Sunday , April 30 2017

बैंकिङ रोजगारी

नेपाल बंगलादेश बैंकमा जागीर खुल्यो

नेपाल बंगलादेश बैंकमा जागीर खुलेको छ । बैंकले केही संख्यामा लिगल डिपार्टमेन्ट हेड र लिगल अफिसर माग गरेको हो । इच्छुक, योग्यता पुगेका र अनुभवी नेपाली नागरिकलाई १५ मार्च अर्थात चैत्र २ गतेभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

यस्ता कर्मचारी खोज्छन् बैंकहरु

कुनै पनि कम्पनीले कर्मचारी छनौट गर्दा कम्पनीको उद्देश्य र आवश्यकतामा ध्यान दिन्छ । कम्पनीको उद्देश्य पूरा गर्न सक्ने, शैक्षिक योग्यता र अनुभवी व्यक्ति कम्पनीको पहिलो प्राथमिकतामा पर्छ । त्यस्तै कम्प्युटर, ड्राइभिङका साथै कम्पनीले खोजेको विषयसम्बन्धी जानकार व्यक्ति रोजाइमा पर्छन् । कतिपय अवस्थामा शैक्षिक योग्यता भन्दा पनि व्यवहारिक सक्षमता हेरेर कर्मचारी नियुक्त गरिन्छ । विभिन्न कम्पनीका आफ्नै नीतिनियम हुन्छन् । कर्मचारीले सम्बन्धित कम्पनीको नीतिनियमभित्र रहेर काम गर्नुपर्छ । बैंकिङ क्षेत्रमा जागीर गर्नका लागि पनि आधारभूत योग्यताहरु लगभग उस्तै हुन् । शैक्षिक योग्यता, अनुभव, कार्यशैली यो सबै कुराहरु बैंकिङ क्षेत्रमा जागीर गर्दा पनि हेरिन्छ । बैंकमा पनि जागीर खाने विभिन्न पदहरु हुन्छन् । समग्रमा, बैंकिङ क्षेत्रमा करिअर बनाउन यस्ता योग्यताहरु आवश्यक पर्दछन् । 

शैक्षिक योग्यता
विशेषगरी, बैंकिङ क्षेत्रमा प्रवेश गर्न व्यवस्थापन संकायमा अध्ययन गरेको हुनुपर्छ । यो अध्ययनले आर्थिक तथा वित्तीय प्रणालीको बारेमा जानकारी गराउँछ । बीबीए तथा बीबीएस गरेकाहरुको माग यो क्षेत्रमा बढी हुने गर्दछ । अर्थशास्त्र, फाइनान्स, मार्केटिङ, विजनेस एडमिनिस्ट्रेसन लगायतका विषयमा स्नातक तथा स्नातकोत्तर उतीर्ण गरेकाहरुको माग बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, रेमिट्यान्स कम्पनी लगायतमा भइरहेको हुन्छ । त्यस्तै, पछिल्लो समय फेसन जस्तै बनिसकेको विषय हो, सीए । सी गर्नेहरुलाई अहिले नेपालमा राम्रो स्कोप छ । सी गर्नेहरुले पनि जागीर गर्ने बैंकिङ क्षेत्रमै हो । साथमा पुँजी बजारसम्बन्धी कुनै पनि कम्पनीमा सीएको आवश्यकता हुने गर्दछ । यसबाहेक, पदअनुसारका योग्यता हरु खोजिन्छन् । जस्तै, बैंकलाई लिगल अफिसर चाहिएको हुन सक्छ । यसका लागि कानुन विषय अध्ययन गरेको हुनुपर्छ । त्यस्तै, कुनै बैंकलाई आईटी अफिसर चाहिएको हुन सक्छ । यसका लागि आईटी पढेको हुनुपर्छ । 

