कृषिमा वित्तीय लगानी पौने ७९ अर्ब पुग्यो, पशुपालनमा सबैभन्दा धेरै

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले कृषिमा लगानी उल्लेख्य रुपमा बढाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०७२/७३ मा कृषि क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ७८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो आर्थिक वर्ष २०७१/७२ को तुलनामा  करिब २१ प्रतिशत बढी लगानी गरेका हुन् […]


काठमाडौं–तराई मधेश द्रुतमार्गमा सरकारको आफ्नै लगानी

प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं–तराई मधेश द्रुतमार्ग कुनै पनि विदेशी कम्पनीलाई दिने सोचमा आफू नरहेको बताएका छन् । प्रधानमन्त्रीले भने, ‘द्रुतमार्ग नेपालले नै बनाउनुपर्छ भन्ने अघिल्लो सरकारको निर्णय मेरै पहलमा भएको हो । त्यतिबेला म उच्चस्तरीय राजनीतिक समितिको संयोजक थिएँ । मेरै जोडबलमा केपी ओलीजीको सरकारले त्यो निर्णय गरेको हो । द्रुतमार्ग विदेशी कम्पनीलाई दिने भन्नेबारे […]


एक वर्षमा नेपालमा भित्रियो १५ अर्ब वैदेशिक लगानी

गत आर्थिक वर्षमा नेपालमा १५ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी भित्रिएको छ । एक वर्षमा उद्योग विभागले रु. १५ अर्ब १४ करोडको वैदेशिक लगानी प्रतिवद्धता भएका कुल ३४१ वटा विदेशी संयुक्त लगानीका परियोजनाहरुलाई स्वीकृति प्रदान गरेको हो । प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता रकममा अघिल्लो आर्थिक वर्षको तुलनामा ७७.५ प्रतिशतले ह्रास आएको हो । वैदेशिक लगानीका […]


तामाकोसी तेस्रो र तमोर जलविद्युत् आयोजनामा लगानी गर्न ताकेता गर्दै चिनियाँ कम्पनी

सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सिएमइसी)ले नेपालको दुई महत्वपूर्ण आयोजनामा लगानी गर्न चासो देखाएको छ । सो कम्पनीले तामाकोसी तेस्रो र तमोर जलविद्युत् आयोजनामा लगानी गर्न आफू तयार रहेको भन्दै सरकारसँग प्रस्ताव गरेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा रहँदा नै चिनियाँ कम्पनीले निर्माणको प्रस्ताव गरेको थियो । […]


एक वर्षमा झन्डै ४ अर्ब लगानी गर्दै गरीबी निवारण कोष, यस्ता छन् कार्यक्रमहरु

गरिवी निवारण कोषले चालु आर्थिक बर्ष २०७३/७४ मा तीन अर्ब ८२ करोड २८ लाख ६६ हजार रुपैयाँ लगानी गर्ने भएको छ । मंगलबार र बुधबार राजधानीमा सम्पन्न  बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा कोषले आफ्नो योजना सार्वजनिक गरेको हो ।  कोषले नियमित ५५ र बिषेश कार्यक्रम सञ्चालित तीन गरि ५८ जिल्लामा उक्त रकम लगानी गर्ने […]


ठूला जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाइने : सरकारले बनायो यस्तो योजना

सरकारले जलविद्युत् आयोजना निर्माणका लागि नागरिक र सम्बद्ध निकायलाई सार्वजनिक आह्वान गर्ने भएको छ । जलविद्युत् आयोजनामा नागरिकको स्वामित्व स्थापित गर्न र स्वदेशी लगानीमा नै अगाडि बढाउनका लागि सोही अनुरुपको आह्वान गर्न लागिएको हो । सरकारकै निकायका रुपमा रहेको कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा संस्थान, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गतको कामदार कल्याणकारी कोष, सामाजिक […]


यसरी बढ्दैछ घरजग्गा कारोबार : बैंक तथा वित्तीय संस्थाको लगानी साढे दुई खर्ब  

पछिल्लो समय घरजग्गा कारोबार अत्याधिक बढेको छ । खासगरी बढ्दो बसाइँसराइले घरजग्गा कारोबार बढेको देखिएको छ । सकेसम्म सहरी क्षेत्रमा बस्ने रुचि, कमाइपछि पहिलो आम्दानी घरजग्गामा लगानी गर्नेक्रम बढेपछि कारोबार बढेको हो । ग्रामीण र पहाडी इलाकाबाट सहरी क्षेत्रमा बसाइँसराइको चाप बढेकोले जग्गा किनबेच बढिरहेको छ । भूकम्पपछि घर भत्किएकाले नयाँ घर बनाउनको लागि पनि […]


२ बर्षभित्र ७० अर्ब रुपैयाँ लगानी थप गर्दै एनसेल 

मोबाईल सेवाप्रदायक एनसेल प्रालि र एक्जिएटा ग्रुप बर्हाद (एक्जिएटा)ले मंगलबार एनसेलको रिब्रान्डिङको घोषणा गरेको छ । मंगलबारदेखि रिब्रान्डिङ कम्पनीले एनसेल–एक्जिएटा भएको कम्पनीको नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ । कम्पनीले नयाँ ब्रान्डमा रूपान्तरणसंगै आधुनिक प्रविधि, नवीनता र डिजिटलाइजेसनलाई अपनाउँदै नेटवर्क विस्तार गर्ने र सम्पूर्ण ग्राहकका सञ्चारलाई अझ सुदृढ गर्ने कार्यमा थप ध्यान केन्द्रित हुने जनाएको […]


घरेलु उद्योगमा किन बढ्दैछ लगानी ? हेर्नुस्, ५ कारणहरु

पछिल्ला पाँच वर्षमा घरेलु तथा साना उद्योगमा लगानी बढेको छ । आर्थिक वर्ष ०६८/६९ मा घरेलु तथा साना उद्योगमा ५ अर्ब ६ करोड रुपैयाँ लगानी भएकोमा आव ०७२/७३ सम्म आइपुग्दा १७ अर्ब ८ करोड रुपैयाँ लगानी पुगेको घरेलु तथा साना उद्योग विभागले जनाएको छ । घरेलु तथा साना उद्योगमा आव ०६८/६९ मा ५ अर्ब ६ करोड […]


विद्युतबाट जाग्यो आशा : ‘बैंकिङ लगानी १ खर्ब नजिक’

पछिल्ला वर्षहरुमा उर्जा क्षेत्रमा लगानी बढाईरहेका बाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७२/७३ मा यो क्षेत्रमा साढे ८२ अर्ब करोड रुपैयाँ लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार विभिन्न २६ वटा बणिज्य बैंकहरुले झण्डै ५० वटा निर्माणाधीन जलविद्युत आयोजनामा गत असारसम्म ८२ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका हुन् । केन्द्रीय बैंकले जलविद्युतमा बाणिज्य बैंकहरुले निश्चित लगानी […]