Saturday , February 25 2017

अन्तर्राष्ट्रिय बैंकिङ

ब्रेक्जिट प्रभाव कहिलेसम्म ? खतरामा विश्व अर्थतन्त्र

economicयुरोपेली संघ (ईयू) छोड्ने बेलायतको निर्णय (ब्रेक्जिट) को प्रभाव वर्षौंसम्म रहने देखिएको छ ।“तात्कालिक बजार अस्थिरता केही सहज भए पनि नीति अनिश्चितता र वित्तीय तथा राजनीतिक प्रभाव महिनौं वा वर्षौंसम्म रहनेछ,” अमेरिकी ट्रेजरी विभागको वित्तीय अनुसन्धान कार्यालयको प्रतिवेदनमा भनिएको छ । बेलायत सरकारले जनमत संग्रहको नतिजालाई सम्मान गर्ने र ईयूबाट बाहिरिनका लागि औपचारिक कदम उठाउने अपेक्षा प्रतिवेदनमा गरिएको छ । तर, कहिले र कसरी ब्रेक्जिट कार्यान्वयन गरिन्छ भन्ने विषयमा अझै अनिश्चितता कायमै छ । जनमतसंग्रहको नतिजाले बेलायतमा पहिले नै राजनीतिक अस्थिरता उत्पन्न गराइसकेको छ र ईयूका सदस्यराष्ट्रहरूमा राजनीतिक अवस्थालाई प्रभावित पारेको छ । 

कन्जर्भेटिभ पार्टीका पूर्व नेता डेभिड क्यामरुनले जुन २४ मै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गरेका थिए । क्यामरुनको स्थानमा पूर्वगृहमन्त्री टिरिजा मे आएकी छन् । छलफलको उद्देश्य तय नगरेसम्म सरकारले ईयूबाट बेलायत छुट्टिनका लागि धारा ५० लाई प्रयोग नगर्ने मेले बताइसकेकी छन् । जनमतसंग्रहपछि धेरै अर्थशास्त्रीले बेलायत र पूरै ईयूको वृद्धि प्रक्षेपणलाई घटाइसकेका छन् । केहीले त सन् २०१७ को सुरुमै बेलायत मन्दीमा प्रवेश गर्ने अनुमान गरेका छन् । उपभोक्ता र व्यवसायले पनि खर्च र लगानी सार्ने सम्भावना भएको प्रतिवेदनमा उल्लेख छ ।

अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले पनि ब्रेक्जिटले बेलायत, युरोप र विश्वका बाँकी मुलुकमा ठूलो आर्थिक क्षति ल्याउन सक्ने चेतावनी दिएको छ । बेलायती अर्थतन्त्र आगामी वर्ष ०.८ प्रतिशतले खुम्चने कोषले जनाएको छ । बेलायती र युरोपेली अर्थतन्त्रमा ब्रेक्जिटको पूर्ण असर नीतिगत निर्णयमा निर्भर रहने प्रतिवेदनमा उल्लेख छ ।

उच्चदरको ऋणमा यसरी फस्यो चीन : वृद्धिदर ७ वर्षयताकै सुस्त

yuanचिनियाँ वृद्धि त्रैमासिक मापनका आधारमा सात वर्षयताकै सुस्त देखिएको छ । वृद्धि दर विश्वव्यापी वित्तीय संकटको समय सन् २००९ को सुरुकै तहमा कायम भएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र जुनसम्मको त्रैमासिक अवधिमा ६.७ प्रतिशतले मात्रै विस्तार भएको छ । 

यद्यपि यो अपेक्षितभन्दा बढी हो । चालू वर्षको पूरै अवधिमा जीडीपी वृद्धि ६.५ प्रतिशतमा झर्ने आर्थिक सर्भेले देखाएका छन् । यो सरकारी लक्ष्य ६.५ देखि ७ प्रतिशतको पुछारको बिन्दु हो । आगामी वर्ष थप ओरालो लागेर ६.३ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । “आगामी दिनमा मन्द हुनुभन्दा वृद्धिले गति लिनेछ ,” क्यापिटल इकोनोमिक्सका मार्क विलियम्स र डानियल मार्टिनले भने ।

चिनियाँ वृद्धिको गति विश्वकै राम्रो मध्येको हो । तर, तीन दशकसम्मको १० प्रतिशत वा सोभन्दा माथिको तुलनामा ठूलो अन्तरले कम हो । विशेष गरी उत्पादनमूलक क्षेत्रबाट अर्थतन्त्रलाई सेवातर्फ ढाल्ने चिनियाँ प्रयासका कारण वर्षौसम्म उत्साहजनक रूपमा भएको चिनियाँ वृद्धि ओरालो लागेको हो । 