अनुभव तथा तालिम
बैंकिङ क्षेत्र जनताको पैसाको कारोबार गर्ने क्षेत्र भएकाले निकै नै संवेदनशील मानिन्छ । त्यसैले, कर्मचारी नियुक्तिको विषयमा यो क्षेत्रमा अलि कडाइ गरिन्छ । शैक्षिक योग्यता सँगसँगै अनुभव तथा तालिमहरु पनि माग गरिन्छ । विशेषतः मेनेजर, अफिसर जस्ता ठूला पदमा त अनुभव अनिवार्य नै हुन्छ । अब, अनुभव चाहिँ कहाँबाट लिने त ? अनुभव लिनका लागि तपाईँले कुनै पनि बैंकमा इन्टर्नसिप गर्नुहोस्, अथवा सामान्य पदबाट जागीर सुरु गर्नुहोस् । यसबाट तपाईँलाई बैंकिङसम्बन्धी जानकारी प्राप्त हुन्छ । अनि, बैंकिङ करिअर बनाउन ठूलो सहयोग पुग्छ । यसबाहेक, बैंकहरुले आफ्ुना कर्मचारीहरुका लागि बेलाबेलामा तालिम पनि दिइरहेका छन् । त्यसैले, इन्टर्नसिपबाटै भएपनि आफूमा क्षमताको विकास गर्नुहोस् । बैंकहरुले प्रशिक्षार्थी कर्मचारीको रुपमा बेलाबेलामा दरखास्त आह्वान गरिरहेका हुन्छन् । यस्तै बेलामा यो क्षेत्रमा छिर्नुभयो भने तपाईँलाई बैंकिङ करिअर बनाउन पक्कै सहज हुन्छ । 

भाषासम्बन्धी ज्ञान
कर्मचारी आवश्यकतासम्बन्धी जुन विज्ञापन हेर्नुस्, सबैमा अंग्रेजी तथा नेपाली भाषामा दखलता भएको हुनुपर्ने भन्ने वाक्यांश पाउनुहुन्छ । पछिल्लो समयमा त झन् अंग्रेजी भाषा निकै नै हाबी बन्दै गइरहेको छ । यस अनुसार, तपाईँले आफूलाई पनि तयार बनाउनुस् । नेपाली र अंग्रेजी दुबै भाषा पढ्न, लेख्न र बोल्नमा आफूलाई दक्ष बनाउनुस् । 

कम्युटरसम्बन्धी ज्ञान
कम्प्युटरसम्बन्धी धेरै नभएपनि आधारभूत ज्ञान भएको हुनु पनि अनिवार्य नै हो । बैंकमा मात्र हैन हरेक क्षेत्रमा जागीर गर्दा यो क्षमता हुनु जरुरी छ । जागीर नै नगरेपनि यो सीप खेर जाँदैन । त्यसैले, खाली समयमा कम्प्युटर तालिम लिनुहोस् । फेसबुक या युटुवका लागि मात्र कम्प्युटरको प्रयोग नगरेर टाइपिङ(अंग्रेजी, नेपाली), बैंकिङ सफ्टवेर, पावरपइन्ट, एक्सेलजस्ता कुराहरु चलाउन जान्ने बन्नुहोस् । 

अन्तक्र्रियात्मक क्षमता
बैंकले जारी गरेको कर्मचारी आह्वानसम्बन्धी हरेक विज्ञापनमा सँधै अटाउने अर्को वाक्यांश हो एक्सिलेन्ट कम्युनिकेसन स्किल, अर्थात उत्कृष्ट अन्तक्र्रियात्मक क्षमता । ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाको बारेमा राम्ररी बुझाउन सक्ने र ग्राहकको जिज्ञासालाई तुरुन्तै मेटाउन सक्ने क्षमता एउटा कर्मचारीमा हुनुरु जरुरी छ । यसका लागि पुनः कुरा आउँछ, सम्बन्धित क्षेत्रसम्बन्धी ज्ञानको । हामीसँग ज्ञान छ भने पक्कै पनि बोल्नको लागि धेरै कुरा हुन्छ, र अरुलाई बुझाउन पनि सहज हुन्छ । तर, ज्ञान हुनेवित्तीकै सबैले अरुलाई बुझाउन सक्छन् भन्ने छैन । यसका लागि आफूले जानेको कुरा राम्रोसँग अरुको अगाडी राख्न सक्ने हुनुपर्छ । 

