Tuesday , January 24 2017

अन्तर्राष्ट्रिय बैंकिङ

यसकारण राखिन्छ स्विस बैंकमा पैसा : कालोधनको सुरक्षामा लोभिन्छन् धनाढ्यहरु 

swiss bankतपाईलाई थाहा छ ? संसारका धनाढ्यहरुले किन आफ्नो रकम राख्न स्विस बैंक रोज्छन् ? थाहा छैन भने धन्दा नमान्नुस् । बैंकिङ खबर डटकमले यसबारे जानकारी दिने जमर्को गरेको छ । हामीले बेलाबखतमा सुनेका छौँ – विभिन्न समयमा बैंकहरु लुटिएका, चोरी भएका, अत्यावश्यक पर्दा एटिएम नै नचलेका, बन्द भएका, त कहिलेकाहिँ एकाउन्ट नै ‘ह्याक’ भएका घटनाहरु । हो, यि यस्ता दोहोरीरहने घटनाबाट र संभावित समस्याबाट मुक्ति पाउन संसारभरका धनाढ्यहरुको रोजाईमा पर्ने गरेका छन्, स्विस बैंक अर्थात् स्विजरल्याण्डका बैंकहरु ।

विश्व बैंकलाई चुनौति दिँदै स्विस बैंक 
कुनै पनि देशको बैकिङ क्षेत्र भनेको त्यस देशका जनताहरूलाई चाहिने वित्तिय सेवा प्रदान गर्ने निकाय हो । सुरक्षित, भरपर्दो तथा विश्वासिलो तवरबाट पैसा जम्मा गर्न र आवश्यक पर्दा गर्जो टार्न सक्ने क्षमता बैंकसँग हुन्छ, भन्ने आम मानिसको बुझाई पनि छ । विश्वका हरेक देशसँग आ–आफ्नो प्रक्रियाबाट सञ्चालन हुने बैंकहरु छन् । यिनीहरुले आफ्नो देशको कानुनमा रहेर आफ्ना काम तथा कार्वाहि सञ्चालन गरेका हुन्छन् । हरेक बैंकले आफ्नो बैंकिङ च्यानलबाट गरेको कारोबार सुरक्षित हुन्छ, भनेर विज्ञापनिक सामाग्रीहरुबाट प्रचारप्रसार गर्ने गरेका हुन्छन् । यद्यपी बचतकर्तालाई कम ब्याजदर लगाउने र ऋण प्रवाह गर्दा मँहगो ब्याजदर लगाउने परिपाटिबाट बैंकहरु मोटाएका हुन्छन् भन्ने टिकाटिप्पणी पनि बेलाबखतमा आउने गरेको छ । यता बचतकर्ताले पनि आफ्नो रकम सुरक्षित होओस् भनेर ढुक्कसँग बैंकलाई जिम्मा दिएका हुन्छन् । संसारभरका मुलुकमा पुँजी लगानी गर्ने शक्तिशाली मानिएको विश्व बैंकलाई समेत चुनौति दिने स्विस बैंकका केहि ‘खास’ विशेषताहरु छन् । 

कालोधन सुरक्षित र गोप्य राखिन्छ, स्विस बैंकमा 
स्विस बैंकमा राखिएको अधिकांश रकम कर छली, भ्रष्टाचार, अवैध कारोबार, तथा अन्य आयस्रोतबाट आएका अतिरिक्त पैसा नै हो । यस्ता अवैधानिक बाटोबाट आएको अकुत सम्पत्ति लुकाउने ठाउँ स्विस बैंक नै हो । विश्वमा आर्थिक रुपले समृद्ध मानिएको मुलुक अमेरिकाका धनाढ्यहरुले समेत अकुत सम्पत्तिको कर छल्नका लागि स्वीस बैँक नै प्रयोग गर्ने गरेको बताइन्छ । भारतीय व्यापारी तथा केही पुर्व राजनीतिज्ञहरुको मात्रै ५ सय ४३ दशमलव ५४ विलियन डलर कालो धन स्विस बैंकमा रहेको अनुमान गरिएको छ । एकताका भारत सरकारले कालो धनको छानविन गर्ने घोषणा गरेपछि चार बर्ष भित्र १४ हजार करोड रुपैंया रकम स्विस बैंकबाट झिकिएको तथ्य फेला परेको थियो । निकै ठुलो अर्थतन्त्र भएको मुलुक भारतमा रहेको पैसाको करिब दुई तिहाइ पैसा स्विजरल्याण्डका दुइवटा बैंकसँग मात्र रहेको  बताईन्छ । यसबाहेक अन्य युरोपियन मुलुकका अवैध पैसा आर्जन गर्ने धनाढ्यहरु पनि स्विस बैँकमा पैसा राख्न पाउँदा गोपनियता र सुरक्षाका हिसाबले लोभिने गरेको तथ्यांकहरु सार्वजनिक भएको एजेन्सीहरु बताउँछन् । 

