Saturday , February 25 2017

बैंकिङ रोजगारी

एनआईसी एसिया बैंकमा जागीर खुल्यो

एनआईसी एसिया बैंकमा जागीर खुलेको छ । बैंकले क्रेडिट अफिसर माग गरेको छ । नेपालको कुनै पनि ठाउँमा गएर जिम्मेवारी सम्हाल्न तयार नेपाली नागरिकले ४ जनवरी अर्थात् पुस २० गतेभित्र बैंकमा सम्पर्क गर्न सक्नेछन् । साथमा स्नातकोत्तर उतीर्ण गरेको र कम्तीमा ३ वर्ष ( २ वर्ष रिलेसनसिप, क्रेडिट, क्रेडिट रिस्क मेनेजमेन्ट, क्रेडिट अप्रुभल र क्रेडिट एनालाइसिससम्बन्धी) काम गरेको अनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।  

आईसीएफसी फाइनान्समा रोजगारी : अनुभव नभएकालाई पनि अवसर

राष्ट्रिय स्तरको फाइनान्स कम्पनी आईसीएफसी फाइनान्स लिमिटेडले केही संख्यामा व्यवस्थापक र एसिस्टेन्ट लेभलका  कर्मचारी माग गरेको छ । कम्पनीले निकट भविष्यमा विस्तार गर्न लागेको चितवन, स्याङ्जा र काठमाडौँका शाखाहरुका लागि शाखा व्यवस्थापक र एसिस्टेन माग गरेको हो । 

शाखा व्यवस्थापकका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरी कम्तीमा ३ वर्ष वित्तीय संस्थामा काम गरेको अनुभव भएको र उमेर ३० वर्ष ननाघेको हुनुपर्नेछ ।

एसिस्टेन्ट लेभलका लागि पनि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको हुनुपर्नेछ । उमेर २६ वर्ष ननाघेको हुनुपर्नेछ । 

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले ३१ डिसेम्बर अर्थात पुस १६ गतेभित्र निवेदन र हालसालै खिचेको फोटो कम्पनीको इमेल ठेगाना finance.vacancy2016@gmail.com मा पठाउनुपर्नेछ । सर्ट लिस्टेड उम्मेदवार मात्रै अन्तर्वार्ताका लागि बोलाइने बताइएको छ ।  

नेपाल एग्रो माइक्रोफाइनान्समा रोजगारीको अवसर !

पोखरामा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आन्तरिक लेखा परीक्षक र कनिष्ठ सहायक माग गरेको छ । संस्थाले एक जना आन्तरिक लेखा परीक्षक र केही संख्यामा कनिष्ठ सहायक (सहायक÷प्रशिक्षार्थी) माग गरेको हो । आवेदन बुझाउने मिति पुस १९ गतेसम्म रहेको छ ।

 

मञ्जुश्री फाइनान्सले माग्यो फ्रेस कर्मचारी

काठमाडौँको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको मञ्जुश्री फाइनान्सिल इन्सिच्युसन लिमिटेडले पाँच देखि १० जना एसिस्टेन्ट र केही संख्यामा आईटी सिनियर एसिस्टेन्ट माग गरेको छ ।

एसिस्टेन्टका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको, अंग्रेजी र नेपाली भाषमा पोख्त र अफिस एप्लिकेसनहरुका बारेमा राम्रो ज्ञान भएको हुनुपर्नेछ ।

आईटी सिनियर एसिस्टेन्टका लागि कम्युटर इन्जिनियरिङ वा सम्बन्धित विषयमा स्नातक वा सोसरह कम्तीमा ५० प्रतिशत प्राप्तांकसहित उतीर्ण गरेको हुनुपर्नेछ । बैंक तथा वित्रीय संस्थामा आईटी सम्बन्धी काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने समेत कम्पनीले उल्लेख गरेको छ ।

दुबै पदका लागि कम्पनीले ३५ वर्ष ननाघेका उम्मेदवारको दरखास्त आह्वान गरेको छ । 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २८ डिसेम्बर अर्थात पुस १३ गतेभित्रमा कम्पनीको इमेल ठेगाना vacancy@manjushreefinance.com.np मार्फत आवेदन दिनुपर्नेछ ।    