चीन वर्षौंसम्मको आक्रामक कर्जा प्रवाहपछि उच्च दरको ऋणमा पनि फसेको छ । अधिक क्षमता घटाउने प्रयास स्वरुप चीनले कोइला र स्टिलको क्षेत्रमा रहेको १८ लाख रोजगारी कटौती गर्ने योजना बनाइरहेको घोषण फेबु्रअरीको अन्त्यतिर नै गरेको थियो । सरकारले यो परिवर्तनलाई कसरी कार्यान्वयन गर्छ भन्ने विषय प्रमुख चासो भएको आईएचएसका चीन अर्थशास्त्री ब्रायन ज्याक्सनले बताए । यदि सरकारले तत्काल बन्दको दबाब दिएमा मजदुरहरूको विरोध भड्किने उनको भनाइ छ । एजेन्सी

विश्वभरका सरकारी ऋणपत्रको प्रतिफल ऋणात्मक, सुरक्षित सम्पत्तिको खोजीमा लगानीकर्ता

investmentविश्वका सरकारहरूले जारी गरेको झन्डै १ सय ३० खर्ब डलरको सरकारी ऋणपत्रको प्रतिफल ऋणात्मक अवस्थामा रहँदै आएको छ । यो कुलको एक तिहाइ रहेको जनाइएको छ । मागमा वृद्धिसँगै ऋणपत्रको प्रतिफल ओरालो लागेको हो । केन्द्रीय बैंकहरूले ब्याजदर न्यून राखेपछि र ब्रेक्जिटको निर्णयपछि लगानीकर्ता सुरक्षित सम्पत्तिमा आकर्षित भएकाले ऋणपत्र र सुन मागमा वृद्धि भएको छ ।

१० वर्षे अमेरिकी ट्रेजरीको प्रतिफल हालसम्मकै न्यून अर्थात् १.३४ प्रतिशत कायम भएको छ । यसैगरी ३० वर्षे ऋणपत्रको प्रतिफल पनि २.१५ प्रतिशतमा झरेको छ । बेलायतको १० वर्षे ऋणपत्रको प्रतिफल ०.७७ प्रतिशतमा झरेको छ । जापानको लगभग ९० प्रतिशत सम्प्रभू ऋण ऋणात्मक दरमा कारोबार भइरहेको छ । स्विट्जरल्यान्डको ५० वर्षे ऋणपत्रको प्रतिफल पनि ऋणात्मक भएको छ ।

विश्वभरिका लगानीकर्ता सुरक्षित सम्पत्तितर्फ आकिर्षत भए पनि भारतीयहरूले भने लगानीकर्ता पाइरहेका छन् । पश्चिमा मुलुकहरूमा ऋणात्मक ब्याजदरलाई केन्द्रीय बैंकको निराशाका रूपमा चित्रण गरिएको छ । यो अवस्थाले वृद्धि पुनर्बहाली गर्न लगानी र उपभोग बढाउनप्रति सरकार उदासीन हुने देखिएको छ । ऋणात्मक ब्याज दर भएका अर्थतन्त्रहरू समस्याग्रस्त क्षेत्रमा प्रवेश गरेको अर्थशास्त्रीहरूले बताएका छन् । आरबीआईका गभर्नर रघुरमन राजनले उपभोक्ताहरूले न्यून व्याजदरमा पनि आशा गरेअनुरूपको व्यवहार नदेखाएको बताएका छन् । बचतकर्ताले पनि आफ्नो लगानीले थोरैमात्र आम्दानी गर्ने भएकाले अवकाशपछिको उमेरलाई थुपारेर राख्न थालेका छन् । एजेन्सी

१० वर्षमा ५ प्रतिशतले घट्यो युरोपेलीको सम्पत्ति

B33F2T
B33F2T
युरोपमा प्रतिब्यक्ति सम्पति श्रृजना दर १० प्रतिशतले घटेको छ । न्यु वर्ल्ड वेल्थले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो १० बर्षमा त्यहाँका आमसर्वसाधारणको सम्पति पाँच प्रतिशतले घटेको हो ।
 
युरोपमा औषत सम्पति घटेपनि अन्य विकसित बजारमा भने बढेको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो १० बर्ष (२००५ देखि २०१५ सम्म) युरोपेली जनताको सम्पति घटेपनि अस्ट्रेलिया, क्यानडा जस्ता देशका जनताको सम्पति वढेको हो ।
 