संसारमै नभएको नियम छ स्विस बैँकमा
हामीलाई थाहा छ, संसारका हरेक देशको पुलिस प्रशासन, राजस्व विभाग तथा अदालतले आवश्यक परेमा जुनसुकै खातावाला व्यक्तिका बारेमा पनि आवश्यक जानकारी लिन सक्छ । तर बैंकिङ सम्बन्धि स्विजरल्याण्डको कानुन अन्य देशभन्दा फरक किसीमको छ । स्विजरल्याण्डमा संघीय बैंक नियन्त्रण आयोग बाहेक कुनै पनि निकायले खातावालाको बारेमा जानकारी माग्न सक्दैनन् । ‘स्विस बैंकिङ एक्ट १९३४’ मा बैंकले खातावालाको अनुमतिबिना खाता नम्बर पनि सार्वजनिक गर्दैनन् । सन्  १९३४ मा कानुन लागु भएपछि देशको संघीय बैंक नियन्त्रण आयोगले मात्र सामान्य निगरानी गर्न सक्ने भनिएको छ । त्यस कारण पनि अकुत सम्पत्तिवालाहरुको एउटै गन्तव्य बन्ने गरेको छ स्विस बैँक ।

यसकारण मरिमेट्छन् धनाढ्यहरु 
संसारको बैंकहरु भन्दा फरक किसीमको अधिकार राखेको स्विस बैंक यस्तो बैंक हो, जहाँ रकम राखेपछि हराउने, एकाउन्ट ह्याक हुने, लुटिने, छानबिन हुने लगायतका कुनैपनि समस्या हँुदैन । त्यसकारण पनि यदि कसैले भ्रष्टाचार गरेर वा अन्य अवैधानिक बाटोबाट कमाएको रकम स्विस बैंकमा जम्मा गर्यो भने छानविनको लागि स्विस बैंकले सबै ढोका बन्द गरेको हुन्छ । आफूले कमाएको अकुत सम्पत्ति सुरक्षित तरीकाले बैंकमा राख्नको लागि पनि धनाढ्यहरु मरिहत्ते गर्छन् । त्यसकारण संसारभरीकै अधिकांश भ्रष्टाचार गरेको पैसा, कालो धन, अवैधानिक बाटोबाट आर्जन गरेको अतिरिक्त पैसा स्विस बैंकमा राखिन्छ । एक अध्ययन अनुसार करिब ४०० भारतीय नागरीकले स्विस बैकमा पैसा राखेका छन् । भारतले स्विजरल्याण्डमा भारतीय नागरिकले राखेको कालो धनको केहि विवरण पाएको छ । भारतीयहरुले ठुलो रकम स्विस बैंकमा राख्नुको कारण पनि सबै बचतकर्ताको जानकारी गोप्य हुनु नै हो । समाचारमा जनाईएअनुसार संसारभरका अधिकांश कालो धन होस् चाहे सेतो धनले स्विस बैंकको लगानी बढाउन सहयोग गरिरहेका छन् । हाल स्विस बैंकसँग १ हजार ५ सय ३० अर्ब स्विस फ्रयाङ्क अर्थात् १ लाख ४४ हजार अर्ब रुपैयाँ निक्षेप रहेको छ । 

१ दशमलव ७ प्रतिशत ब्याजदर !
यतिका जानकारी पाएपछि तपाईलाई लाग्न सक्छ, स्विस बैंकले धेरै नै ब्याजदर दिन्छ होला भनेर । तर हैन, स्विस बैंकको ब्याजदर निकै कम छ । सन् २००१ देखि २०१४ सम्म स्विजरल्याण्डका बैंकले दिने ब्याज १ दशमलव ७ प्रतिशतको अनुपातमा रहेको छ । यो समयको बिचमा एकताका हाल सम्मकै सबैभन्दा बढि ब्याज अर्थात् ३ दशमलव ५० प्रतिशत मात्र दिएको थियो ।

