Tuesday , March 28 2017

अन्तर्राष्ट्रिय बैंकिङ

अमेरिकामा ब्याजदर बृद्धि

एजेन्सी
donald-trumpअमेरिकामा व्याजदर वृद्धि भएको छ । व्याजदर बृद्धि भएसंगै सुको भाउँ खच्किने अनसमान गरिउको छ । अन्तर्राष्ट्रय रुपमा अर्थतन्त्रलाई प्रभाव पार्ने तीन वस्तु, सुन, अमेरिकी डलर र तेल हो । यतिबेला अमेरिकाको अर्थतन्त्रमा सुधार आएसंगै त्यहाँका बैंकहरुले ब्याजदर बढाएपछि सुनको भाउ भने ओरालो लागेको छ । अमेरिकामा सुन किनेर बसेकाहरु बैंकको ब्याजदर बढेपछि सुन बेचेर त्यतातिर आकर्षित भएपछि सुनको भाउ तल झरेको हो । यसको असर नेपालमा पनि परेको छ । नेपालमा छापावाल सुन मूल्य घटेको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको बजमुतीसंगै विश्व बजारमा केही समयदेखि स्थिर रहेको सुन मूल्य एकाएक घटेर पाँच वर्षयताकै सबैभन्दा न्यून भएको छ ।


विश्व बजारमा सोमबार सुनको कारोबार प्रतिऔन्स १ हजार ८८ डलरमा कारोबार भयो । यो मूल्य पाँच वर्षयताकै न्यून हो । सन् २०१० मा प्रतिऔन्स १ हजार १ सय डलर थियो । आर्थिक अवस्थामा सुधार आएपछि अमेरिकाको फेडरल बैंकले ब्याजदर बढाएको छ । ब्याजदर बढेपछि लगानीकर्ताहरू सुन बेचेर त्यतातिर तानिएका हुन् । साधारणतया लगानीमा असुरक्षा बढ्दा लगानीकताहरू सुन किनेर सुरक्षित हुने गर्छन् ।एजेन्सीहरूले सुनको मूल्य अझै घट्ने अनुमान गरेका छन् । यो वर्षको अन्तसम्म १ हजार डलरमा झर्न सक्ने डेरिभेटिभ कारोबारी अमेरिकी लगानीकर्ताले इभान लुकासले अनुमान गरेका छन् ।

११३ करोडको सम्पति छाडेर गईन् जयललिता : असली हकदार भएनन् 

jaya-lalita-6भारत तमिलनाडुकी मुख्यमन्त्री रहेकी ६८ वर्षीया जयललिता आफ्ना लाखौँ समर्थक र एआइएडिएमके पार्टीलाई छाडेर स्वर्गीय भइसकेकी छन् । उनको शेखपछि अब त्यहाँका आम र खास मानिसमा जयललिताको सम्पतिको विषयमा खुब चर्चा भईरहेको छ । सबै मानिसमा एउटै कुराको कौतुहुलता छ कि अब जयललिताको सम्पति कसले भोग गर्छ ? यद्यपी कानूनी रुपमा उनको उत्तराधिकारी कोहि छ वा छैन भन्नेबारे भने पुष्टि हुन बाँकी छ । त्यसैले पनि उनको सम्पति कसले पाउँछ भन्ने विषयमा चर्चा चुलिएको हो ।

जयललितासँग कति सम्पति छ ?
सन् २०१६ को विधानसभा निर्वाचनका क्रममा जयललिता चेन्नइका डा. राधाकृष्णन नगर विधानसभा क्षेत्रबाट चुनाव लडेकी थिइन् । विधानसभा निर्वाचनका क्रममा देखाइएको सम्पति विवरणअनुसार जयललिताको कुल सम्पतिको मूल्य ११३ करोड रुपैयाँ थियो ।

jayalalita-5४१ हजार क्यास
विवरण अनुसार जयललितासँग सम्पति विवरण भर्दै गर्दा ४१ हजार रुपैयाँ क्याश थियो । यसबाहेक बैंक खातामा दस करोड ६३ लाख रुपैयाँ जम्मा थियो ।

ऋणपत्र र सेयरमा २७ करोड
जयललिताको सम्पतिमध्ये २७ करोड रुपैयाँभन्दा बढी ऋणपत्र र विभिन्न कम्पनीहरुको सेयर थियो ।