नेशनल माइक्रोफाइनान्समा जागीर खुल्यो

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा शाखा प्रमुख माग गरेको छ । २४ वटा जिल्लामा ३१ वटा शाखा कार्यालय स्थापना गरी ३४ हजार ग्राहकलाई सेवा पुर्याउँदै आएको संस्थाले आफ्नो नयाँ तथा पुराना शाखा कार्यालयहरुका लागि स्नातक उतीर्ण गरी कम्तीमा दुई वर्ष लघुवित्तमा काम गरेको अनुभव भएको तथा प्रविणता प्रमाणपत्र तह उतीर्ण गरी पाँच वर्षको कार्यअनुभव भएको, लेखा तथा बैंकिङ सफ्टवेर चलाउन जानेको र उमेर २४ वर्ष पुरा भई ४० वर्ष (महिलाको हकमा ४५ वर्ष) ननाघेको नेपाली नागरिकलाई पुस १९ गतेभित्र आवेदन बुझाउन आह्वान गरेको छ ।

 

एसएलसी उतीर्ण गरेर जागीरको खोजीमा हुनुहुन्छ ? स्वरोजगार लघुवित्तले मागेको छ कर्मचारी 

काभ्रे जिल्लास्थित बनेपामा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले केही संख्यामा कनिष्ठ सहायक माग गरेको छ । बैंकले एसएलसी वा सोसरह उतीर्ण गरेको र उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको कर्मचारी माग गरेको हो । बैंकको काभ्रे, मकवानपूर, चितवन, गोरखा, तनहुँ, लमजुङ, नवलपरासी, पर्सा, बारा र रौताहट तथा थप ५ पहाडी जिल्ला १५ जिल्लाका लागि बैंकले कर्मचारी माग गरेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले पुस १८ गतेभित्रमा सम्पर्क गरिसक्नुपर्नेछ । 

नेरुडे लघुवित्तमा रोजगारीको अवसर

नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले अधिकृत र लेखापाल पदका लगि केही संख्यामा दरखास्त आह्वान गरेको हो । आवेदन बुझाउने समय पुस १८ गतेसम्म रहेको छ ।

 

लुम्बिनी फाइनान्समा खुल्यो जागीर

lumbini-financeलुम्बिनी फाइनान्स लिमिटेडमा जागीर खुलेको छ । कम्पनीले अफिसर अथवा व्यवस्थाकिय तहमा रहेर काम गर्न केही संख्यामा ब्रान्च इन्चार्ज माग गरेको हो । यसका लागि ३५ वर्ष उमेर ननाघेको, व्यवस्थापन अर्थात अर्थशास्त्रमा कम्तीमा दोस्रो श्रेणीमा स्नातक उतीर्ण गरेको, वित्तीय संस्थामा कम्तीमा चार वर्ष (कम्तीमा दुई वर्ष अफिसर अर्थात ब्रान्च इन्चार्जको रुपमा) काम गरेको, वित्त कम्पनीको समग्र क्रेडिट तथा सञ्चालनसम्बन्धि जानकारी भएको, प्रभावकारी रुपमा शाखा कार्यालयको नेतृत्व गर्न सक्ने, नयाँ निक्षेपकर्ता तथा ऋणीसँग आकर्षक ढंकले प्रस्तुत हुन सक्ने तथा शाखाका कार्यरत कर्मचारीहरुलाई निर्देशित गर्दै अघि बढ्न सक्ने हुनुपर्नेछ । 

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई २५ डिसेम्बर अर्थात पुस १० गतेभित्रमा वायोडाटा र निवेदन कम्पनीको इमेल ठेगाना info@lumbinifinance.com.np मा पठाउन आह्वान गरिएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा जागीर खुल्यो 

primeप्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले गोरखा, लमजुङ, नुवाकोट, सल्यान, चौरझरी, गोकुलेश्वर, तौलिहवा, ताप्लेजुङ तथा अन्य शाखाहरुका लागि इन्चार्ज माग गरेको हो । 

नयाँ विजनेस, नाम र अवसर स्थापित गर्न इच्छुक, टिमको नेतृत्व गर्न सक्ने, राम्रो कम्युनिकेसन स्किल भएको, बीमा कम्पनीसम्बन्धि नीति नियम तथा कानूनहरुको बारेमा जानकारी भएको, कम्तीमा प्लस दुई उतीर्ण गरेकाले आवेदन दिन सक्नेछन् । स्थानीयलाई प्राथमिकता दिइने समेत कम्पनीले जनाएको छ । 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २८ डिसेम्बर अर्थात पुस १३ गतेभित्रमा कम्पनीको इमेल ठेगाना hr@primelifenepal.com मा निवेदन पठाउनुपर्नेछ । 

सूर्योदय लघुवित्तमा जागीर खुल्यो

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । संस्थाले केही संख्यामा बरिष्ठ सहायक शाखा प्रमुख र कनिष्ठ सहायक माग गरेको हो । आवेदन दिने मिति मंसिर ११ गतेसम्म रहेको छ ।

suryodayasuryodaya-1