छिमेकी मुलुक भारतमा यसरी चल्छन् बैँक तथा वित्तीय संस्था

reserve bank of indiaभारतमा अठारौँ शताब्दीको अन्त्यतिर आधुनिक बैँकिङ प्रणालीको सुरुवात भएको मानिन्छ । भारतमा औपचारिक रुपमा बैँकिङ कारोबारको सुरुवात गर्ने पहिलो बैँकको रुपमा हिन्दुस्तान बैँकको स्थापना सन् १७७० मा भएको थियो । त्यस्तै, जेनेरल बैँक अफ इन्डिया सन् १७८६ मा स्थापना भएको थियो । तर, सन् १७९१ भन्दा बढी समय चल्न सकेन । हालसम्म सञ्चालनमा रहेको सबैभन्दा ठूलो र पूरानो बैँक स्टेट बैँक अफ इन्डिया हो जसको स्थापना बैँक अफ कलकत्ताको नामबाट सन् १९०६ मा भएको थियो भने सन् १९०९ मा बैँक अफ बंगालको रुपमा पुनः नामाकरण गरिएको थियो । हाल भारत सरकारको स्वामित्वमा रहेका तीन वटा बैँकमध्येको एउटा बैँक थियो बैँक अफ बंगाल । भारत सरकारको स्वामित्वमा सञ्चालित अन्य दुई बैँकहरु बैँक अफ बम्बई र बैँक अफ मद्रास थिए । यी तीनै वटा बैँकहरु सन् १९२१ मा मर्ज गरी इम्पेरियल बैँक अफ इन्डियाको रुपमा संयुक्त कारोबार सुरु गरियो । बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएसँगै सन् १९५५ मा इम्पेरियल बैँक अफ इन्डिया स्टेट बैँक अफ इन्डिया बन्न पुग्यो । 

बैँकको राष्ट्रियीकरण र मुलुकको अर्थतन्त्र
सन् १९३५ मा रिजर्भ बैँक अफ इन्डिया ऐनबमोजिम रिजर्भ बैँक अफ इन्डियाको स्थापना नहुँदासम्म तीन वटा सरकारी बैँकहरुले नै केन्द्रिय बैँकको रुपमा काम गरिरहेका थिए । सन् १९६० मा द स्टेट बैँक अफ इन्डियाले स्टेट अफ बैँक ऐन, १९५९ बमोजिम ८ वटा राज्यस्तरका बैँकहरुको नियमन गर्ने जिम्मा पायो । सन् १९६९ मा भारत सरकारले १४ वटा निजी बैँकहरुलाई राष्ट्रियीकरण गर्यो । सन् १९८० मा थप ६ वटा बैँकहरुको राष्ट्रियीकरण गरियो । राष्ट्रियीकरण गरिएका यी बैँकहरु भारतको अर्थतन्त्रका खम्बा सावित भए । ठूलो आकार र वृहत सञ्जालका कारण बैँकिङ क्षेत्रमा यीनै बैँकहरुको हालीमुहाली रह्यो । 
सेड्युल्ड र ननसेड्युल्ड बैँकका रुपमा भारतीय बैँकहरुको वर्गाीकरण गरिएको छ । सेड्युल्ड बैँकहरु रिजर्भ बैँक अफ इन्डिया ऐन, १९३४ को दोस्रो सेड्युलमा समावेश गरिएका छन् । सेड्युल्ड बैँकहरु पनि राष्ट्रिय बैँक, स्टेट बैँक अफ इन्डिया र यसअन्तर्गतका बैँकहरु, क्षेत्रीय ग्रामीण बैँक, अन्तर्राष्ट्रिय बैँक र अन्य भारतीय निजी स्तरका बैँकहरु गरी ५ प्रकारमा वर्गाीकरण गरिएका छन् । सेड्यल्ड र ननसेड्युल्ड दुबै प्रकारका वाणिज्य बैँकहरुको नियमन बैँकिङ रेगुलेसन एक्टले गर्ने गर्दछ । 

भारतीय बैँकिङ क्षेत्रमा चुनौती
साधारणतयाः सन् २०१० यता सप्लाई, प्रोडक्ट र पहुँचका आधारमा भारतीय बैँकहरुमा एकदमै परिपक्वता आएको मानिन्छ । यद्यपि, अझै पनि ग्रामीण भेगका मानिसहरु र गरीब जनताको पहुँचमा बैँक पुर्याउनु एउटा चुनौतीको रुपमा रहेको छ । ग्रामीण भेगहरुलाई बैँकिङ क्षेत्रमा समेट्नको लागि भारत सरकारले माइक्रोफाइनान्सको सुविधा सहितको नेसनल बैँक फर एग्रीकल्चर एण्ड रुरल डेभलपमेन्ट कार्यक्रम सञ्चालनमा ल्याएको छ । पहिलो विश्व युद्ध र दोस्रो विश्वयुद्धको समय भारतका बैँकहरुमा लागि एकदमै चुनौतीपूर्ण सावित भएको थियो । युद्धसँग सम्बन्धि आर्थिक कारोबारका कारण अप्रत्यक्ष रुपमा बढिरहेको भारतको अर्थतन्त्रका कारण भारतका थुप्रै बैँकहरु बन्द भए । सन् १९१३ देखि १९१८ को बीचमा मात्रै कम्तीमा ९४ वटा बैँकहरु विफल भएका थिए ।