बैंकमा जागीर गर्ने सोचमा हुनुहुन्छ भने बैंक तथा पदका लागि आवश्यक योग्यताहरु त छँदैछन्, यसका अलावा माथि उल्लेखित योग्यताहरु पनि तपाईँमा भयो भने तपाईँको बैंकिङ भविष्य एकदमै उज्वल छ, यसमा दुईमत छैन ।

प्रभु बैंकमा खुल्यो जागीर, अनुभव नभएकालाई पनि अवसर

प्रभु बैंक लिमिटेडमा विभिन्न पदमा जागीर खुलेको छ । बैंकले अफिसर, सुपरभाइजर, मेनेजमेन्ट ट्रेनी, लिगल अफिसर, आईटी (एसिस्टेन्ट र अफिसर) र जुनियर एसिस्टेन्ट ट्रेनी पदमा विभिन्न संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई ५ मार्च अर्थात यही फागुन २२ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

थप जानकारीका लागि तथा अनलाइनमार्फत एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://prabhubank.com/career/

नेपाल स्टक एक्सचेञ्जमा जागीर खुल्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जागीर खुलेको छ । नेप्सेले विभिन्न १४ पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई चैत्र १५ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

सिटिजन्स बैंकमा जागीर खाने हैन ? हेर्नुस्, कहिलेसम्म छ म्याद ?

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पनि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केही चार्टर्ड एकाउन्टेन्ट, पाँच जना मेनेजमेन्ट ट्रेनी, २० जना ट्रेनी एसिस्टेन्ट र केही संख्यामा जुनियर गोल्ड टेस्टर माग गरेको हो । ३० वर्ष उमेर ननाघेका नेपाली नागरिकलाई २८ फेब्रुअरी अर्थात फागुन १७ गतेसम्ममा अलाइनबाट एप्लाई गर्न आह्वान गरिएको छ ।

मेरो माइक्रोफाइनान्सले माग्यो कर्मचारी, खुला प्रतियोगिताबाट छानिने

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ सहायक शाखा प्रबन्धक र कनिष्ट फिल्ड सहायक माग गरेको हो । खुला प्रतियोगिताबाट कर्मचारी छनौट गर्ने गरी संस्थाले १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ५ वर्ष थप) नेपाली नागरिकलाई फागुन २९ गते कार्यालय समयभित्र आवेदन दिइसक्न आह्वान गरेको छ । 

बैंकिङ अन्तरवार्तामा कसरी प्रस्तुत हुने ? (हेर्नुस् सात टिप्सहरु)

बैंकमा जागीर खान चाहानुहुन्छ भने तपाईँले आफूलाई सोही अनुसार तयार राख्नुपर्ने हुन्छ । किनकि, तपाईँसँगै सोही जागीरका लागि अन्य थुप्रैले एप्लाई गरेका हुन्छन् । कयौँमध्येबाट छनौट गरेर तपाईँलाई नै किन राख्ने त ? यसका लागि तपाईँसँग अरुमा नभएको र बैंकलाई काम लाग्ने सीप, क्षमता वा योग्यता हुनुपर्छ । यसका अलावा तपाईँले जागीरका लागि दिने अन्तर्वार्ताले पनि रोजगारदाताको दिमागमा एउटा छाप छोड्नुपर्यो । जागीरका लागि परीक्षा दिन तयार भएजस्तै अन्तर्वार्ता दिँदा पनि तयारी गर्नु जरुरी हुन्छ । अन्तर्वार्ता दिन जाँदा तपाईँसँग सम्बन्धित विषयमा कति ज्ञान छ भनेर त हेरिन्छ नै तपाईँको बसाई, हाउभाउ, फेसियल एक्सप्रेसन लगायतलाई पनि उत्तिकै ख्याल गरिन्छ । यीनै आधारमा तपाईँलाई अन्तर्वार्ता लिने व्यक्तिले नम्बर दिँदै जान्छ । त्यसैले, अन्तर्वार्तामा जानुअघि र गइसकेपछि यी कुराहरुमा अवश्य ख्याल गर्नुहोस् : 