आफ्नै बीमा पनि गराएकी थिइनन्
खास कुरा यो छ कि जयललिताले आफ्नो बीमा गराएकी थिइनन् र न कुनै दोश्रो किसिमको बीमा नै उनले गराएकी थिइन् ।

jayalalita-2४२ लाखका ९ वटा गाडी
चलससम्पतिमा जयललितासँग दुई वटा टोयटा प्राडो एसएयूवी, एउटा कन्टेसा, एक एम्बेसडर, महिन्द्रा बोलेरो र महिन्द्रा जीपसहित जम्मा नौ वटा गाडीहरु थिए, जसको बजार मूल्य करीब ४२ लाख रुपैयाँ रहेको बताइएको छ ।

३ करोडभन्दा बढीको गहना
जयललितासँग केही गरगहना पनि थिए, यससम्बन्धी जानकारी पनि उनले सम्पति विवरणमा उल्लेख गरेकी थिइन् । जसअनुसार जयललितासँग करीब २१ किलो सुन थियो, जुन कर्नाटकको राजस्व विभागले कब्जा गरेको थियो । यसबाहेक जयललितासँग १२५० किलो चाँदीका गहनाहरु थिए, जसको बजार मूल्य ३ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ । यसर्थ जयललिताको जम्मा ४१ करोड रुपैयाँभन्दा बढी चल सम्पति छ ।

जयललितासँग २५ वटा बैक खाता
अर्को चाखलाग्दो कुरा यो छ कि जयललिताको कुल २५ वटा बैंक खाताहरु थिए । ती खातामा आयबाट बढी सम्पति जम्मा गरेको सम्बन्धी ममिलामा जयललिताको सात एकाण्ट फ्रिज गरिसकिएको छ । जयललिताको ६ बैंक खातामा एक–एक करोडभन्दा बढी रकम छ भने अन्य दुई खातामा ९९–९९ लाखभन्दा बढी रकम छ ।

अचल सम्पति कति ?
अचल सम्पतिको हिसाब गर्ने हो भने जयललिता पोएस गार्डेनमा बसिरहेकी थिइन् । यो उनको आफ्नै निवास हो जो करिब २४ हजार वर्गफीटमा फैलिएको छ । यसको बिल्टअप एरिया २१ हजार वर्गफीटभन्दा केहि बढी छ । यसको बजार मूल्य लगभग ४४ करोड रुपैयाँ रहेको बताइएको छ ।
सो घर जयललिताले आफ्नी आमासँग सन् १९६७ मा करिब एक लाख ३२ हजार रुपैयाँमा किनेकी थिइन् ।

jaya-lalita-1चार कमर्शियल भवन
आफु बस्ने घरबाहेक जयललिताको अचल सम्पतिमा चार भवनहरु भाडामा लगाइएका छन् । ती भवन सबै मिलाएर १३ करोड रुपैयाँभन्दा बढी अड्कल गरिएको छ ।

कुल सम्पति ११३ करोड
त्यसबाहेक खेतीको नाममा जयललितासँग लगभग १५ एकडको एक प्लट तेलंगानाको हैदराबादमा छ, जसको मूल्य करिब १५ करोड अड्कल गरिएको छ । यो प्लट पनि जयललिताले आफ्नी आमासँग नै १९६८ मा किनेकी थिइन् । जयललिताको नाममा तमिलनाडुको कान्चीपुरम जिल्लामा लगभग चार एकडको प्लट पनि छ, जसको बजार मूल्य ३४ लाखभन्दा बढी छ । जयललिताको जम्मा अचल सम्पति लगभग ७२ करोड रुपैयाँको छ । चल र अचल सम्पति मिलाएर जयललिताको कुल सम्पति ११३ करोडभन्दा बढी हुन्छ ।

जयललिता कृषक थिइन् ?
खास कुरा त अर्को पनि छ कि जयललिताले चुनावी विवरणमा आफ्नो पेशा कृषि भएको उल्लेख गरेकी छन् ।

jayalalita-3जयललितामाथि कति कर्जा ?
त्यसो त जयललितामाथि २.०४ करोड रुपैयाँको कर्जा पनि छ । उनले यो कर्जा इन्डियन बैंकबाट लिएकी थिइन् । जयललिताले बैंकबाट कुल १.३९ करोड रुपैयाँको कर्जा लिएकी थिइन्, जुन कर्जा निर्वाचन लड्ने समयसम्म २.०४ करोड रुपैयाँ भइसकेको थियो । बीबीसी तमिल सेवाका अनुसार जयललिताको कोही उत्तराधिकारी थिए वा थिएनन् भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन । त्यसैले पनि  सबैभन्दा ठूला प्रश्न यो छ कि जयललिताको सम्पतिमा अब कसको हक हुन्छ ? कानूनी रुपमा शशिकला र उनको परिवार जयललिताको सम्पतिमा आफ्नो दाबी राख्न सक्दैनन् । 