बैँकिङ क्षेत्रको प्राविधिक विकास
प्राविधिक विकासले भारतको बैँकिङ क्षेत्रमा निकै परिवर्तन ल्याएको मानिन्छ । कम्प्युटरको प्रयोगसँगै भारतमा अनलाइन बैँकिङको अवधारणा सुरु भयो । सन् १९९१ मा बैँकिङ क्षेत्रले खुला बजारीकरणको अवधारणालाई आत्मसात् गरेसँगै यस क्षेत्रमा कम्प्युटरको प्रयोग उल्लेख्य रुपमा बढ्यो । विश्व बजारसँग प्रतिष्पर्धामा जानका लागिल सूचना र प्रविधिविना असम्भव हुँदा यसले बैँकिङ क्षेत्रमा पनि सूचना र प्रविधिको द्रुततर विकासमा मद्धत पुर्यायो । हाल भारतमा ९३ वटा वाणिज्य बैँहरु सञ्चालनमा छन् ।   
 

संसारका सबैभन्दा पुराना ५ बैँकहरु, जसले रचे बैँकिङ इतिहास

नेपालमा लगभग ८५ वर्ष पहिले नै सिक्काको प्रचलन सुरु भएको थियो । वि.सं. १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भइसकेको थियो । त्यस्तै, वि.सं. २००४ मा नेपालमा कागजी नोटको सुरुवात भइसकेको थियो । वि.सं. २०१३ सालमा नेपाल राष्ट्र बैँकको स्थापना भएको थियो । नेपालको बैँकिङ इतिहास ज्यादै लामो नभएता पनि विश्वका अन्य विकसित मुलुकहरुमा धेरै पहिले नै बैँकको सुरुवात भइसकेको थियो । नजानिँदो रुपमा मानिसले पैसाको कारोबार धेरै पहिलेदेखि नै सुरु गरिसकेका थिए  ।यद्यपि, औपचारिक रुपमा बैँकिङ प्रणालीको सुरुवात गरि बैँकिङ इतिहास रच्ने श्रेय इटलीलाई जान्छ । सन् १४७२ मा इटलीमा संसारकै सबैभन्दा पहिलो बैँकको स्थापना भएको थियो । त्यपछिका दिनहरुमा बैँकिङ प्रणाली संख्यात्मक र गुणस्तरात्मक दुवै तवरले विकास हुँदै आइरहेको छ । 
यसैबिच, बैँकिङ इयितहास रचेका संसारका सबैभन्दा पुराना ५ बैँकहरुका बारेमा यहाँ चर्चा गरिएको छ :  

बैँक अफ न्यूयोर्क
bank of newyork१७८४ मा अमेरिकाको न्यूयोर्क सहरमा स्थापित बैँक अफ न्यूयोर्क संसारको पाचौँ पुरानो बैँक हो । अहिले बैँक अफ न्यूयोर्क मेलनको नामबाट परिचित यस बैँकको स्थापनामा एलेक्जेण्डर ह्यामिल्टनको ठूलो योगदान रहेको छ । उनले बैँकिङ कानुन निर्माण गरेर बैँक अफ न्यूयोर्क स्थापना गरे । सन् १७९२ मा न्यूयोर्क स्टक एक्सचेन्जको स्थापना हुँदा शेयर कारोबार गर्ने पहिलो कम्पनि बैँक अफ न्यूयोर्क थियो । सन् २००७ मा यसको नाम परिवर्तन गरिएको हो । 

द बैँक अफ स्कटल्याण्ड
the bank of scotland१६९५मा स्थापना भएको बैँक अफ स्कटल्याण्ड त्यहाँको पैसा छाप्ने पहिलो बैँक हो । अहिले हलिफ्याक्स बैँक अफ स्कटल्याण्डको नामबाट परिचित यो बैँक स्कटल्याण्डको एडिनबर्गमा रहेको छ । यस बैँकको स्थापनाले स्कटल्याण्डका विभिन्न व्यवसायहरुलाई सहयोग मिलेको थियो ।

सी होर एण्ड को
सन् १६७२ मा लनडन सहरमा स्थापित यस बैँकले इंगल्याण्डमा आधुनिक बैँकिङ तथा कागजी नोटको प्रचलन ल्यायो । निजी स्वामित्वमा स्थापना भएको सो बैँक अहिले पनि पारिवारिक रुपमा चलेको छ । सर रिचार्ड होरको व्यवस्थापनमा बैँक सञ्चालन भइरहेको छ । 

