ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट इन्टरनेट बैंक’ अवार्ड

ग्लोबल आइएमई बैंक ‘बेष्ट इन्टरनेट बैंक २०१६ – नेपाल’ अवार्डबाट सम्मानित भएको छ । लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन “इन्टरनेशनल फाइनान्स म्यागजिन” द्वारा  अवार्डबाट सम्मानित भएको छ । सिगांपुरमा आयोजना भएको एक विशेष कार्यक्रमका बिच बैंकका अध्यक्ष श्री चन्द्र प्रसाद ढकाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल ज्ञावलीे ले सो पुरस्कार ग्रहण गर्नु गरेका […]


नेपाल एसबिआई बैंकले पायो मर्चेन्ट बैंकर सञ्चालनको अनुमती

नेपाल एसबिआई बैंकले मर्चेण्ट बैंकर सञ्चालनको अनुमती पाएको छ । एसबिआई बैंककोे शतप्रतिशत लगानी रहने नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड संचालन गर्न धितोपत्र बोर्डले शुक्रबार अनुमति दिएको हो । यो कम्पनी एसबिआई बैंकको सहायक कम्पनीको रुपमा रहने बताइएको छ । कम्पनीको चुक्तापूँजी दश करोड रुपैयाँ रहेको छ ।   


अब मोबाइल एप्लिकेसन डेभलपमेन्ट पढ्न विदेश जानुनपर्ने 

नेपालमा पनि स्नातक तहको मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन अध्यापन हुने भएको छ । कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले बेलायतको मेट्रोपोलिटियन विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक आगामी शैक्षिकसत्रदेखि अन्तर्राष्ट्रियस्तरमा सो विषयमा पठनपाठन सञ्चालनमा ल्याउन लागेको हो । यसका लागि इस्लिङ्टन कलेजका अध्यक्ष सुलभ बुढाथोकी र मेट्रोपोलिटियन विश्वविद्यालयका उपकुलपति प्रा जोन र्याफ्टेरी बीच आपसी सहमति समेत भएको छ । […]


मेलम्चीमा भेटियो पहेँलो पद्धार्थ, सुन भएको आशंका 

मेलम्ची आयोजनाको हेडवक्र्स निर्माणको क्रममा पहेँलो पद्धार्थ भेटिएपछि सुन हुन सक्ने भन्दै निर्माणको काम स्थगित गरिएको छ । मेलम्ची नदी छेउको पहाड काट्ने क्रममा पहेँलो पदार्थ भेटिएपछि सुरक्षाको कारण भन्दै काम तत्कालका लागि रोकिएको हो । पहाड काट्दा निस्किएको माटोमा चम्किलो पहेँलो कणहरु देखिएका थिए । त्यो पदार्थ के हो भन्ने त्यहाँ खटिएका इञ्जिनियरले पत्ता […]


वित्तीय साक्षरतासम्बन्धी पुस्तक ‘फिनलिको’ अब अंग्रेजीमा पनि

वित्तीय साक्षरताका लागि प्रकाश कोइरालाद्धारा लिखित पुस्तक फिनलिको अंग्रेजी भाषामा पनि प्रकाशीत भएको छ । स्वीडेनको रोयल कोयेन क्याबिनेटमा चाइल्ड एन्ड युथ फाइनान्सका निर्देशक विसेल भेन काम्पेनले सोमबार उक्त पुस्तकको बिमोचन गरेका हुन् । फिनलिकोको नेपाली संस्करण दुई महिनाअघि प्रकाशीत भएको थियो । कोइराला नेपालमा वित्तीय साक्षरता अभिबृद्धिका लागि स्वयंसेवको रुपमा सक्रिय छन् ।  


मेवाखोला हाइड्रोपावरको परीक्षण प्रशारण सुरु

दुई वटा वाणिज्य बैंकको लगानी रहेको मेवाखोला हाइड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएको छ । खोटाङ जिल्लाको दिक्तेल नगरपालिका–१० मेवाखोलाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको हाइड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएको हो । झण्डै २२ करोडको लागतमा निर्माण गरिएको उक्त हाइड्रोपावरमा समुदायको ३० प्रतिशत लगानी रहेको छ । बाँकी लागतमध्ये सानिमा बैंकको ६० र बैंक अफ काठमाडौंको […]


धरहरा बनाउन नेपाली सेनाले दियो झण्डै सवा ६ करोड रुपैयाँ

गत गएको बिनाशकारी भूकम्पबाट ढलेको धरहरा पुनर्निर्माणका लागि नेपाली सेनाले झण्डै सवा ६ करोड रुपैयाँ संकलन गरी सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानसेनापति राजेन्द्र क्षेत्रीले धरहरा पूनर्निर्माणका लागि ६ करोड १७ लाख १३ हजार सात सय ८३ रुपैयाँ ५५ पैसा बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका हुन् । […]


तिहारको बिदामा पनि बैंकहरु खुला रहने

सरकारी राजश्व वुझ्ने बैंकहरु तिहारको विदाका दिन पनि खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै भाईटीकाको दिनबाहेक अन्य बिदाको दिनमा बैंक खुला राख्न भनेको हो । तिहारमा पनि भन्सार कार्यालयहरु खुला रहने भएकाले बैकका शाखा तथा काउन्टर खोल्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ । यो नियम भन्सार कार्यालयमा शाखा […]