व्यक्तिगत विवरण
अन्तर्वार्ताका लागि तपाईँ बस्नेवित्तीकै तपाईँको व्यक्तिगत विवरणको बारेमा सोधिन्छ । यसअन्तर्गत तपाईँले आफू, आफ्नो परिवार, शिक्षा लगायतको बारेमा जानकारी दिनुपर्ने हुन्छ । यी कुराको जानकारी दिँदा आफ्नो र परिवारको जानकारी एकदमै छोटोमा दिनुहोस् र अध्ययनका क्रममा आफूले हासिल गरेका उपाधिहरु तथा सफलताहरुलाई बढी समय दिएर बयान गर्नुहोस् । आफ्नो यस्तो सफलतालाई बयान गर्नुहोस्, जुन तपाईँले काम गर्न लागेको कम्पनीको लागि काम लाग्ने होओस् । 

बायोडाटा 
त्यसपछि तपाईँको बायोडाटा हेरिन्छ । तपाईँले जागीरका लागि आवेदन फारम भर्दा दिनुभएको विवरणले ठूलो महत्व राख्छ । बायोडाटामा तपाईँले समावेश गर्नुभएको विवरणमाथि थुप्रै प्रश्न गरिन्छ । त्यसैले, जागीरका लागि आवेदन फारम भर्दा ध्यान दिने गर्नुहोस् । फारममा आफूले दिएको विवरण ख्याल गर्नुहोस्, ताकि अन्तर्वार्ताको समयमा सोधिँदा सही जवाफ दिन सक्नुहोस् । फारम भएको विवरण र अन्तर्वार्तामा दिनुभएको विवरण मेल खाएन भने तपाईँ समस्यामा पर्नुहुनेछ ।

बैंकिङ ज्ञान
बैंकमा जागीर खान जाँदै हुनुहुन्छ, तर तपाईँलाई कर्जा, निक्षेप, बचत जस्ता सामान्य कुराहरुको बारेमा जानकारी छैन भने बैंकमा जागीर खाने सपना त्यागे हुन्छ । किनकि, तपाईँको व्यक्तिगत विवरण जानेपछि अन्तर्वार्ता लिने व्यक्तिले तपाईँसग बैंकबारे कत्तिको जानकारी छ भने परीक्षण गर्छ । बैंकमा प्राय प्रयोग भइरहने बैंकसम्बन्धी शब्दावलीहरु र तीनको अर्थ जान्नुहोस् । झन्डै सय डेढ सयको संख्यामा यस्ता शब्दावलीहरु हुन्छन् । सबै याद गर्नुहोस्, ताकि जवाफ दिँदा अल्मलिनु नपरोस । यसका लागि इन्टरनेट अथवा बैंकसम्बन्धी कुनै पुस्तकको सहारा लिनुहोस् । 

पछिल्ला खबरहरु
जुनसुकै क्षेत्रमा काम गर्न जाँदा पनि सो क्षेत्रबारे भइरहेका गतिविधिहरु थाहा भइरहनु जरुरी हुन्छ । यो विषयमा अन्तर्वार्ता लिने व्यक्तिले प्रश्न सोध्न सक्छ । हाल चलिरहेको व्याजदर कति छ ? हाल राष्ट्र बैंकका गभर्नर को छन् ? यस्ता प्रश्नको जवाफका लागि पत्रपत्रिका पढ्ने गर्नुहोस् । हरेक दिन पढ्ने गर्नुहोस् । आर्थिक तथा वित्तीय क्षेत्रको मात्रै हैन राष्ट्रिय स्तरका हरेक गतिविधिको बारेमा जानकार रहनुहोस् । आफ्नो सामान्य ज्ञानलाई बढाउनुहोस् ।