बेरेनबर्ग बैँक
berenberg bankसन् १५९० मा स्थापित यो बैँक जर्मन बैँक हो । जर्मनीको हमवर्गमा स्थापना भएको सो बैँक दुई दाजुभाई ह्यान्स र पल बेरेनवर्ग मिलेर खोलेका थिए । कपडाको आयात निर्यात व्यवसाय गर्ने सो दाजुभाइले खोलेका सो बैँकका कारण हमवर्ग सहर आर्थिक गतिविधिमा बढि क्रियाशील बन्यो ।  

बान्सा मोन्टे डीपस्सी डी सीना
banca monteइटलीको सीना सहरमा अवस्थित यो बैँक संसारकै सबैभन्दा पहिलो बैँक हो । सन् १४७२ मा यसको स्थापना भएको थियो । गरिबहरुलाई च्यारिटीको माध्यमबाट उकास्ने उद्देश्यले सो बैँकको स्थापना गरिएको थियो ।  

अमेरिकी बैँकविरुद्ध मुद्धा हाल्दै बंगलादेश बैंक 

bangladesh bankबंगलादेश बैंकले एक अमेरिकी बैँकविरुद्ध मुद्धा हाल्ने भएको छ । कानुनी लडाइँ लड्ने भएको छ । साइबर चोरीको चपेटामा परेको बंगलादेशको केन्द्रीय बैंक बंगलादेश बैंकले आफ्नो खाता रहेको अमेरिकी बैंक फेडेरल रिजर्व बैंक अफ न्युयोर्कमाथि कानुनी लडाईँ लड्ने बताएको हो । 
बंगलादेश बैंकको न्युयोर्कमा रहेको खाताबाट ८ करोड १० लाख अमेरिकी डलर बराबरको रकम चोरी भएको थियो । बंगलादेश बैंकले यस विषयमा थप छलपलको लागि अमेरिकी वकिललाई बोलाएको छ । यद्यपी बैंकले मुद्दा भने दर्ता गराएको छैन । न्युयोर्क बैंकको खाताबाट रकम चोरी हुनुमा बैंकको पनि कमजोरी रहेको निष्कर्ष निकाल्दै बंगलादेश बैंकले मुद्दा दायर गर्ने तयारी गरेको हो । 

बंगलादेशको खातामा रहेको रकम फिलिपिन्सको बैंक खातामा पठाउने कार्यमा न्युयोर्क बैंकको ठूलो कमजोरी रहेको आशंका गरिएको छ । चोरी भएपछि बंगलादेशको खाताको विषयमा न्युयोर्क बैंकले आफ्नो प्रणालीमा कुनै खराबी नरहेको बताएको थियो । आफूले एक स्ट्यान्डर्ड प्रणालीबाट सेवा प्रदान गरिरहेको न्युयोर्क बैंकले उल्लेख गरेको थियो । बैंकले सार्वजनिक गरेको विज्ञप्तिमा अहिलेसम्म कुनै किसिमको चोरी फेला नपरेको उल्लेख गरिएको थियो । 

गत मंगलबार मुद्दामा मनिलामा दुई जनालाई पक्राउ गरिएको थियो । उनीहरुको विरुद्धमा अहिले अनुसन्धान भइरहेको छ । साइबरको माध्यमबाट भएको यो सबैभन्दा ठूलो घटना हो । यसले न्यूयोर्क बैंकको विश्वसनियतामाथि ठूलो प्रश्नचिन्ह उठेको थियो । न्युयोर्क बैंकले अहिलेसम्म आफ्नो प्रणालीमा कुनै किसिमको खराबी नरहेको बताउनुले पनि रकमको चोरीको विषय थप रहस्यमय बनेको बताइएको छ । 
बंगलादेश बैंकको रकम चोरी भएपछि बैंकले कुनै प्रभावकारी कदम चाल्न नसकेको भन्दै गभर्नर हटाउने निर्णय गरेको थियो । अहिले बंगलादेश बैंकले आफ्नो खातामा रहेको रकम चोरी भएकोमा न्युयोर्क बैंकको कमजोरी रहेको भन्दै हराएको रकमको पूर्ण क्षतिपूर्ति न्युयोर्क बैंकबाट कानुनी रुपमा लिने जानकारी दिएको छ । बंगलादेश बैंकले खाताबाट चोरी भएको रकमको विषयमा जानकारीका लागि पठाएको ३५ पत्रहरुमध्ये ३० वटा पत्रहरु अमेरिकी बैंकले अस्वीकार गरेको छ । यसले बंगलादेश बैंकलाई कानुनी प्रक्रियामा जानको लागि हौस्याएको हो । (एजेन्सी)