१० बर्षको अवधिमा अस्ट्रेलियाका जनताको सम्पति १०० प्रतिशत र क्यानडाका जनताको ५० प्रतिशतले बढेको छ । पोल्यान्ड र माल्टाजस्ता केही युरोपियन देशहरुको प्रदर्शन भने यो १० बर्षको अवधिमा राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ ।
 
जर्मनी, फ्रान्स, इटली र स्पेनको खराव प्रदर्शनले समग्र युरोपेली सम्पतिको भाउ घटेको हो । युरोपेली देशका नवधनाड्यहरुले धमाधम देश छाडेर अन्यत्र लाग्न थालेकाले सम्पति बजार ओरालो लागेको प्रतिवेदनमा उल्लेख छ ।

ब्रेक्जिटको प्रभाव : पाउण्ड २० रुपैयाँ ओर्लियो, डलर महगिँदै

eu stockयुरोपेली संघबाट बेलायत बाहिरिने भएपछि अन्तर्राष्ट्रिय बजारमा नै ठूलो अलचल मच्चियो । शेयर बजारको गिरावट र मुद्राको अवमूल्यनले एकप्रकारको तरंग नै ल्याइदियो । गत २३ जुनमा इयसबाट बाहिरिने कि नबाहिरिने भन्ने विषयमा गरिएको जनमत संग्रहमा बाहिरिने पक्षमा बहुमत आएप िबेलायतले इयुबाट बाहिर्रिने निर्णय गरेको हो । निर्णय गर्नेवित्तीकै तत्कालै बाहिरिने भन्ने चाहिँ हुँदैन । विभिन्न आवश्यक प्रक्रिहरु पूरा गर्दा बेलायत इयुबाट औपचारिक रुपमै बाहिरिन झण्डै २ वर्ष लाग्छ ।  

मुद्रा अवमूल्यन
बेलायतले इयुबाट बाहिरिने निर्णय गरेयता त्यहाँको मुद्रा निरन्तर अवमूल्यन भइरहेको छ । २३ जुनभन्दा यताको अवधिमा पाउन्डको भाउ २० रुपैयाँ ओर्लिसकेको छ । जनमत संग्रहका दिन पाउन्ड १५९.७६ रुपैयाँमा थियो । निर्वाचन परिणाम घोषणा हुने वित्तिकै पाउन्ड १५०.५८ रुपैयाँमा झरेको थियो । लगातार ओर्लिरहेको पाउन्डको भाउ अहिले १ सय ४० रुपैयाँको हाराहारीमा छ । युरोमा भने खासै गिरावट आएको छैन । निर्वाचनका दिन एक युरो बराबर १२२.१६ रुपैयाँ रहेको युरोको भाउ अहिले ११९.१७ रुपैयाँ छ । 

शेयर बजारमा गिरावट
अलग हुने निर्णयले सेयर तथा वन्ड मार्केट पनि ओराली लागिरहेको छ । अब कहिलेसम्म ओरालो लाग्ने हो भन्ने कुराको अनमान गर्न नसकिने विश्लेषकहरु बताउँछन् । एसियाली शेयर बजार जनमत संग्रह हुनुअगाडी घट्दो क्रममा रहेपनि त्यसयता खासै घटेको छैन । अमेरिकी डलर र सुनको भाउ भने आकाशिँदो छ ।

विश्कप टिकटको मूल्य १ हजार डलरभन्दा बढी

fifaआगामी सन् २०१८ मा मस्कोमा आयोजना हुने फिफा विश्व कपको केही टिकटको मूल्य १ हजार डलरभन्दा बढी पर्ने भएको छ । टिकट मूल्य ११ सय डलर पुगेको यो पहिलो पटक भएको फिफाले जनाएको छ । सन् २०१८ को फाइनलको सर्वा्धिक महँगो टिकटको मूल्य १ हजार १ सय डलर पर्नेछ । यो रियो द जेनेरियोको फाइनलको ९ सय ९० डलरको दाँजोमा महँगो हो । अन्य टिकटको मूल्य ४ सय ५५ र ७ सय १० डलर पर्नेछ ।

यद्यपि रूसी नागरिकले भने यसमा भारी छुट पाउनेछन् । टिकको बिक्री आगामी ग्रीष्मकालीन समय अगाडि सुरु हुनेछैन । पहिलो चरणको खेलका लागि उपलव्ध गराइने पासको मूल्य १ सय ५ डलर पर्नेछ । यो अघिल्लो खेलको तुलनामा लगभग १६ प्रतिशतभन्दा बढी हो । यसमा उद्घाटन खेललाई समावेश गरिएको छैन । “खेललाई सम्भव भएसम्म धेरैको पहुँचमा पु¥याउन हामीले टिकटको मूल्यलाई सुहाउँदो बनाएका छौं,” फिफाका महासचिव फाटमा सामोउराले भने । यसका लागि पूर्ण बजार अनुसन्धान सञ्चालन गरेको र सोहीअनुरूप मूल्य निर्धारण गरेको उनले उल्लेख गरे । एजेन्सी

