एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले दिए उम्मेदवारी 

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि शेखर गोल्छाले बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । गोल्छाले आइतबार बुटवल पुगेर औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । हाल उनी एसोसिएटतर्फका उपाध्यक्ष रहेका छन् । गोल्छाले पदाधिकारी टिम सहित उम्मेद्वारी घोषणा गरेका हुन् । गोल्छाको टिममा जिल्ला तथा नगर उपाध्यक्षमा  दिनेश श्रेष्ठ, एशोसियट […]


निजी क्षेत्रले गर्ने लगानीको सुरक्षाको सुनिश्चितता गर्न सुझाव

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका विश्व बैङ्कका कार्यकारी निर्देशक डा एन्डिन हडियान्तोले सोमवार शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा उनीहरुबीच नेपालको आर्थिक अवस्था, भावी परिदृश्य तथा विश्व बैङ्कको सहयोगलगायतका विषयमा छलफल भएको राष्ट्रिय योजना आयोगले बताएको छ ।  उक्त अवसरमा उपाध्यक्ष डा श्रेष्ठले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको, स्थानीय […]


भूकम्पपछि दोब्बर बढ्यो विदेशीनेको संख्या

विभिन्न देशमा रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या धादिङमा भूकम्पपश्चात् भने निकै बढेकोे छ । यसैगरी अवसर खोजीका लागि युवा विदेशिने क्रमसँगै जिल्ला प्रशासन कार्यालय धादिङमा राहदानी लिनेको भीड अत्यधिक बढेको छ । विगतका भन्दा यस वर्ष राहदानी लिनेको सङ्ख्या पनि दोब्बरभन्दा बढीले वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ नेपालका ग्रामीण क्षेत्रहरुमा सरकारले युवा केन्द्रित […]


राष्ट्र बैंकका निर्देशक मातृशोकमा 

नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक रेवति नेपाललाई मातृशोक परेको छ । उनकी आमा विष्णुकुमारी नेपालको ७३ बर्षको उमेरमा निधन भएको हो । दमको विरामी नेपालको काठमाडौंस्थित सिभिल हस्पीटलमा उपचारका क्रममा निधन भएको पारिवारिक सदस्यले जनाएका छन् । उनको निधनप्रति बैंकिङ खबर हार्दिक श्रदाञ्जली व्यक्त गर्दछ ।


सिटिजन्स बैंकद्धारा विद्यालयलाई कप्युटर सहयोग 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री जानकी प्राथमिक विद्यालयलाई भौतिक सहयोग स्वरुप एक थान कम्युटर प्रदान गरेको छ । नेपालको शिक्षा जगतमा टेवा पुर्याउने उद्देश्यले बैंकले बर्दिया जिल्ला गुलरिया नगरपालिका वार्ड नं. ४ सिरकोइयामा रहेको विद्यालयलाई कम्युटर सहयोग गरेको हो ।  बुधबार गुलरियामा आयोजित एक समारोहका बीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले १ […]


नाम परिवर्तन गर्दै बैंक अफ काठमाण्डू लुम्बिनी

बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । बैंकले चैत्र ३ गते बोलाएको २२औँ साधारणसभामा बैंकको नाम परिवर्तन गर्नेसम्बन्धी प्रस्ताव अघि सार्ने भएको हो । नेपाल राष्ट्र बैंकलाई स्वीकार्य हुने नाम परिवर्तन गर्नुपर्ने भन्दै बैंकले अब पुरानै नाम बैंक अफ काठमाण्डू बनाउने प्रस्ताव गरेको छ । बैंक अफ काठमाण्डू लिमिटेड र […]


नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट २३ लाख चोर्ने पक्राउ

धनगढीको नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट हराएको रकम बैङ्ककै एक कर्मचारीले गत हप्ता चोरी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अरुणचन्द ठकुरीको नेतृत्वको टोलीले बैङ्कको रू. २३ लाख ४४ हजार चोरी गर्ने कर्मचारी गोविन्द उपाध्यायलाई चोरी रकमसहित पक्राउ गरी सोमवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।  निजले माघ २८ गते बैङ्कको एटिएम लकको […]


नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ हरायो

धनगढी स्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको रु २३ लाख गायब भएको भन्ने ठाडो उजुरी परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए । कुन प्रयोजनको रकम कसरी कहिले गायबभयो, भन्ने विषयमा यर्थात जानकारी […]


लघुवित्तका कर्मचारीमाथि गोली प्रहार 

जीवन विकास समाज लघुवित्तका कर्मचारी घनश्याम बहदारमाथि गोली प्रहार भएको छ । मोरङको सोराभागमा बुधबार रंगेली नगरपालिका ११ का ३७ वर्षीय घनश्याममाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते बहदारको विराटनगरको एक अस्पतालमा अहिले उपचार भइरहेको छ । जीवन विकासका कर्मचारी घनश्इामकोे खुट्टामा गोलि लागेको प्रहरीले जनाएको छ । घनश्याम जीवन विकास समाज नामक […]


एक महिनामा २० एटीएमबाट छ लाख ठगी, दुई भारतीय पक्राउ 

अनधिकृत रुपमा बैंकको एटिएमबाट रकम निकाली ठगी गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको चण्डीगढका २३ वर्षीय इक्तेदार खान र लक्ष्मीनगर, दिल्लीका ३३ वर्षीय निरञ्जन मेहतालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । दुवै जनाले एटिएम बुथमा गएर ‘मेरो पैसा निस्किएन, कसरी निकाल्ने हो सिकाइ दिनुहोस्’ भनी अन्य ग्राहकसँग […]