नेष्डो समृद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

बैंकिङ खबर/ सर्वोच्च अदालतले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले दायर गरेको लाभांशसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशले आज यो रिटमा ‘अन्तरिम आदेश नहुने’ आदेश दिएको हो। योसँगै नेष्डो समृद्ध लघुवित्तले मुद्दा हारेको छ। गत जेठ ५ गते नेष्डो समृद्ध लघुवित्तले आफूहरुले प्रस्ताव गरेको लाभांश नै […]


तीन अर्ब बराबरको ऋणपत्र जारी गर्दै सिटिजन्स बैंक

बैंकिङ खबर/ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० वर्ष अवधि भएको “१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्न लागेको हो । बैंकले एक हजार रुपैयाँ अंकित दरमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋण पत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकका लागी […]


आधिकारिक व्यक्तिमात्रै बसेर करका दरसम्बन्धी निर्णय गरिएको हो : अर्थमन्त्री

बैंकिङ खबर/अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणमा बजेट तर्जुमा दिग्दर्शनमा उल्लेखित पदाधिकारी मात्रै बसेर करका दर निर्धारण गरिएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सदस्यहरुले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताबारे उठाएको जिज्ञासामा उहाँले आधिकारिक व्यक्ति मात्रै बसेर करका दरलाई वैज्ञानिक बनाइएको बताए । उनले गोप्य कोठामा आधिकारिक व्यक्तिमात्र बसेर […]


बजेटले मन्दीलाई सम्बोधन गर्न सकेन: उद्योग वाणिज्य महासंघ

बैंकिङ खबर/आगामी आर्थिक वर्षको बजेटले उत्साह बढाउने अपेक्षा गरिएको भएपनि तत्काल मन्दीको असर कम गर्ने उपाय अवलम्बन गर्न नसकेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ। मुलुकको अर्थतन्त्र मन्दीमा गएको अवस्थामा सरकारले ल्याएको बजेटले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने अपेक्षा थियो। महासंघले एक विज्ञप्ति प्रकाशित गरी निजीक्षेत्रलाई आर्थिक विकासको संवाहकको रूपमा आत्मसात […]


थप ११ ब्रोकर कम्पनीलाई ब्रोकर लाइसेन्स(सूचीसहित)

बैंकिङ खबर/ धितोपत्र बोर्डले दोस्रो चरणमा थप ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ। बोर्डले मापदण्ड पुगेका र पूर्वाधार तयार गरेका ११ कम्पनीलाई लाइसेन्स दिएको हो। नयाँ लाइसेन्स पाउनेमा, एलिट स्टक हाउस लि., इन्फिनिटी सेक्युरिटिज लि.,इन्डेक्स सेक्यूरिटिज लि.,शुभकामना सेक्यूरिटिज प्रा.लि.,मेघा स्टक मार्केट्स लि.,हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि.,मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि.,माछापुच्छ्रे, सेक्युरिटिज लि.,के .वि. एल. सेक्यूरिटिज […]


प्रमलाई सांसदहरुको प्रश्न, ‘भारत भ्रमणमा भारु सटहिका बारेमा के कस्ता सहमति भए ?’

बैंकिङ खबर/प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले राष्ट्र बैंकमा रहेका भारतीय नोटको विषयमा प्रश्न उठाएका थिए । हालै मात्रै भारतको भ्रमण गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुले उक्त विषयमा प्रश्न उठाएका हुन् । बैठकमा सांसद सुनिता बरालले भनिन्, ‘प्रधानमन्त्री ज्यू नेपाली बैंकमा अलपत्र रहेको करोडौं भारतीय रुपैयाँको सटहिका बारेमा के कस्ता सहमति भए ?’ यस्तै सांसद योगश […]


विदेशी पुनर्बिमा र दलाल कम्पनी नेपालमा सूचीकृत हुनुपर्ने

बैंकिङ खबर/अब नेपालमा व्यवसाय गर्न आउने विदेशी पुनर्बिमा कम्पनी र पुनर्बिमा दलाल कम्पनी नेपाल बीमा प्राधिकरणमा सूचीकृत हुनुपर्ने भएको छ । प्राधिकरणले बिमकको पुनर्बिमा निर्देशिका संशोधन गर्दै यस्तो प्रावधान राखेको हो । रीतपूर्वक निवेदन दिएका कम्पनीलाई प्राधिकरणले सूचीकृत गरी सूचीकरण नम्बर प्रदान गर्नेछ । यो नम्बर प्रत्येक वर्ष प्राधिकरणबाट नवीकरण गर्नुपर्नेछ । सूचीकरण नम्बर प्राप्त […]


कर्णालीमा बैंक खाता छोरीको कार्यक्रमलाई निरन्तरता

बैंकिङ खबर/कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले आइतबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारबाट सञ्चालित बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिइने प्रदेश प्रमुख तिलक परियारले बताए ।


थप कर लगाउने गरी आर्थिक ऐनमा व्यवस्था छैन: अर्थमन्त्री

बैंकिङ खबर/अर्थमन्त्री डा. प्रकाशशरण महतले थप कर लगाउने गरी आर्थिक ऐनमा कुनै व्यवस्था नगरिएको स्पष्ट पारेका छन् । आइतबार बिहान सेयर कारोबार बन्द गर्ने प्रयास गर्दै अर्थमन्त्रालय पुगेका सेयर लगानीकर्तासँगको छलफलमा मन्त्री महतले सरकारले थप कर लगाउने कुनै योजना नरहेको भन्दै चिन्तित नहुने आग्रह गरेका छन् । आन्दोलनतर सेयर लगानीकर्तालाई सम्बोधन गरेर मन्त्री महत बाहिरिएपछि […]


सरकार र लगानीकर्ताबीच सहमति

बैंकिङ खबर/ सरकार र शेयर बजारका लगानीकर्ताबीच सहमति भएको छ । पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति भएको हो । दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेपछि बजार खुलेको छ । सरकारले यस विषयमा सूचना जारी गरेको छ ।