म्युचुअल फण्डले आईपीओ ६ महिनासम्म बिक्री गर्न नपाउने

बैंकिङ खबर/अब सामुहिक लगानी कोष(म्युचुअल फण्ड) ले आईपीओ बाँडफाँट भएको ६ महिनासम्म बिक्री गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले सोमबार अब म्युचुअल फण्डलाई सेयर बाँडफाँट भएको ६ महिनासम्म आरक्षणको आईपीओ बेच्न प्रतिबन्ध लगाएको हो । बोर्डका अनुसार यो नियम आगामी कात्तिक २१ गतेबाट लागू हुने छ। बोर्डका अनुसार संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने […]


घरजग्गा कारोबार बढ्न थाल्यो

बैंकिङ खबर/घरजग्गा कारोबारमा क्रमिक सुधारको सङ्केत देखिन थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले अघिल्लो वर्षको असोजको तुलनामा चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार पाँच गुणा भन्दा धेरैले बढेको देखाएको हो । पछिल्लो तीन महिना अर्थात्‌ साउन, भदौ र असोजको कारोबारसम्बन्धी विभागको तथ्याङ्क हेर्दा क्रमिक रूपमा बढ्न थालेको पाइएको छ । गत साउनमा […]


नेपालीहरूको जनसंख्या भन्दा बैंक खाता झण्डै दोब्बर

बैंकिङ खबर/नेपालमा वास्तविक नेपालीहरूको संख्या भन्दा झन्डै दोब्बर संख्यामा बैंक खाता सञ्चालनमा रहेको पाइएको छ । वित्तीय ग्राहक संरक्षणका लागि नेपाल राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी विवरण पुस्तिका सार्वजनिक गर्दै केन्द्रीय बैंकले २०८० असार मसान्तसम्म बैंकहरुको निक्षेप खाताको संख्या ५ करोड ११ लाख ७७ हजार ९२३ पुगेको जनाएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालको […]


अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी

बैंकिङ खबर/ वृहत् आर्थिक नीति निर्माण र औद्योगिक एवं व्यवसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सझदारी भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरे । […]


विकास बैंकहरुको नाफामा सामान्य वृद्धि, कुनको कति ?

बैंकिङ खबर/विकास बैंकको नाफा भने सामान्य बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा राष्ट्रिय स्तरका विकास बैंकको नाफामा केही सुधार देखिएको हो । वाणिज्य बैंकको नाफा औसतमा १८ प्रतिशतले घट्दा विकास बैंकको नाफामा भने झिनो सुधार देखिएको छ । ८ वटा विकास बैंकको नाफा तीन महिनाको अवधिमा ०.९४ प्रतिशतले बढेको छ । तीन महिनामा […]


अब बैंकिङ समय अपराह्न ३ बजेसम्म मात्र

बैंकिङ खबर/आजबाट बैंकिङ समय अपराह्न ३ बजेसम्म मात्र हुने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक समयतालिका अनुसार आजबाट बैंकिङ समय १ घण्टा कम हुने भएको हो। राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म बैंकिङ समय रहने तोकेको छ। कात्तिक […]


अमेरिकी डलरको भाउ नयाँ उचाइमा, कमजोर बन्यो नेपाली मुद्रा

बैंकिङ खबर/अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । नेपाली मुद्रा अमेरिकी डलरसँग अहिले निकै कमजोर बन्दै र्गको छ । बुधबार भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर […]


असर्फीको कोटा, एक व्यक्तिले एक/एक सेट मात्र पाउने

बैंकिङ खबर/ केन्द्रीय बैंकले यसपटक सुनचाँदी असर्फीको बिक्री कोटा तोकेको छ । तिहारका बेला सर्वसाधारणबाट सुनचाँदीको सिक्का, तक्मा, मेडालियनको ठूलो माग हुने हुँदा बैंकले यसपटक कोटा तोकेको हो । सूचना अनुसार यसपटक प्रतिव्यक्ति एक-एक सेट सुन र चाँदीको असर्फी उपलब्ध गराइनेछ । सुनको असर्फी १ सेट (१० ग्राम, ५ ग्राम र २.५ ग्राम ) रहनेछ […]


उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिले माग्यो सर्वसाधारणबाट राय

बैंकिङ खबर/सरकारले गठन गरेको उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिले सर्वसाधारणबाट राय–सुझाव माग गरेको छ । ५ असोजका दिन मन्त्रिपरिषद्ले विद्याधर मल्लिककको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरेको थियो । समितिले १५ चैत भित्र अन्तिम प्रतिवेदन सरकारलाई बुझाउने कार्यभार पाएको छ । सोही प्रयोजनका लागि समितिले पुस मसान्तभित्र आइपुग्ने गरी राय–सुझाव मागेको हो । समितिले […]


प्रभु बैंकका सीईओ शेरचनविरुद्धको रिट खारेज

बैंकिङ खबर/उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्धको रिट खारेज गरेको छ। प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक मर्ज भएपछि शेरचनलाई सीईओमा पुनः निरन्तरता दिएपछि उनीविरुद्ध रिट परेको थियो। अधिवक्ता अनिता थापा केसीले उनको नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ को प्रावधानविपरीत रहेको भन्दै मुद्दा दायर गरेकी थिइन्। बैंक तथा […]