कुनकुन क्षेत्रमा लगानी गर्छन् चिनियाँ बैँकहरु ? (विवरणसहित)

peoples-bank-of-china-newपछिल्लो दुई दशकयता चिनको बैँकिङ प्रणालीको विकास द्रुततर गतिमा भइरहेको छ । सुरुवातका चरणहरुभन्दा निकै माथि उठेर विकसित र व्यवस्थित प्रणालीमा चिनका बैँकहरु गइसकेका छन् । पिपुल्स बैँक अफ चाइना (पीबीओसी) चिनको केन्द्रिय बैँक हो । सबै चिनियाँ बैँकहरुको नियामक संस्थाको रुपमा यस बैँकले काम गर्दै आएको छ । बैँकका कर्मचारीहरुको पारिश्रमिक निर्धारण गर्ने, वित्तिय संस्थाहरुलाई नियमन गर्ने, बैँकिङ क्षेत्रको व्यवस्थापन, विदेशी विनिमय दरको व्यवस्थापन, सुन रिजर्भ लगायतका कामहरु गर्ने गर्दछ । विदेशी विनिमयसम्बन्धि नितीहरु बनाउनको लागि यस बैँकले स्टेट एडमिनिस्ट्रेसन अफ फरेन एक्सचेन्ज पनि हेर्ने गर्दछ । सन् १९९५ को सेन्ट्रल बैँक ल का अनुसार, पीबीओसीसँग बैँकहरुको व्याजदर तय गर्ने लगायतको सम्पूर्ण नियामक कामकारबाहीहरुमा एकाधिकार रहेको छ ।

स्टेट काउन्सिलले पीबीओसीका नीति तथा नियमहरुको निगरानी गर्ने गर्दछ । चाइना बैँकिङ रेगुलेटरी कमिसन पीबीओसीको निगरानीका लागि २००३ को अप्रिल २८ तारिखका दिन औपचारिक रुपमा गठन भएको थियो । यस कमिशनको मूख्य उद्देश्य भनेको सम्पूर्ण बैँकहरुको सुपरभिजनलाई अझ व्यवस्थित बनाउनु तथा वृहत अर्थतन्त्र र करेन्सी पोलिसीमा बढी ध्यान दिनको लागि पीबीओसीलाई सहयोग पुर्याउनु थियो । 

सबै आर्थिक क्षेत्रलाई वित्तिय प्रणालीमा समेट्दै चिनियाँ सरकार
चीनका चारवटा कमर्सियल बैँकहरु सरकारी स्वामित्वमा रहेका छन् । बैँक अफ चाइना, चाइना कन्स्ट्रक्सन बैँक, इन्डस्ट्रीयल एण्ड कमर्सियल बैँक अफ चाइना र एग्रिकल्चरल बैँक अफ चाइना चिनको सरकारी स्वामित्वमा भएका बैँकहरु हुन् । यी बैँकहरुलाई व्यवसायिकरण गर्नको लागि सन् १९९५ मा चिनियाँ सरकारले कमर्सियल बैँक ल ल्याएको थियो । यी बैँकहरुले विशिष्ट उद्देश्यका साथ छु्ट्टा छुट्टै क्षेत्रलाई केन्द्रमा राखेर सेवा अघि बढिरहेका छन् । 

इन्डस्ट्रीयल एण्ड कमर्सियल बैँक अफ चाइना चिनको सबैभन्दा ठूलो बैँक हो । अन्य सरकारी वाणिज्य बैँकहरुभन्दा यो बैँक केही पृथक रहेको छ । चिनको सहरी भेग र उत्पादनमूलक क्षेत्रमा सेवा दिने यो प्रमुख वित्तिय संस्था हो । बैँक अफ चाइना विदेशी विनिमय कारोबार र व्यापारिक वित्तिय कारोबारमा केन्द्रित छ । त्यस्तै, चाइना कन्स्ट्रक्सन बैँक मध्यमदेखि दीर्घकालीन क्रेडिट र पूर्वाधार विकास, सहरी विकास लगायतका दीर्घकालीन प्रोजेक्टहरुलाई केन्द्रमा राखेर लगानी तथा कारोबार गर्ने गर्दछ भने एग्रिकल्चरल बैँक अफ चाइनाले मुलुकभित्रको कृषि क्षेत्रलाई आफ्नो लगानीको केन्द्र बनाएर कारोबार गर्दै आइरहेको छ । साथै, कृषक, ग्रामीण तथा साना उद्यमी र ग्रामीण संस्थाहरुलाई होलसेल तथा रिटेल बैँकिङ सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यसरी चिनको बैँकिङ क्षेत्रले सबै आर्थिक क्षेत्रलाई समेटेको छ । सबै क्षेत्रको समान र सन्तुलित विकासलाई ध्यानमा राख्दै चिनियाँ सरकारले नै बैँकिङ सेवा सञ्चालन गरिरहेको छ ।