९५ प्रतिशत भारतीय किसान साहुको ऋणको भरमा, बैंकले किन दिँदैन ऋण ?

loan 1भारतका ९५ प्रतिशत साना र सीमान्तकृत किसान ऋणका लागि साहूमा निर्भर रहँदै आएको एक अध्ययनले देखाएको छ । विकसित मानिएका तामिलनाडु लगायतका राज्यमा पनि यो अवस्था रहेको इन्स्टिच्युट फर फाइनान्सियल म्यानेजमेन्ट एन्ड रिसर्चको अध्ययनले देखाएको छ । 

बैंकले समयमा दिँदैन ऋण
भारतका ९५.१ प्रतिशत किसान सीमान्तकृत, साना र अर्ध मध्यम अवस्थाका छन् । यी किसानसँग २ वा ४ हेक्टर भूमि मात्रै रहेको र उनीहरूले कृषियोग्य जमिनको ६८.२ प्रतिशत ओगट्दै आएका छन् । यसको तुलनामा मध्यम र ठूला किसानले कृषियोग्य जमिनको ३१.८ प्रतिशत हिस्सा ओगट्दै आएको २०११–१२ कृषि गणनाले देखाएको छ । अत्यधिक आवश्यकताको समयमा बैंकबाट कर्जा नपाउने भएकाले धेरैजसो साना तथा मध्यम वर्गका किसानले सिँचाइका लागि साहूबाट ऋण लिँदै आएको अध्ययनले देखाएको छ ।

समस्या धितोकै
loanतामिलनाडुका लाखौं साना तथा सीमान्तकृत किसानको अवस्था उस्तै छ । “२०१४ को अक्टुबरमा तामिलनाडुका एक किसानले वर्षा ढिला र अपर्याप्त भएकाले सिँचाइका लागि पम्प सेट भाडामा लिएका थिए । उनले पम्पको भाडा तिर्नका लागि स्थानीय साहूबाट कर्जा लिएका थिए,” अध्ययन प्रतिवेदनमा भनिएको छ, “छोटो अवधिमै खेतको सिँचाइ गर्नुपर्ने भएकाले उनले बैंकमा जाने प्रयास गरेनन् ।” “साना र सीमान्तकृत किसानका लागि धितोको सुरक्षा सबैभन्दा ठूलो समस्या भएको छ । १ हजार भारु ऋण लिनका लागि पनि बैंकमा धितो राख्नुपर्ने बाध्यता साना किसानको रहँदै आएको छ । त्यसैले उनीहरू बैंकको सट्टा स्थानीय साहूबाटै ऋण लिँदै आएका छन्,” योजना आयोगका पूर्वसदस्य अभिजित सेनले भने । यो अवस्था आन्ध्रप्रदेशमा धेरै रहेको उनको भनाइ छ । एजेन्सी

सुन बजारमा ब्रेक्जिटको प्रभाव : लगातार बढ्दै मूल्य

goldबेलायत युरोपेली संघ (ईयू) बाट बाहिरिने निर्णयले विश्व शेयर बजार ओरालो लागेपनि सुनको मूल्य भने उकालो लागेको छ । सुनको मूल्य लगातार पाँचौं साता पनि उकालो लाग्ने क्रममा देखिएको छ । शुक्रबार सुनको मूल्य प्रतिऔंस १ हजार ३३२.४७ डलरमा कारोबार भएको थियो । सुनमा लगानी गर्नेका लागि यो वर्ष नै राम्रो रह्यो । अहिलेसम्मको अवधिमा यो पहेंलो धातुको मूल्यमा २५ प्रतिशतभन्दा बढीको वृद्धि भइसकेको छ । चाँदी पनि प्रतिऔंस १९ डलरमाथि कारोबार भएको छ । वर्षको सुरुदेखि हालसम्मको अवधिमा यो धातुको मूल्यमा ३५ प्रतिशत वृद्धि भइसकेको छ ।