जयललितामाथि सन् १९९६ मा भाजपाका नेता सुब्रमण्यम स्वामीले अकुत सम्पति कमाएको आरोप लगाउँदै रिट दायर गरेका थिए । १८ वर्षपछि बैंग्लुरुको विशेष अदालतले सन् २०१४ सेप्टेम्बर २७ मा उनलाई दोषी ठहर गर्दैै चार वर्षको जेल सजाय र १०० करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । उनीमाथि सन् १९९१–१९९६ मा पहिलो पटक मुख्यमन्त्री पदमा रहेका बेला लगभग ६७ करोड रुपैयाँको सम्पति जम्मा गरेको आरोप समेत लागेको थियो । यद्यपी पछि सन् २०१५ मे ११ मा कर्नाटक हाइकोर्टले उनलाई यसम्बन्धी मुद्दाबाट सफाइ दिएको थियो ।

भारतकी चर्चित नेतृ जय ललिताको निधन, के होला तमिलनाडुको अर्थतन्त्र ? 

lalitaभारतकी एक चर्चित राजनीतिज्ञ एवं तमिलनाडुकी मुख्यमन्त्री जय ललिताको निधन भएपछि त्यहाँको अर्थव्यवस्थालाई लिएर अनेक प्रश्न उब्जिएका छन् । आइतबार राति हृदयघातका कारण गम्भीर अवस्थामा पुगेकी भनिएको उनको सोमबार स्थानीय समय अनुसार राति साढे ११ बजे निधन भएपछि अब तमिलनाडुको भविष्यबारे टिप्पणी सुरु भएको हो । 

जय ललिताले आफ्नो कार्यकालका क्रममा राजनीतिसँगै केन्द्र र राज्यबीचको सम्बन्धमा पनि गहिरो प्रभाव पारेकी छन् । उनको निधनसँगै तमिलनाडुले यस्तो नेतृत्व गुमाएको छ जसले आफ्नो राज्य प्रतिकुल हुने गरी कहिले कोहीसँग सम्झौता गरिनन् । 

उनले जनकल्याणको योजनामात्रै बनाइनन्, तमिलनाडुलाई एउटा समृद्ध राज्यका रुपमा समेत स्थापित गरिन् । खासगरी महिलाहरुमाथि हुने हिंसा वा दुव्र्यवहार रोक्नका लागि उनले प्रहरीको मनमा एक किसिमले ‘भगवानको डर’ पैदा गरिदिएकी थिइन् । जयललिता अन्य मुख्यमन्त्रीहरुजस्तो आम मानिससँग धेरै भेटघाट गर्दिन थिइन् तर उनले तमिलनाडुलाई भारतकै सबैभन्दा विकसित राज्यको रुपमा स्थापित गरिन् । राजनीतिक स्वार्थमा अल्झिएर उनले कहिल्यै आफ्नो राज्यको हितविपरित कोहीसँग पनि सम्झौता गरिनन् । 

यसक्रममा उनको टकराव प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भएको थियो । उनले प्रधानमन्त्री मोदीलाई पठाएको दुईवटा पत्रको जवाफ नआएपछि उनले कडा भाषाको प्रयोग गरेर मोदीलाई पत्र पठाएकी थिइन् । जय ललिताको आफ्ना समकालीन रहेका लगभग सबै प्रधानमन्त्रीसँग टकराव परेको थियो ।
 
सन् २०१४ मा जय ललितालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको थियो तर पछि उनले सफाइ पाएपछि उनी मुख्यमन्त्रीकै रुपमा फर्किएकी थिइन् ।

‘वस्तु विनिमय’मा फर्कियो भारतीय अर्थतन्त्र : ‘चामलसँग नून साटियो’  

01एन कुँवर – भारतमा ५ सय र १ हजार दरका नोट प्रतिबन्धपछि आम मानिसहरुले निकै हैरानी खेपीरहेका छन् । खासगरी ग्रामिण क्षेत्रका मानिसहरु यसबाट अत्यन्तै प्रभावित बनेका छन् । नोट प्रतिबन्धले विभिन्न राज्यहरु नराम्ररी प्रभावित बनेका बेला सास्ती झेलिरहेका पश्चिम बंगालको बृन्दाबनपुर भन्ने गाउँका मानिसहरुले दुखबाट उम्कन निकै सजिलो तर पुरानो उपाय निकालेका छन् । 