संसारकै उत्कृष्ट बैँकहरु चिन र अमेरिकामा

संसारमा पैसाको महत्व बढेसँगै यसको उचित व्यवस्थापनका लागि बैँकिङ प्रणालीको अवधारणाको सुरुवात एवम् विकास भएको पाइन्छ । मानिसका असिमित आकांक्षा र खोज प्रवृत्तिका कारण बैँकिङ प्रणालीमा पनि विभिन्न चरणामा विकास एवम् विस्ता भइरहेका छन् । कारोबार, व्यवस्थापन, प्रविधिको प्रयोग तथा सम्पन्नताका आधारमा हेर्दा विशेषतः धनी तथा समृद्धशाली मुलुकका बैँकहरुको नाम अगाडि आउँछ । संसारका उत्कृष्ट मानिने बैँकहरु प्रायः चिन र अमेरिकामा रहेका छन् । यी हुन्, संसारकै सबैभन्दा उत्कृष्ट मानिएका ५ बैँकहरु :

इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना
icbcचीनको बेइजिङमा मूख्य कार्यालय रहेको बैंकले बार्षिक ४४८० करोड अमेरिकी डलर बराबर नाफा गर्छ । बैंकको सम्पति मात्र ३.३२ लाख करोड डलर बराबरको छ । यसले सबै खालको व्यवसायमा हात हालेको छ । कर्पोरेट, पर्सनल तथा ट्रेजरी अपरेसनमा बैंकको ठूलो एक्सपोजर छ । कर्पोरेट बैंकिङ सेगमेन्टमा बैंकले कर्पोरेट, ट्रेड फाइनान्स तथा कर्पोरेट वेस्थ म्यानेजमेन्टजस्ता सेवा दिन्छ । पर्सनल बैंकिङमा बैंकले व्यक्तिगत तथा उपभोक्ता कर्जा, पर्सनल डिपोजिट र कार्ड सेवा उपलब्ध गराउँछ । ट्रेजरी अपरेशनमा बैंकले मनि मार्केट ट्रन्जेक्सन, इन्भेष्टमेन्ट सेक्युरिटिज, फरेन एक्सचेन्ज ट्रान्जेक्सन सुविधा दिन्छ । बैंक १९८४ जनवरी १ का दिन स्थापना भएको थियो ।


बैंक अफ चाइना
bank of chinaचीनको अर्को बैंक सन्सारकै दोस्रो ठूलो वित्तीय कारोबार गर्ने संस्था हो । यसले बार्षिक २७५० करोड डलर नाफा गर्छ । बैंकको सम्पति २.४५ लाख करोड डलर छ । बैंकको स्थापना सन् १९१२ जनवरी १२ दिन भएको थियो । बैंक अफ चाइना बैंकिङ तथा वित्तीय सेवाका साथै इन्स्योरेन्स सेवासँग पनि जोडिएको छ । बैंकमा तीन लाख ८ हजार कर्मचारी कार्यरत छन् ।


जेपी मर्गेन
jp morganजेपी मर्गेन अमेरिकी बैंक हो । यसले बार्षिक रुपमा २१२० करोड डलर नाफा गर्छ । बैंकको सम्पति २.५९ लाख करोड डलर छ । बैंकको उपस्थिति ६० भन्दा वढी देशमा छ । बैंकमा दुई लाख ४० हजार कर्मचारी छन् । बैंकले कर्पोरेट, कन्जुमरका साथै कम्युनिटी बैंकिङ सेवा पनि दिन्छ ।


वेल्स फार्गो
wells fargoअमेरिकी वेल्स फार्गो बैंकले बार्षिक २३१० करोड डलर बार्षिक रुपमा नाफा गर्छ । बैंकको सम्पति १.७ लाख करोड डलर छ । बैंक १८५२ मार्च १८ बाट सञ्चालमा आएको हो । सनफ्रान्सिसकोमा मूख्य कार्यालय रहेको बैंकमा २ लाख ६४ हजार कर्मचारी काम गर्छन् । बैंकले कम्युनिटी, होलसेल तथा वेल्थ तथा ब्रोकरेज सेगमेन्टमा काम गर्छ । बैंकले रिटायरमेन्ट सेवा पनि दिन्छ ।


