तीन वर्षदेखि बैंकिङ कसुरमा फरार रहेका केसी पक्राउ

करिब तीन वर्षदेखि बैंकिङ कसुरमा फरार रहेका प्रकाश केसी पक्राउ परेका छन् । बनेपा नगरपालिका– ११ निवासी ५० वर्षीय केसीलाई प्रहरीले बनेपाबाट शनिबार पक्राउ गरेको हो ।  तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र पाँच करोड २५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरी फैसला गरेको थियो । उनलाई २०७१ साल […]


विश्व बैंकको १६ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय

सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले प्रदान गरेको १६ अर्ब ३७ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय गर्नुका साथै २०७१ सालको बाढीबाट प्रभावित बाँके, बर्दिया, दाङ, सुर्खेत र सिन्धुपलाञ्चोकमा निजी आवास पुनर्निर्माण गर्न तयार पारिएको अनुदान वितरणसम्बन्धी कार्य्विधि, […]


स्वर्ण जयन्तीको अवसरमा कृषि विकास बैंकले सम्पन्न गर्यो रक्तदान कार्यक्रम

कृषि बिकास बैंक लिमिटेडले आफ्नो ५० औं स्थापना दिवस (स्वर्ण जयन्ति) को अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कृषि बिकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिको आयोजनामा बैंकको मुख्य कार्यालय स्थित तालिम हलमा सम्पन्न उक्त कार्यक्रममा ११६ जना कर्मचारीहरुले रक्तदान गरे ।   


आईएमईको लोगो अंकित झण्डा अन्टार्कटिकाको सर्वोच्च शिखरमा

पर्वतारोही संजय पण्डितले आईएमईको लोगो अंकित झण्डा अन्टार्कटिकाको सर्वोच्च शिखर विन्सोन मसिफमा फहराएका छन् । गत पुस २० गते तदनुसार ४, जनवरी २०१७ मा उनले उक्त झण्डा फहराएका हुन् । अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्वआरोही संजय पण्डितको यो पछिल्लो हिमाल आरोहण थियो । पण्डित सर्वोच्च […]


लगानी कोषले ल्यायो मोबाइल एप सेवा, बचत रकम र विवरणबारे जानकारी पाइने

नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई मोबाइल एप्लिकेशनबाट बचत रकम र विवरणबारे जानकारी दिने सेवा सुरु गरेको छ । पोखराबाट शनिवारदेखि थालिएको उक्त सेवाको शुभारम्भ अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले गरेका कोषले बताएको छ ।  कोषले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, कर्मचारी बचतवृद्धि, स्वीकृत अवकाश कोष, निजामती सावधिक जीवन बीमा, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीे […]


सानिमा बैंक र बागमति डेभलपमेण्ट बैंकको एकिकृत कारोबार शुरु

सानिमा बैंकले बागमती डेभलपमेन्ट बंैकलाई किने पछि आइतबारबाट एकिकृत कारोबार शरु गरेको छ । सर्लाहीको हरिवनमा आयोजित एक समारोहको बिच सानिमाका ब्य्रान्ड प्रवद्र्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभारम्भ गरेका हुन् । कार्यक्रममा सानिमा बैंकका संचालक समितिका सदस्य भरत कुमार पोखरोल र महेश घिमिरेको पनि उपस्थिती रहेको थियो । प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी रु. […]


आरम्भ माइक्रोफाइनान्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा काभ्रेपलाञ्चोकको बनेपामा सम्पन्न भएकोे छ । साधारणसभाले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरेको छ । साथै, चालू आर्थिक वर्ष ०७३/०७४ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्नेका साथै संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको […]


लिबर्टी इनर्जी कम्पनीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

यस लिबर्टी इनर्जी कम्पनी लि. थापाथली, काठमाण्डौको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार (पुस २७ गते) सम्पन्न उक्त साधारण सभाबाट सञ्चालकमा कुशकुमार जोशी, डा. आत्माराम घिमिरे, शुसिल थापा, राम बहादुर पाण्डे र राजेन्द्र वस्ती निर्विरोध निर्वाचित भएका छन् । साथै निर्वाचित संचालकहरु मध्येबाट संचालक अध्यक्षमा कुशकुमार जोशी र प्रबन्ध संचालकमा डा. आत्माराम घिमिरे […]


‘इच्छाशक्तिको कमीले मुलुकको विकास हुन सकेन’ 

बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले नेपालमा सम्भवना धेरै भएर पनि नेपालीले चिन्न नसकेको बताएका छन् । अनेरास्ववियु पब्लिक युथ क्याम्पसद्धारा आयोजित एक कार्यक्रममा बोल्दै मेगा बैंकका सीईओ समेत रहेका शाहले नेपालीहरुमा इच्छाशक्तिको नै कमी भएको बताए । ‘नेपालमा सबै थोक छ’ उनले भने, ‘तर यहाँ इच्छाशक्ति पाउन गाह्रो छ ।’ नेपालको विकास नहुनुमा राजनीतिक […]


भारु नोट सटहीका लागि भारतको निम्तो, राष्ट्र बैंकका अधिकारीसहितको टोली भारत जाने

प्रतिबन्धित हजार र पाँच सयको भारतीय नोट सटहीबारे छलफल गर्न डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा राष्ट्र बैंकको एक टोली भारत जाने भएको छ । भारतको निमन्त्रणामा डेपुटी गभर्नरसँगै विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगाना, अर्थमन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव र भारतका लागि नेपाली राजदुताबासका एक प्रतिनिधिसहित भारतमा जान लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए […]