नेपाल पुनर्बीमा कम्पनीको बीमाशुल्क झण्डै ११ अर्ब

बैंकिङ खबर/ नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । अरू कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै गर्दा कम्पनीले भने बल्ल चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा निर्जीवन बीमा व्यवसायबाट ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ […]


सिइओ न्यौपानेले बागडोर सम्हालेपछिको एनआईसी एशिया बैंक

बैंकिङ खबर/ पाँच वर्षमा व्यवसाय र सञ्चालन नाफा चार गुणा वृद्धि गरेपछि एनआईसी एशिया बैंकको सञ्चालक समितिले रोशनकुमार न्यौपानेलाई अर्को चार बर्षलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय गरेको छ। एनआईसी एशिया बैंक लिमिटेडको कात्तिक १६ मा बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले रोशन कुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनःनियुक्त गरेको छ । हाल […]


सुस्तायो घरजग्गा कारोबार

बैंकिङ खबर/ भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा घरजग्गाको कारोबार ५२ प्रतिशतले कम भएको छ । यो वर्ष चार महिनामा कुल १ लाख २२ हजार २८२ लिखत पास भएका छन् । गत आर्थिक २०७८/७९ को यस्तै अवधिमा यस्तो संख्या २ लाख ५४ हजार ८१७ थियो । विभागका […]


एनआइसी एशिया बैंक : अब भिडियो कल गरेरै केवाइसी अद्यावधिक गर्न सकिने

बैंकिङ खबर/ ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यम केन्द्रीत गर्न थालेको एनआईसी एशिया बैंकमा भिडियो केवाइसी (V-KYC)बाटै ग्राहकहरूको व्यक्तिगत पहिचान विवरण अद्यावधिक गर्न सकिने भएको छ । घर वा अफिसबाटै आफ्नो खाताको केवाइसी विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहकले बैंकको वेबसाइट www.nicasiabank.com […]


सेवा प्रवाहको लागि उपयुक्त वातावरण बनाईदिन लघुवित्त बैंकर्स संघको माग(विज्ञप्तिसहित)

बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले सेवा प्रवाहको लागि उपयुक्त वातावरण बनाईदिन माग गरेको छ । कर्मचारीमाथि सांघातिक आक्रमण गरि गम्भिर चोट पुर्‍याएपछि संघले सेवा प्रवाहको वातावरण बनाईदिन आग्रह गरेको हो । विगत लामो समय देखि लघुवित्त विरुद्धमा केहि समूहले लघुवित्तको कारोबारलाई बाधा पुर्‍याउने, कर्मचारीहरुलाई धम्कि दिने र अनावश्यक आक्षेप […]


तरलता प्रवाह दोब्बरले बढ्यो

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २३ खर्ब ५५ अर्ब रुपैयाँ बढी तरलता बैंकिङ प्रणालीमा पठाएको छ। राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चालुु आर्थिक वर्षको तेस्रो महिना अर्थात असोजमा बैंकिङ प्रणालीमा कुल २३ खर्ब ५५ अर्ब ९ करोड रुपैयाँ तरलता प्रवाह गरेको जनाएको हो। अघिल्लो वर्षको […]


विद्युतीय भुक्तानीबाट हुने कारोबार बढ्दो   

बैंकिङ खबर/ प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीमा वृद्धि भएको छ ।   केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्कानुसार विद्युतीय भुक्तानीमा वृद्धि भएको पाइएको हो । गत आर्थिक वर्षको तुलनामा चालु आवको पहिलो तीन महिनामा विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य वृद्धि भएको देखिन्छ […]


यी हुन् लाभांश घोषणा गर्ने १० वाणिज्य बैंक

बैंकिङ खबर/२६ वाणिज्य बैंकमध्ये हालसम्म १० वटा बैंकले लाभांश घोषणा गरेका छन् । बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स, एनसीसी, स्टयान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, सानिमा, एभरेष्ट, मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश घोषणा गरेका हुन् । अहिलेसम्म लाभांश घोषणा गरेका बैैंकमध्ये सबैभन्दा बढी बैंक अफ काठमाण्डूको रहेको छ भने सबैभन्दा कम मेगााको रहेको छ । बैंक […]


विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि

बैंकिङ खबर/चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेर २ खर्ब ८१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ […]


विदेशी मुद्राको सञ्चिति १३ करोड डलरले बढ्यो

बैंकिङ खबर/चालु आर्थिक वर्षको तीन महिनामा विदेशी मुद्राको सञ्चिति १३ करोड डलरले बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार भदौंभन्दा असोजमा विदेशी मुद्राको सञ्चिति बढेको हो । भदौ मसान्तमा ९ अर्ब ३५ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर पुगेको हो । साउन […]