एचएसबिसी बैंक
hsbc-bankबैंक एचएसबिसी होल्डिङ कम्पनी अन्तर्गत छ । बैंकको स्थापना १९५९ जनवरी १ का दिन भएको थियो । बैंकको बार्षिक नाफा १३५० करोड अमेरिकी डलर छ । बैंकसँग २.६३ लाख करोड डलर सम्पति छ । बैंकको शाखा युरोप, एसिया, मिडिल इस्ट, नर्थ अमेरिका र ल्याटिन अमेरिकामा छ । 

यी हुन् विश्वका मजबुत ५ मुद्राहरु

विश्वमा जति पनि मुलुकहरु छन्, तिनको आफ्नै किसीमका नोट तथा मुद्राहरु छन् । मुलुकैपिच्छे अलग किसिमको मुद्राको प्रयोग भईरहेको हुन्छ । यद्यपी कुनै देशको पैसाको मूल्य वा महत्व मजबुत हुन्छ भने कुनै देशको कमजोर मानिन्छ । बैंकिङ खबर डटकमले विश्वभर प्रयोग हुने मजबुत ५ मुद्राहरुको बारेमा जानकारी दिने कोशिस गरेको छ ।  

१.अमेरिकन डलर
dollarअमेरिकन डलर संयुक्त राज्य अमेरिकाको आधिकारिक मुद्रा हो । जसरी नेपालमा १ रुपैयाँमा १०० पैसा हुन्छ, त्यसरी नै अमेरिकामा एक डलरमा १०० सेन्ट हुन्छ । अर्थात् १०० सेन्टको १ डलर हुन्छ । अमेरीकामा ५० सेन्टको सिक्कालाई आधा डलर भनिन्छ भने पच्चीस सेन्टको सिक्कालाई ‘क्वार्टर’ भनिन्छ । अमेरिकामा १० सेन्टको सिक्कालाई ‘डाइम’ भनिन्छ भने, पाँच सेन्टको सिक्कालाई  ‘निकल’ भनिन्छ ।  त्यस्तै अमेरीकामा एक सेन्टलाई १ पेन्नी पनि भनिन्छ । अमेरीकी डलरको नोट १, ५, १०, २०, ५० र १०० मा उपलब्ध छ ।

२. यूरो
uroयूरो करेन्सी अमेरिकी डलर पछि संसारमा सबैभन्दा बढी कारोबार हुने करेन्सी हो । यो करेन्सीको नाम ‘यूरो’ भनेर १६ डिसेम्बर १९९५ मा राखिएको थियो । यूरो दुनियाँको सबै भन्दा बढी रिजर्व करेन्सी पनि हो । यूरोपियन संघको २८ मध्ये १८ सदस्य देशको मुद्रालाई यूरो भनिन्छ । यी देशलाई सामुहिक रुपमा यूरोजोन पनि भनिन्छ । जसमा अस्ट्रिया, बेल्जियम, साइप्रस, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, आयरल्याण्ड, इटली, लग्जम्बर्ग, माल्टा, नेदरल्याण्ड, पोर्चुगल, लगायतका देशहरु पर्दछन् ।

३. येन
yenयेन जापानको आधिकारिक मुद्रा हो । डलर र यूरो पछि विदेशी विनिमय बजारमा सबै भन्दा बढि चल्ती हुने करेन्सीको रुपमा जापानी येनलाई लिईन्छ । डलर, यूरो र पाउण्ड पछि यसको प्रयोग रिजर्व करेन्सीको रुपमा पनि गरिन्छ । जापानी भाषामा येन को मतलब राउण्ड अर्थात् (गोल) भन्ने बुझिन्छ ।

४. पाउण्ड
poundपाउण्ड ब्रिटेनको आधिकारिक मुद्रा हो । चाँदीको एक पाउण्ड भारको आधारमा पाउण्ड नामाकरण गरिएको हो । यो एक लेटिन शब्द लिब्राको अंग्रेजी ट्रान्सलेसन हो । लिब्रा रोमन साम्राज्यमा कुनै चीजको आयतन नाप्ने एक एकाइको रुपमा प्रयोग गरिन्थ्यो । एक पाउण्डमा १०० पेनी हुन्छ । यसको प्रयोग रिजर्व करेन्सीको रुपमा पनि गरिन्छ । विदेशी विनिमय बजारमा डलर, यूरो र येन पछि पाउण्ड चौथो बढी कारोबार हुने मुद्रा हो । मुख्यगरी यो मुद्रा यूनाइटेड किंगडम (पाउण्ड स्टरलिङ)को रुपमा चलन चल्तीमा छ । 

५. युआन
youaanयुआन चीनको आधिकारिक मुद्रा हो । हङकङ र मकाओमा भने यो मुद्रा चलनमा छैन । युआनको नोट १ युआन देखी १०० सम्ममा उपलब्ध छ । यसको रंग तथा आकार पनि फरक फरक छ ।