भारतको अर्थव्यवस्थामा ५ सय र १ हजार दरका पुराना नोटको प्रयोग बन्द हुनुभन्दा पहिले ती दरका नोट बजारमा कुल मुद्राको ८६ प्रतिशत थियो । ती नोटहरु बजारबाट बाहिरिएपछि रिजर्व बैंकले २ हजार र ५ सय रुपैयाँका नयाँ नोट जारी गरेको छ । तर बजारमा अहिले आएका नयाँ नोटको संख्या कम छ र आम मानिसहरुसामु नगदको संकट चुलिएको छ । ग्रामिण क्षेत्रमा एटीएम र बैंकहरुको शाखाहरु कम भएका छन् । त्यसैले पनि आम मानिसमा हैरानी बढेको छ । 

तर पश्चिम बंगालको कम्तिमा एउटा गाउँमा मानिसहरुले यस्ता हैरानीको उपाय आफै खोज्न थालेका छन् । उनीहरु ‘समानहरु साटासाट’ गरेर भएपनि आफ्नो जरुरी पूरा गर्न थालेका छन् । बृन्दावनपुरका एक मजदूर महिला भन्छिन– ‘एक किलोग्राम चामलको साटो मलाई आलू, चिनी र नून पाएँ ।’ उनी बच्चाको लागि बिस्कुट पनि चाहन्थिन् तर त्यो भने पाइनन् । 

अलग–अलग घर परिवारको अलग–अलग जरुरी हुन्छ । तर सबैको काम चलिरहेको छ । मजदूरी गर्ने एक अर्की महिला भन्छिन्– ‘एक किलो चामलको साटो मैले सलाई, टूथपेस्ट, चीनी र चियापत्ती पाएँ ।’ त्यहाँकी एक पसले महिला भन्छिन् – ‘जीवनमा नोटको यस्तो संकट पहिलो पटक देख्दैछु । पैसाको साटो किसान हामीलाई दुई किलो चामल दिन्छन् । त्यसको साटो उनीहरु दोकानबाट त्यसबाट आउने सामान लैजान्छन् ।’ 

02त्यहाँ खेतीमा काम गर्ने मजदूरहरुले पैसा पाइरहेका छैनन् । यस्तो अवस्थामा ती मजदूरलार्य किसानहरु कामको ज्यालास्वरुप अन्न दिन्छन् । गाउँका किसान सन्दीप बनर्जी भन्छन्– ‘मैले मजदूरहरुलाई अन्न लिनका लागि मनाएको छु । किनभने मसँग यसबाहेक अरु कुनै विकल्प छैन, बैंकसँग पैसा छैन । गाउँका मानिसहरुमा यसरी जीवन गुजार्नुपर्दा असन्तुष्टि बढेको छ ।’ महिला मजदूर छवि बागदी भन्छिन्– ‘पहिले हामी कामको साटो हरेक दिन पैसा पाउँथ्यौँ, त्यसबाट माछा मासु किन्न सक्थ्यौँ । अहिले आलू र चामलबाटै काम चलाउनुपरेको छ ।’ 

सामानको साटासाटले गाउँलेहरुलाई थोरै राहत भने मिलेको छ, तर ती मानिसहरुलाई गाउँमा चाँडै नगद आइपुगेन भने सास्ती अझै धेरै चुलिने चिन्ता छ । (बीबीसी हिन्दीबाट अनुवादित)

भारतमा नोट प्रतिबन्धको असर चुलिँदै : ३९ लाखबढी बैंकिङ खाता रित्तो 

03भारतभर नोट प्रतिबन्धपछि छत्तीसगढ राज्यमा रहेका गरीबहरुको लागि खुलाइएको प्रधानमन्त्री सार्वजनिक कोषको खाताबारे बहस सुरु भएको छ । जनधन खातासम्बन्धी जाँचपछि ठूलो रकम बाहिर आउने अपेक्षाका साथ सरकार अघि बढेको छ । 

राज्यका गृहमन्त्री रामसेवक पैकरा भन्छन्– ‘सबै जिल्लामा अधिकारीहरुको सार्वजनिक कोषको खाता निगरानी गर्न निर्देशन दिइएको छ । माओवाद प्रभावित क्षेत्रमा खासगरी यस्ता खातामा जाँच गर्न भनिएको छ । हामीलाई लाग्छ कि यस्ता खातामा कालो धन जम्मा गर्ने कोशिस हुन सक्छ ।’ तर अहिलेसम्मको आँकडाअनुसार नोट प्रतिबन्धको तीन हप्तापछि पनि छत्तीसगढमा सार्वजनिक कोषको खाता निष्क्रियप्रायः छ । 

