बाढी पहिरो प्रभावितका लागि विशेष योजना

सरकारले पछिल्लोपटक मुलुकका विभिन्न भूभागमा आएको बाढी पहिरो प्रभावितका लागि विशेष योजना ल्याउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले २०७४ सालमा विशेषगरी तराई क्षेत्रमा आएको बाढी पहिरोबाट प्रभावितलाई विशेष योजना ल्याउने निर्णय गरेको हो । योजनाबारे अर्थ मन्त्रालयले जतिसक्दो चाँडो सार्वजनिक गर्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  त्यसैगरी […]


राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको सीईओमा युवराज भुसाल नियुक्त

राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको सीईओमा युवराज भुसाल नियुक्त भएका छन् । सोमवार बसेको मन्त्री परिषद्को बैठकले भुसाललाई सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट आइतबार गोविन्दराज पोखरेलले राजिनामा दिएपछि भुसाल नियुक्त भएका हुन् । भुसाल अर्थसचिवबाट अवकास भएका थिए ।   


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओले दिए राजीनामा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गोविन्दराज पोखरेलले राजीनामा दिएका छन् । सरकारले नयाँ सीईओ नियुक्त गर्ने तयारी गरेको छ । पोखरेलले शनिबार राजीनामा दिएको स्वीकार गरे ।  आवश्यक नीतिहरु सबै बनेको र अब प्राधिकरणमा कर्मचारीतत्रमा समन्वय गर्ने व्यक्ति भए पुग्ने उनले बताए । पोखरेलले भने, ‘पुनर्निर्माणको काम ट्राकमा आयो । अब समन्वय गर्ने र […]


राष्ट्रिय गौरवका आयोजनाको बजेट तीन महिनामा ६.११ प्रतिशत सकियो, कुन आयोजनाको प्रगति कति ?

पूर्णप्रसाद मिश्र । राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको बजेटमध्ये तीन महिना सकिनलाग्दा ६.११ प्रतिशत मात्र खर्च भएको छ । व्यवस्थापिका–संसद्को विकास समितिले आज आयोजना गरेको राष्ट्रिय गौरवका आयोजनालगायत मन्त्रालयगत आयोजनाको प्रगतिको अवस्थासम्बन्धी छलफल कार्यक्रममा अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले यो जानकारी दिएका हुन्। “गत आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको रु ५४ अर्ब २७ […]


भदौसम्ममा उठ्यो सवा ३५ अर्ब राजस्व

आव २०७४।०७५ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य रु ३६ अर्ब ६७ करोड ९१ लाख ३९ हजार रहेकामा रु ३५ अर्व २७ करोड ३ लाख ४९ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ ।   गत वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ । शीर्षकगत रूपमा हेर्दा आयकरतर्फ करिब रु १४ अर्व […]


मुलुकको आर्थिक विकास र बैंकिङ करिअर

प्रवीण न्यौपाने । नेपाल एक औधोगिक सम्भाव्यता बोकेको मुलुक हो । दुई ठूलो अर्थतन्त्र भएका मुलुकहरुका बीच रहेको नेपाल बैंकिङ माध्यमबाट विश्वसामु अब्बल हुन सक्छ । यी दुई देशसँग समानन्तर सम्बधलाई निरन्तरता दिएमा र आर्थिक तथा राजनीतिक हिसाबले कसैलाई काखा र कसैलाई पाखाको नीति नलिएमा विस्तारै मुलुकको आर्थिक विकास हुनेछ । त्यसैले, नेपालले यो बाटोमा […]


नेपालको सडक र विद्युत्मा ५० करोड डलर सहयोग गर्दै अमेरिकी सरकार

वासिङ्गटन (डिसी)। अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलर अर्थात् करिब ५० अर्ब रुपैयाँ बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुने भएको छ । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र  अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्ने छन् ।  सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल […]


मुलुकको संरचनात्मक विकास र वैदेशिक रोजगारी

प्रवीण न्यौपाने । नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको छ । नेपालीहरुको महान् चाड दशैँ नजिकिएको छ । यो समयमा रेमिट्यान्स आप्रवहको मात्र हरेक वर्ष बढ्ने गरेको छ ।  एक देशबाट रोजगारीका लागि अर्को देशमा जाने प्रचलन धेरै समय अघिदेखि रहँदै आएको हो । विकसित देशहरूमा रोजगारीका अवसर तथा श्रमको मूल्य तुलनात्मक रूपमा उच्च हुने […]


चिनियाँ कम्पनीले गरेन काम, बुढीगण्डकी निर्माणमा बढ्यो अन्यौलता

रमेश लम्साल – सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय र भौतिक प्रगति ९० प्रतिशतमाथि रहे पनि चिनियाँ कम्पनीसँग गरिएको समझदारीका कारण अन्योलता बढेर गएको छ । चिनियाँ कम्पनी गेजुवासँग गरिएको समझदारीका कारण आयोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा ऊर्जा मन्त्रालयले हालसम्म ठोस निर्णय गर्न नसक्दा अन्योलता बढेको हो । ऊर्जा मन्त्रालयले […]


नेपालमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । भारतको राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका देउवाले बुधबार साँझ भारत–नेपाल विजनेश फोरमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘हामी नेपालमा लगानीका लागि स्वागत गर्छौं, नेपालमा आउनुस्, लगानी गर्नुस्, रोजगारीका अवसरहरु सिर्जना गर्नुस् र उद्यमशीलताका नयाँ आयामहरुको निर्माण गर्नुस् ।’ नेपालले ठूलो मात्रामा […]