अर्धवार्षिक समीक्षा: सरकारले २ खर्ब बजेट घटायो (पूर्णपाठ)

बैंकिङ खबर/ सरकारले चालू आर्थिक वर्षको बजेट २ खर्ब २० अर्ब रुपैयाँले घटाएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको हो । चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । यो बजेटलाई […]


निर्यात ७.२ प्रतिशत, आयात ३.८ प्रतिशतले घट्यो

बैंकिङ खबर/ आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा निर्यात र आयातमा कमी आएको छ। पुस महिनाको अवधिमा कूल वस्तु निर्यातमा ७.२ प्रतिशत र आयातमा ३.८ प्रतिशतले कमी आएको हो। अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्यातमा कमी हुनुमा उत्पादन कम्पनीहरूले गति लिन नसक्नु् नै मुख्य कारण रहेको बताए। अर्थमन्त्री महतले आयातमा कमीबारे सम्बन्धित […]


आर्थिक अनुशासन नभए अर्थतन्त्र सुध्रिन्न : अर्थमन्त्री

बैंकिङ खबर/ अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था सुध्रिदै गएको बताएका छन् । अर्थमन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बजेटकाे अर्ध वार्षिक समीक्षा गर्दै अर्थमन्त्री महतले राजस्व वृद्धिदर ९ दशमल ६७ प्रतिशतले बढेको बताए । जुन यसअघि ऋणात्मक थियो । ‘राजस्व संकलन वृद्धि हुने गरी सरकारले काम गरिरहेको छ ,’अर्थमन्त्रीले भने,’ राजस्व बढाउनेबारे सरकारले समिति […]


स्टार्टअप कर्जा : दोस्रो वर्षदेखि साँवाब्याज तिर्नुपर्ने, नतिरे पासपोर्ट र सम्पत्ति रोक्का हुने

बैंकिङ खबर/ सरकारले स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘स्टार्टअप उद्यम कर्जा’ दिने तयारी गरेको छ । यसका लागि सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० ल्याएको थियो । कार्यविधिअनुसार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको प्रतिष्ठानले माघ १९ गते २१ दिनभित्र प्रस्ताव […]


सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रियसभाबाट स्वीकृत

बैंकिङ खबर/सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। सोमबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्पत्ति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। उक्त […]


बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा गर्दै सरकार

बैंकिङ खबर/ सरकारले आज चालु आर्थिक वर्षको बजेट कार्यान्वयन खर्च तथा आम्दानीको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । अर्थमन्त्रालयले सोमबार दिउँसो ३ः३० बजे समीक्षा रिपोर्ट (प्रतिवेदन) सार्वजनिक गर्ने गरी पत्रकार सम्मलेन राखेको छ । साउनदेखि पुस मसान्तसम्मको सरकारी आय व्ययको खाता ४८ अर्ब ४६ करोडले घाटामा देखिएको छ । २०८० पुस मसान्तसम्म ५ खर्ब १८ […]


मौद्रिक नीति समीक्षा पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समीक्षामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ कार्यालय समयपछि बस्ने गरी बोलाइएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि छलफलको एजेण्डा रहेको राष्ट्र बैंकले जनाएको छ । साँझ ५ बजेपछिका लागि सञ्चालक समितिको बैठक बोलाइएको छ । सञ्चालक समितिले स्वीकृत गरेमा राष्ट्र बैंकले मौद्रिक […]


आगामी बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छः अर्थमन्त्री

बैंकिङ खबर/अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा आज तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी आवको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताए […]


‘बजेट वाच’ को अर्धवार्षिक समीक्षा: बजेट कार्यान्वयनमा प्रगति

बैंकिङ खबर/ गत आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ६ महिनाको दाँजोमा चालु आव २०८०/८१ को पहिलो ६ महिनामा बजेट कार्यान्वयन प्रक्रियाले गति लिएको पाइएको छ । नेपाल उद्योग परिसंघले आर्थिक पत्रकार समाज (सेजन) र पायोनियर ल फर्मसँगको सहकार्यमा गर्दै आएको ‘बजेट वाच’ को अर्धवार्षिक समीक्षाले यस्तो देखाएको हो । गत वर्ष ६ महिना अवधिमा […]


आगामी आर्थिक वर्षको बजेटका लागि २२ खर्बको सिलिङ बनाइँदै

बैंकिङ खबर/ ८ प्रतिशत वृद्धिको लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट करिब २२ खर्बको बनाउने गरी तयारी भएकाे छ। अहिले राष्ट्रिय याेजना आयाेगमा स्राेत समितिकाे बैठक निरन्तर बसिरहेकाे छ। नेपाल राष्ट्र बैंक र मन्त्रालयहरूले १८ खर्बको बजेटलाई प्रस्ताव ल्याएका छन्। तर, समितिमा भने बजेट २२ खर्ब पुर्‍याउने गरी छलफल भएकाे हो। योजना आयोगले अर्थमन्त्रालयलाई […]