पूरै भारतमा खोलिएको जनधन खातामा २२.८४ प्रतिशत खाताहरु शून्य मौज्दातमा छन् तर छत्तीसगढमा यस्ता शून्य मौज्दातवाला खाता पूरै भारतमा सबैभन्दा बढी छ । प्रधानमन्त्री सार्वजनिक कोष योजनाको वेबसाईटमा उल्लेख गरिएको आँकडा अनुसार ३० नम्बरसम्म छत्तीसगढमा सार्वजनिक कोष खाताको संख्या १ करोड १९ लाख १४ हजार ६२६ छ । तर यीमध्ये ३९ लाख ३२ हजार ८८४ खातामा एक रुपैयाँ पनि छैन । जुन कुल खाताको ३३ प्रतिशत हो । छत्तीसगढमा सबै सार्वजनिक कोषका खातामा जम्मा रकम भने १८४२.८६ भारु छ । यसरी औसतमा हरेक खातामा लगभग १५४७ भारु जम्मा भएको छ ।

02राष्ट्रिय स्तरमा आँकडाको विश्लेषण गर्ने हो भने थाहा हुन्छ कि ९ नम्बरसम्म देशमा शून्य मौज्दातका खाताको संख्या ५ करोड ९३ लाख ६७ हजार ३०९ थियो । ३० नम्बरसम्म यीमध्ये मात्र ४५२५६१ खाता यस्ता थिए, जहाँ पैसा जम्मा गरियो, अर्थात भारु ५ सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाइएपछि । ३० नम्बरसम्म शून्य मौज्दातवाला मात्र ०.७६ प्रतिशत खातामा नै पैसा जम्मा गरिएको छ । 

छत्तीसगढमा आम आदमी पार्टीका नेता आनन्द मिश्राले प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्दाबादको र्यालीमा समेत सार्वजनिक कोष खाताबारे कुराकानी गरेपनि कालोधन भएका उद्योगपतिका विषयमा भने नबोलेको आरोप लगाएका छन् । मिश्रा भन्छन्– ‘नोट प्रतिबन्धले पुर्ण रुपमा गरीमा जनताहरु प्रताडित भईरहेका छन् । जबकी सरकार आफै कालो धनलाई सेतो धनमा परिवर्तन गर्ने प्रयास गरिरहेको छ । ध्यान अन्तै मोड्नका लागि सार्वजनिक कोष खाता र नगदरहित अर्थव्यस्थाको कुरा भईरहेको छ ।’ (बीबीसी हिन्दी

हरेक क्षेत्रमा फड्को मार्दै चीन : प्रतिव्यक्ति आय आठ हजार डलर पुग्यो

yuanचीनको प्रतिव्यक्ति आय ८ हजार डलर पुगेको छ । चीनको केन्द्रीय मन्त्रिपरिषद्को सूचना कार्यालयले बिहीवार जारी गरेको स्वेतपत्रमा यस्तो देखिएको हो । उक्त स्वेतपत्र अनुसार विगत ३ दशकको अवधिमा उच्च आर्थिक वृद्धिदरका कारण त्यहाँको प्रतिव्यक्ति आय सो स्तरमा पुगेको हो । 

सो अवधिमा मानिसको जीवनस्तरमा उल्लेख्य सुधार आएको समेत प्रतिवेदनले देखाएको छ । सन् १९७८ मा २ सय डलर रहेको प्रतिव्यक्ति जीडीपी सन् २०१५ मा ८ हजार डलरमाथि उक्लिएको छ । सोही अवधिमा गरीबीको रेखामुनि रहेका ७० प्रतिशत अर्थात् ७० करोेड जनताको जीवस्तरमा समेत सुधार आएको स्वेतपत्रमा बताइएको छ । ३ दशकअघि शहरी क्षेत्रमा ३ सय ३४ दशमलव ४ युआन रहेको प्रतिव्यक्ति खर्चयोग्य आयसमेत गतवर्ष बढेर ३१ हजार १ सय ९५ युआनमा पुगेको छ । 

स्वेतपत्रअनुसार सोही अवधिमा ग्रामीण भेगमा प्रतिव्यक्ति खुद आय १ सय ३३ दशमलव ६ युआनबाट बढेर ११ हजार ४ सय २२ युआनमा पुगेको छ । सो अवधिमा जीवन प्रत्याशा, शिक्षाको स्तरलगायतका विषयमा समेत चीनले उल्लेख्य फड्को मारेको छ । एजेन्सी

