन बीमाको पहुँच विस्तार भएको छ । अझै ७८ प्रतिशत नेपाली बीमाको दायराभन्दा बाहिर रहेको […]


बेरोजगारलाई स्वरोजगार

सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई उद्यमी बनाउने कार्यक्रम ल्याउने तयारी गरेको छ। विदेशबाट फर्केकालाई उद्यमी बनाएर स्वरोजगार बनाउँदै प्रयाप्त मात्रामा रोजगारी सिर्जना गर्ने गरी योजना ल्याउन लागेको हो।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले कोरोना भाइरसबाट उत्पन्न बेरोजगारी समस्या अन्त्य गर्न रोजगारी केन्द्रित योजना ल्याउन लागेको बताए। स्वदेशमा प्रशस्त रोजगारी सिर्जना गर्ने गरी आयोगले अध्ययन गरिरहेको […]


निर्माण कार्य थाल्नेबारे व्यवसायी नै अन्योलमा

कोरोनाको बन्दाबन्दीले गत चैत ११ देखि बन्द भएको निर्माण व्यवसाय मङ्सिरदेखि सुचारु गर्ने भनेका व्यवसायी आफैँ अन्योलमा परेका छन् । आयोजनाको म्याद थप, धरौटी रकम बैङ्क ग्यारेन्टी राखेर चलाउन पाउनुपर्ने र निर्माण स्थलमा स्वास्थ्य प्रोटोकलको मापदण्डको टुङ्गो लागिनसकेकाले व्यवसायी अन्योलमा परेका हुन् । सरकारले यी तीन कुराको टुङ्गो नलाउँदासम्म निर्माण व्यवसाय सुचारु गर्न नसकिने भएकाले […]


राजस्व लक्ष्यनजिक

कोरोना महामारीका बीचमा पनि सरकारले वार्षिक लक्ष्यनजिक नै राजस्व उठाउन सफल भएको छ । गत चैतदेखि सरकारको आम्दानीमा निरन्तर कमी आए पनि पछिल्लो समय भने राजस्व संकलनमा व्यापक सुधार आउँदा सरकारी लक्ष्य करीब करीब भेट्ने गरी राजस्व उठेको हो । अर्थ मन्त्रालयका अनुसार महामारीकै बीचमा सरकारले आर्थिक वर्षको पहिलो ४ महीनासम्ममा २५ प्रतिशत लक्ष्य राखेकोमा […]