किन बढ्यो ?
जनमतसंग्रहको नतिजासँगै लगानीकर्ता सुरक्षित सम्पत्तितर्फ आकर्षित भएकाले पनि सुनको मूल्य वृद्धि भएको हो । ब्रेक्जिटपछि सुरक्षित सम्पत्तिको खोजीमा सुनको मूल्य बढेको सोसाइट जेनेरलले जनाएको छ । बैंकले दुवै धातुको अल्पकालीन मूल्य प्रक्षेपण बढाएको छ । चालू वर्षको चौथो त्रैमासिक अवधिमा सुनको मूल्य प्रतिऔंस १ हजार ३५० डलर पुग्ने बैंकले जनाएको छ । पाउन्डको अवमूल्यनले पनि सुनमा प्रभाव परेको छ । बेलायती पाउन्डको मूल्य १२ प्रतिशतले ओरालो लागिसकेको छ । एजेन्सी

भारतीय मुद्राको भाउ १ वर्षयताकै खराब मासिकतर्फ

icभारतीय मुद्राको भाउ १ वर्षयताकै खराब मासिकतर्फ लम्किएको छ । यूरोपेली सङ्घबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)ले निम्त्याएको अनिश्चय र केन्द्रीय बैङ्क ‘रिजर्व बैङ्क अफ इण्डिया’ (आरबीआई)का गभर्नर रघुराम राजनको आरबीआई छोड्ने निर्णयका कारण सीमापारका लगानीकर्ताहरूले स्थानीय बजारको ऋणपत्रमा गरेको लगानी फिर्ता लाने क्रम बढेपछि मुद्राको भाउ ओरालो लागेको हो । ब्रेक्जिटको पक्षमा भएको मतदानपछि भारूको भाउ लगातार तेस्रो महीना पनि घटेको छ । यो जुन २४ सम्मको १० महीनाकै सबैभन्दा लामो त्रैमासिक कमी हो ।

विदेशी लगानी घट्यो
त्यस्तैगरी विदेशी लगानी कोषहरूले पनि जुनमा भारतीय ऋणपत्रमा गरेको आफ्नो लगानी ६८ अर्ब ३० करोड भारू (१ अर्ब १ करोड डलर)ले घटाएका छन् । यो फेब्रुअरीयताकै सबैभन्दा ठूलो मासिक प्रवाह भएको नेशनल सेक्युरिटिज डिपोजिटरी लिमिटेडको तथ्याङ्कले देखाएको छ । गभर्नर राजनले जुन १८ मा सेप्टेम्बरमा आफ्नो कार्यकाल सकिएपछि पुनः गभर्नर नबन्ने अभिव्यक्ति दिएपछि पनि सबैभन्दा खराब प्रदर्शन गर्ने दोस्रो एशियाली मुद्रा भारू दबाबमा आएको थियो । एजेन्सी
 

सुधारिएको अमेरिकी अर्थतन्त्रलाई बेलायतको इयु छोड्ने निर्णयले कस्तो प्रभाव पार्ला ?

us economyसन् २०१६ को पहिलो त्रैमासमा अमेरिकी अर्थतन्त्रमा अनपेक्षित सुधार आएको एक सरकारी तथ्याङ्कले देखाएको छ । जनवरी–मार्च अवधिमा अमेरिकाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ दशमलव १ प्रतिशत बढेको अर्थ मन्त्रालयले बताएको छ । पहिलो त्रैमासको आर्थिक वृद्घि यसअघि गरिएको शून्य दशमलव ८ प्रतिशतको तुलनामा बढी हो । सो अवधिमा अमेरिकाको निर्यातमा उच्च वृद्घि भएका कारण अर्थतन्त्र फस्टाएको हुन सक्ने विश्लेषण गरिएको छ । यद्यपि सो अवधिमा उपभोक्ता खर्च भने सन् २०१४ को पहिलो त्रैमासयताकै सुस्त अर्थात् १ दशमलव ५ प्रतिशत बढेको तथ्याङ्क छ ।

स्वास्थ्य सेवाजस्ता सेवा क्षेत्रमा उपभोक्ताको खर्च घटेको र केही क्षेत्रमा अत्यधिक जाडो मौसमका कारण पनि उपभोक्ता खर्च गर्न सचेत भएको पाइएको छ । यसले दोस्रो त्रैमासमा अमेरिकी अर्थतन्त्रको सकारात्मक नतीजा आउने सङ्केत दिएको बताइएको छ । तर, बेलायतले गरेको यूरोपेली सङ्घ छोड्ने निर्णय भने अर्थतन्त्रका लागि केही टाउको दुखाइको विषय बन्न सक्ने धेरैको अनुमान छ । यो वर्ष अमेरिकी अर्थतन्त्र झण्डै २ दशमलव ४ प्रतिशत बढ्ने अर्थ्विद्हरूको अनुमान छ । एजेन्सी