डोनाल्ड ट्रम्पले किन छोड्दैछन् आफ्नो सम्पूर्ण व्यवसाय ?

donald-trumpवासिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वार्थ बाझिन सक्ने भएकाले आफ्नो सम्पूर्ण व्यवसायबाट आफू अलग रहने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आगामी महिना आफ्नो परिवार नै कुनै व्यापार व्यवसायमा संलग्न नरहने घोषणा गर्ने योजना सार्वजनिक गरेका हुन् ।

उनले ट्विट गरेका छन्, ‘डिसेम्बर १५ का दिन म न्यूयोर्कमा मेरा बच्चाहरु सहित ठूलो पत्रकार सम्मेलन गर्नेछु र मेरो राम्रो व्यवसाय सम्पूर्ण रुपमा छोड्नेछु ता कि देश सञ्चालनमा म केन्द्रित रहन सकूँ ।’ उनले आफ्नो व्यवसाय छोड्नु पर्ने कुनै कानुनी व्यवस्था नभएपनि राष्ट्रपतिका रुपमा व्यवसायबाट पृथक रहनु ठीक हुने ठानेर छोड्न लागेको स्पष्ट पारेका छन् । केही गरी स्वार्थ बाझिएमा दुवैतर्फ अफ्ठ्यारो पर्ने भएकाले व्यवसायबाट अलग हुने निर्णयमा पुगेको उनले उल्लेख गरेका छन् ।

आउँदो जनवरी २० तारिखदेखि उनले राष्ट्रपतिको जिम्मेवारी लिने कार्यक्रम छ । त्यस अगाडी नै उनले राष्ट्रपतिको मात्रै जिम्मेवारीमा रहने बताए । रासस/एएफपी

भारतमा बैंकिङ समस्या चुलियो, नयाँ दिल्लीमा एटीएम रित्तिए 

bharata-03साधारण बचत खाताबाहेक अब जनधन खातामा पनि भारतीय रिजर्भ बैंक (आइबीआई)ले विशेष निगरानी राख्ने भएको छ । भारु पाँच सय र १ हजार दरका पूराना भारु नोट प्रतिबन्धले बैंकिङ समस्या चुलिन थालेपछि आरबीआईले आम नागरिकले आफ्नो खाताबाट निकाल्ने सबै पैसाको हिसाब समेत राख्ने भएको हो । 

bharat-02समाचार एजेन्सी पीटीआइका अनुसार, आइबीआईले जनताका खातामा जम्मा भएको रकम निकाल्ने सीमा तोकिदिएको छ । तोकिएको सीमा अनुसार कुनै पनि  खाताबाट हरेक महिना बढीमा १० हजार रुपैयाँ निकाल्न सकिनेछ । 

नोभेम्बर आठमा भारु हजार र पाँच सय दरका पुराना नोटमा प्रतिबन्ध लगाइएको तीन हप्ता वितिसकेको छ तर एटीएम र बैंकबाहिर मानिसहरुको लामो लाईन अझै पनि कम भएको छैन । 

bharata-04यसैबीच त्यहाँ डिसेम्बर सुरुबाट तलबको भुक्तानी र बैंकसम्बन्धी धेरै कामका लागि बैंकहरुमा बढीभन्दा बढी दबाब हुन सक्ने चर्चा पनि चलेको छ । राजधानी दिल्लीमा समेत कतिपय एटीएममा पैसा छैन, त्यसैले पनि ती एटीएम कि त खाली छाडिएका छन् कि त सटर झारिएका छन् । यस्तो अवस्थामा नगद राशीका लागि मानिसहरुसँग बैंक पुगेर पैसा निकाल्नुको अर्को विकल्प छैन । बैंकसँग नगदको समेत कमी भएकाले डिसेम्बरबाट बैंक जाने मानिसहरुले समेत दु:ख पाउने अनुमान गरिएको छ । (बीबीसी हिन्दी)

