विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि

बैंकिङ खबर/ २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई २०८० फागुन मसान्तमा रु.१८७२ अर्ब ८२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।  अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब […]


फागुन महिनाको मुद्रास्फीति ४.८२ प्रतिशत, पहाडमा सबैभन्दा बढी

बैंकिङ खबर/ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको जानकारी […]


बैंक, वित्तसँग सम्बन्ध सुधारमा व्यस्त दुर्गा प्रसाईं, माफी माग्दै भाका थपिदिन आग्रह

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध निरन्तर आक्रमक अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईं पछिल्लो समय भने त्यस्तो गतिविधि पूर्णरुपमा छोडेर बैंक तथा वित्तीय संस्थासँग सम्वन्ध सुधार लागि परेका छन् । उनले अब उक्त अभियानको आफू संरक्षक बस्ने सोंच बनाएको बताउँदै नेतृत्व लिनको लागि अभियानका अगुवाहरुसँग अनौपचारिक रुपमा छलफलमा जुटेका छन् । झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन […]


बैंकमा थुप्रियो सुन

बैंकिङ खबर/नेपाल बैंकर संघका अनुसार अहिले बैंकमा १ सय १७ किलो सुन मौज्दात रहेको छ । फागुन मसान्तसम्म १ सय ९६ किलोसम्म मौज्दात थियो ।   राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । त्यस्तो सुन वाणिज्य बैंकले मात्र बिक्री गर्न सक्छन् । कोटा बढाएर दैनिक २० किलो वितरण गर्छन् । सिजनमा कोटा […]


सरकारी ऋणको साँवा–ब्याज तिर्न साढे पाँच खर्ब चाहिने

बैंकिङ खबर/आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋणको साँवा–ब्याजको दायित्व करिब रु पाँच खर्ब ५० अर्ब हाराहारी पुगेपछि सरकारलाई बजेटको स्रोत जुटाउन सकस परेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने राष्ट्रिय स्रोत अनुमान समितिले सरकारलाई आगामी आवको बजेटको सीमा (सिलिङ) पठाइसकेको छ । आगामी आवका लागि रु १८ खर्बको […]


१५ लघुवित्तले घोषणा गरे लाभांश, कुनको कति ?

बैंकिङ खबर/आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म १५ वटा लघुवित्त वित्तीय संस्थाले मात्रै लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ५५ लघुवित्त संस्थामध्ये १५ लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । यी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । हालसम्म आत्मनिर्भर लघुवित्त, जीवन […]


बजेटका लागि अर्थ मन्त्रालयमा मस्यौदा लेखन समिति गठन

बैंकिङ खबर/अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ बजेटका लागि मस्यौदा लेखन समिति गठन गरेका छन्। मन्त्री पुनले शुक्रबार अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन्। मस्यौदा लेखन समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन्। समितिमा रहेका शाक्य, आचार्यद्वय […]


सहकारीको समस्या व्यवस्थापनका लागि कर्जा सूचना केन्द्र स्थापना गरिने

बैंकिङ खबर/ सहकारी क्षेत्रको बढ्दो समस्या समाधानका लागि कर्जा सूचना केन्द्र स्थापनाको प्रस्ताव अघि बढेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले सहकारीको कर्जा लगानी र असुलीलाई व्यवस्थित गर्न प्रभावकारी कर्जा सूचना केन्द्रको स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् । बिहीबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा आफ्नो बिचार राख्दै उपाध्यक्ष श्रेष्ठले बैंक […]


गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

बैंकिङ खबर/ गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । गरिमा विकास बैंक लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको ३०४औं बैठकले विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई मिति २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । […]


श्रीलंकाको केन्द्रीय बैंकले घटायो स्थायी निक्षेप र ऋण सुविधा दर

बैंकिङ खबर/श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अंकले घटाएर क्रमश: ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ। केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति भने मध्यम अवधिमा पाँच प्रतिशतको वाञ्छित सीमामा कायम राख्ने प्रयास गरिएको छ। अर्थतन्त्रलाई निर्धारित लक्ष्यमा पुर्‍याउन आन्तरिक तथा बाह्य आर्थिक घटनाक्रमको विस्तृत […]