रोजगारदाताको बारेमा जानकारी
अब तपाईँले आफूले जागीर खाने वित्तीय संस्थाको बारेमा कतिको जानकारी हासिल गर्नुभएको छ त भनेर परीक्षण गरिन्छ । यसका लागि तपाईँ उक्त संस्थाको इतिहास, कार्यक्रमहरु, अवार्ड तथा सम्मानहरु, मिसन तथा भिजन, अध्यक्ष तथा सीईओ लगायतका विषयमा अध्ययन गर्नुहोस् । उक्त बैंकको कर्जा प्रवाहसम्बन्धी के व्यवस्था छ ? कति प्रकारका कर्जा उपलब्ध गराउँछ ? कति किसिमका बचत खाताहरु छन् ? बैंकको वित्तीय अवस्था कस्तो छ ? लगायतका विषयमा जानकारी लिनुहोस् । यसका लागि तपाईले बैंकको अफिसियल वेभसाइटमा गएर विस्तृत रुपमा भिजिट गर्न सक्नुहुन्छ । यसले तपाईँले बैंकमा जागीर खान कत्तिको इच्छुक हुनुहुन्छ भन्ने कुरा देखाउँछ । 

आफ्नो बारेमा जानकारी
अब आउँछ, मूख्य प्रश्न, जहाँ तपाईँले सकेसम्म धेरै बोल्नुपर्छ । यसअन्तर्गत तपाईँको सबल तथा दुर्बल पक्ष, हालसम्मै सबैभन्दा ठूलो उपलब्धी र तपाईँ उक्त बैंकको लागि कसरी सही हुनुहुन्छ जस्ता प्रश्नहरु राखिन्छन् । यो विषयमा तयारी गर्नुभएको छैन भने तपाईँ समस्यामा पर्नुहुनेछ । किनकि, यहाँ तपाईँले कसरी जवाफ दिँदै हुनुहुन्छ र रोजगारदातालाई कसरी कन्भिन्स गर्नुहुन्छ भन्ने कुरा आउँछ । यस्ता प्रश्नको जवाफ दिँदै सोझै मेरा सबल पक्ष यी हुन् र दुर्बल पक्ष यी हुन् नभन्नुहोस् । आफूले एप्लाई गरेको पदका लागि संस्थाको मागेको योग्यताहरु केके छन्, ती मध्ये तपाईँसँग कुन चाहिँ पक्ष सबैभन्दा सबल छ र किन ? अनि तपाईँको अलि कमजोर पक्ष के छ र किन ? यो शैलीमा जवाफ दिनुहोस् । उक्त पदका लागि आफू फिट छु भनेर रोजगारदातालाई विश्वास दिलाउने अवसर हो यो । 

बैंकमै जागीर किन ?
अन्तिम तर उत्तिकै महत्वपूर्ण प्रश्न हो, तपाईँले बैंकिङ जागीर नै किन रोज्नुभयो ? अथवा यही बैंक किन रोज्नुभयो ? अथवा, यही पद नै किन रोज्नुभयो ? यी सबै प्रश्नको जवाफ तयार पारेर मात्रै अन्तर्वार्ता कक्षमा प्रवेश गर्नुहोस् ।  

सनराइज बैंकले माग्यो कर्मचारी, अनुभव अनिवार्य छैन, अनलाइनबाटै आवेदन दिनुस्

सनराइज बैंकले केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरेको छ । बैंकले कम्तीमा दोस्रो श्रेणीमा प्लस दुई उतीर्ण गरेको कर्मचारी दुर्गम तथा विपन्न क्षेत्रमा काम गर्नका लागि माग गरेको हो । मार्च ५ अर्थात फागनु २२ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । थप जानकारीका लागि र अनलाइन एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।  

http://wwww.sunrisebank.com.np/career/

रिलायबल माइक्रोफाइनान्समा जागीर खुल्यो

रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा शाखा प्रमुख र प्रशिक्षार्थी सहायक माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई फागुन २४ गतेभित्र दरखास्त दिन आह्वान गरिएको छ । 

बैंकिङ करिअरका लागि पछ्याउनुहोस् यी विधिहरु 