कमजोर बन्दै भारतीय रुपया : यस्ता छन् कारणहरु

dollar-icआगामी महिना भारतीय रुपया झनै कमजोर बन्ने अनुसन्धान प्रतिवेदनले देखाएका छन् । जर्मन बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी ‘दोयचे बैङ्क’ले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार डिसेम्बरमा भारूको तीव्र अवमूल्यन हुने र डलरमा भारूको विनिमय दर कमजोर भएर ७० रुपया पुग्नेछ । सन् २०१७ को अन्त्यसम्ममा भने विनिमय दर झनै कमजोर हुँदै ७२ रुपया ५० पैसा पुग्न सक्ने बताइएको छ ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचनपछि उदीयमान बजारका विदेशी मुद्रा विनिमय दर ‘सेल–अफ’को स्थितिमा आएको छ । यो पनि रुपयाको भाउ कमजोर बनाउने कारकहरूमध्ये एक भएको बैङ्कले बताएको छ । भारतको भुक्तानी सन्तुलन मजबुत भए पनि रुपयाको भाउ थप कमजोर हुने सम्भावना भएको प्रतिवेदनमा बैङ्कले औंल्याएको छ । चालू आर्थिक वर्षमा भारतको चालू खाता घाटा जीडीपीको शून्य दशमलव ५ प्रतिशत रहने र आर्थिक वर्ष २०१७/१८ मा यो बढेर १ दशमलव १ प्रतिशत पुग्ने दोयचेको प्रक्षेपण छ ।

डलरको मजबुतीले अन्य मुद्रामा दबाब
अमेरिकाले आगामी वर्ष ब्याजदर बढाएपछि डलर झनै सुदृढ हुनेछ । यसले चीनलगायतका अन्य उदीयमान बजारका मुद्राको भाउ पनि दबाबमा आउने बताइएको छ । आगामी वर्षको डिसेम्बरमा डलर र चिनियाँ युआन विनिमय दर ७ दशमलव ४ प्रतिशतले घट्ने र सोही अवधिमा यूरोको पनि विनिमय दर प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ । ‘यस परिदृश्यमा आगामी वर्ष रुपयाको विनिमय दरले ७० भारूको स्तर पनि पार गर्नेछ र वर्षको अन्त्यसम्ममा यो दर ७२ रुपया ५० पैसा नै पुग्न सक्छ,’ प्रतिवेदनमा दोयचेले भनेको छ ।

अवमूल्यन रोक्ने उपाय
केन्द्रीय बैङ्कले रुपयाको भाउलाई टेवा दिन बेलाबेलामा मुद्रा बजारमा हस्तक्षेप गरे पनि यसले भारूको भाउमा आउने झिनो अवमूल्यन भने रोक्न नसक्ने दोयचको भनाइ छ । मुद्रा बजारमा धेरै हस्तक्षेप गर्नुभन्दा भारूको भाउलाई अन्य उदीयमान बजारका मुद्राकै हाराहारीमा कमजोर हुन दिँदा निर्यातमा प्रतिस्पर्धात्मकता कायम हुनुका साथै मौद्रिक नीति थप खुकुलो बनाउन सहज हुने प्रतिवेदनको सुझाव छ । रासस/पीटीआई

२० अर्ब भारु नोटका ‘पहाडझैँ खातहरु’ फोहोरमा फालिँदै 

भारत सरकारले पाँच सय र एक हजार दरका भारु नोटहरु खारेज गर्ने निर्णय गरेपछि त्यहाँको केन्द्रीय बैंकलाई करिब २० अर्ब रुपियाँ बराबरका काम नलाग्ने नोटहरु यसै महिना नष्ट गर्नुपर्ने जिम्मेवारी आइलागेको छ । अघिल्लो मार्चसम्म पाँच सय र एक हजारका करिब ९० अर्ब भन्दा बढी संख्यामा नोटहरु बजारमा रहेको बताइन्छ जसबाट नष्ट गर्नुपर्ने नोटहरुको परिमाण केही अनुमान गर्न पनि सहयोग पुग्छ । केन्द्रीय बैंकले च्यातिएका र ढुसी परेका नोटहरुलाई नियमित रुपमा नष्ट गर्दै तिनीहरुलाई चम्किला नयाँ नोटले प्रतिस्थापन गर्ने गर्दछ । 

ic

फोहोरमा फालिने छ २० अर्ब भारु

रिजर्भ बैंक अफ इण्डियाले त्यसरी नोट नष्ट गर्ने क्रममा ब्रिकेट अर्थात कम धुँवा निकाल्ने एक किसिमको प्राङ्गारिक उर्जाको स्रोत बनाउने गरेको छ । तर त्यो आम रुपमा बनाइने ब्रिकेट भन्दा फरक रहेको छ । भारतमा खासगरी खेतीपातीबाट निस्कने फोहोरबाट बनाइने ब्रिकेट खाना पकाउन, बत्ती बाल्न र तातो बनाउन प्रयोग गर्ने गरिन्छ । कोइलाभन्दा सस्तो मूल्य पर्ने ब्रिकेटले कम खरानी निकाल्छन् र प्रदूषण पनि कम गराउने गर्छ । भण्डारण गर्न पनि सजिला त्यस्ता ब्रिकेट कारखानाहरुमा तरल पदार्थ तताउने इन्धनका रुपमा पनि प्रयोग गरिन्छन् । ती स्वचालित मेसिनहरुले नोटलाई एकदमै उपयुक्त ढंगले नष्ट गरिदिन्छन् । 

