निर्जीवन बीमा ९.९० प्रतिशतले बढ्यो

जीवन बीमाको तुलनामा निर्जीवन बीमा व्यवसायको विस्तार अन्त्यन्त न्यून देखिएको छ । कोरोना महामारीका बीच पनि चालू आर्थिक वर्ष (आव) मा जीवन बीमाको व्यवसाय उत्साहजनक रूपमा बढेको छ । बैंक तथा अन्य वित्तीय क्षेत्रको विस्तार पनि राम्रो छ । तर, निर्जीवन बीमा व्यवसायको विस्तार भने तिनको दाँजोमा कम देखिएको छ । चालू आवको पहिलो ६ […]


तीन जनालाई मात्र व्यावसायिक निरन्तरता कर्जा

दुई महिनामा एक जनालाई २८ लाख र बाँकी दुई व्यवसायीलाई १ करोड १९ लाख रूपैयाँ कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसाय निरन्तरताका लागि ल्याइएको ५ प्रतिशत ब्याजदरको कर्जा तीन जनाले मात्र पाएका छन् । कार्यविधि जारी भएको दुई महिनामा तीन जना व्यवसायीले करिब साढे १ करोड रुपैयाँ कर्जा सुविधा लिएको राष्ट्र […]


वाणिज्य बैंकबाट एक सातामै १३ अर्ब बाहिरियो

वाणिज्य बैंकहरूमा रहेको निक्षेप पछिल्लो एक सातामै १३ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार पुससम्ममा २७ वाणिज्य बैंकमा ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ ९ गतेसम्म आइपुग्दा ३७ खर्ब ६९ अर्ब रुपैयाँमा झरेको छ । माघ २ गते यतामात्र बैंकबाट १० अर्ब रुपैयाँ निक्षेप घटेको छ । बैंकहरूको घट्दो ब्याजदर […]


एकमुष्ट पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला

नेपाल राष्ट्र बैंकले कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावितलाई राहत दिन ल्याइएको पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला गरेको छ । केन्द्रीय बैंकले अभैm ९८ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा प्रदान गर्न पुनः आवेदन खुला गरेको हो । यस्तो सुविधा उपयोगका लागि बैंक तथा वित्तीय संस्थाहरू (वाणिज्य, विकास र वित्त कम्पनी)ले माघ १६ गतेसम्म ग्राहकको सूचीसहित आवेदन पेश […]


कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा पु-याइने

सरकारले जतिसक्दो छिटो आर्थिक पुनरुत्थानका लागि ल्याइएका कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा पु-याउने निर्णय गरेको छ । शुक्रबारको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले कोरोना महामारीको चपेटामा परेका उद्योगी व्यवसायीलाई राहत दिन ल्याइएका विभिन्न कर्जामा लक्षित वर्गको पहुँच बढाउन यस्तो निर्णय गरेको हो । बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण, व्यावसायिक निरन्तरता तथा पुनर्कर्जाको अधिकतम […]


खर्च घटाउन मुद्दती निक्षेपको ब्याजदर कस्ने बैंकको रणनीति

लामो समयदेखि अधिक तरलताको स्थिति रहँदै आएको र अपेक्षाअनुसार कर्जा माग समेत हुन नसक्दा अन्ततः बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउने रणनीति अपनाएका छन् । नेपालमा कोभिड शुरू हुनुअघि अर्थात् गत चैतअघि अधिकतम करीब साढे ९ प्रतिशतसम्म रहेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएर अहिले वाणिज्य बैंकहरूले अधिकतम ७–८ प्रतिशत हाराहारीमा र न्यूनतम ३ प्रतिशतसम्म झारेका […]


महामारीले अर्थतन्त्र विस्तार रोकियो

पछिल्लो पाँच वर्ष औसत ५.१८ पुगेको मुलुकको आर्थिक विस्तार कोभिड–१९ को कारण सन् २०२० मा ०.२ प्रतिशतमा सीमित भएको अनुमान गरिएको छ। कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा आर्थिक वृद्धिदर खुम्चिएको हो। कोभिड संक्रमणले मानवीय क्षति हुनुका साथै अर्थतन्त्रमा समेत असर परेको छ। कोभिडले उत्पादनदेखि आपूर्ति र उपभोगसम्मको शृंखला खल्बलिएपछि आर्थिक वृद्धिदरमा असर पुगेको […]


‘अर्थतन्त्रमा कोभिड प्रभाव अनुमानभन्दा कम’

कोभिड–१९ का कारण अर्थतन्त्र धेरै प्रभावित हुने पूर्वानुमानविपरीत कम मात्र प्रभाव परेको जानकारहरूले बताएका छन् । कोरोना संक्रमण कम भएसँगै अर्थतन्त्र चलायमान बनेकाले कोभिडको असर कम देखिएको रूपमा यसलाई विश्लेषण गरिएको हो । बुधबार काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केहीबाहेक प्रायः क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकाले आउँदा दिनमा अर्थतन्त्रको वृद्धि राम्रो हुने बताए । […]


गभर्नर अधिकारी भने– ‘सस्तो कर्जा प्रवाहमा बेवास्ता नगर्नुस्’

सरकारको निर्देशनमा राष्ट्र बैंकले लागु गरेको सस्तो कर्जा प्रवाहमा बेवास्ता नगर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन् । पुनर्कर्जा, सहुलियत कर्जा, व्यावसायिक निरन्तरता कर्जालगायत सस्तो ब्याजदरका कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाले खासै चासो नदिएको समयमा गभर्नर अधिकारीले यस्तो निर्देशन दिएका हुन् । बैंकर्स संघको वार्षिक साधारणसभालाई मंगलबार सम्बोधन गर्दै अधिकारीले […]


विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाइने

वाणिज्य बैङ्कहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउन लागेको हो । अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्रा सटहीको सुविधाका लागि राष्ट्र बैङ्कअन्तर्गत विदेशी विनिमय विभागले प्रस्ताव तयार पारेर राय तथा […]