ic

तर केन्द्रीय बैंकका एक जना अधिकारीका अनुसार नोटबाट बनाइने ब्रिकेटहरु कडा भएपनि चाँडै फुट्नसक्ने भएकाले त्यस्ता काममा प्रयोगमा आउँदैनन् । त्यही भएर केन्द्रीय बैंकका भारतभरका १९ वटा कार्यालयमा रहेका २७ वटा ब्रिकेट बनाउने मेसिनहरुले अब नष्ट गर्नुपर्ने नोटका एकदमै साना आकारका ब्रिकेटहरु बनाउने छन् जसलाई भारतका फोहोर फाल्ने विशाल ल्याण्डफिल क्षेत्रमा विसर्जन गरिनेछ ।

नोट नष्ट गर्ने काम चुनौतिपूर्ण 

कहिलेकाहीँ त्यसरी नष्ट गरिने नोटहरु पुनर्प्रयोग गर्न सकिने चिजहरु जस्तै फाइल, क्यालेन्डर, आकर्षक सज्जासहितका कलम, कप लगायत उपहारमा दिइने सामाग्री बनाउन पनि प्रयोग गरिन्छ । अमेरिकामा पनि त्यस्तै खालको प्रचलन रहेको छ, जहाँ त्यसरी नष्ट गर्नुपर्ने नोटहरु गुप्तचर निकायहरुमा पठाइन्छ । काम नलाग्ने नोटहरु टुक्रा–टुक्रा पारेर कतिपय अवस्थामा फोहोर फाल्ने ल्याडफिल साइटमा पठाउने वा फेडेरल रिजर्भ बैंक घुम्न आउने आगन्तुकहरुलाई उपहारका रुपमा दिने चलन छ । भारतको केन्द्रीय बैंकका अधिकारीहरु २० अर्ब बराबरका बैंक नोट नष्ट गर्नु ठूलो चुनौती हुने बताउँछन् ।

विगतमा १६ अर्ब नष्ट गरिएको 

सन् २०१५–१६ मा भारतले करिब १६ अर्ब बराबरका सडेका नोटहरुलाई नष्ट गरेको थियो । बैंकिङ प्रणालीमा झण्डै पाँच लाख नक्कली नोटहरु फेला परेपछि करिब १४ अर्ब बराबरको नोट सन् २०१२ देखि २०१३ सम्म नष्ट गरिएका थिए । एक जना अधिकारी भन्छन्, ‘त्यति ठूलो परिमाणमा नोटहरु नष्ट गर्न खासै चुनौती छैन किनभने हामीसँग पर्याप्त नोट टुक्र्याउने र ब्रिकेट बनाउने एकदमै बढी क्षमता भएका उपकरणहरु छन्, ती स्वचालित मेसिनहरुले नोटलाई एकदमै उपयुक्त ढंगले नष्ट गरिदिन्छन्।’ त्यही भएर नचल्ने भारतीय नोटका पहाड जत्रो आकारका खातहरु केही समयभित्रै साँच्चिकै फोहोरमा रुपान्तरण हुनेछन् ।

imagesभारतमा नगद तथ्य

चीनपछि भारत सबैभन्दा ठूलो नोट उत्पादक र प्रयोगकर्ता हो । सन् १९३५ मा करिब १२ करोड ४० लाख रहेको बैंक नोटको संख्या सन् २०१६ सम्म आइपुग्दा बढेर ९० अर्ब पुगेको छ । भारतमा सन् १८६१ मा कागजका सरकारी नोटहरुको प्रयोग प्रचलनमा आएको थियो ।
सन् १९३५ मा रिजर्भ बैंक अफ इन्डियाले नगद आपूर्तिको पनि जिम्मेवारी लिएको थियो । १९२० को दशकको लगभग अन्त्यसम्म भारतीय नोटहरु ब्रिटेनमा छापिने गरेका थिए । भारतमा बैंक नोट छाप्न चारवटा प्रेस र सिक्काहरु बनाउने चारवटा टक्सारहरु रहेका छन् ।
(रिपोर्ट : बीबीसीबाट)