आस्वा प्रणाली के हो ? यसबाट कसरी दिने सेयर आवेदन ?

बैंकिङ खबर/ धितोपत्र (सेयर)को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो ।  कसरी चल्छ आस्वा प्रणाली लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ । धितोपत्रको आवेदनका लागि अनुमति […]


नागरिक बचतपत्र के हो ? कसरी किन्ने (जान्नुहोस् विस्तृतमा)

नागरिक बचतपत्र मध्यम तथा दिर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका नागरिक बचतपत्र ५, १० र १२ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारले आवश्यकतानुसार यो बचतपत्रको अवधि निर्धारण गर्दछ । अर्थतन्त्रमा छरिएर रहेको स–सानो बचत रकम परिचालन गर्न सर्वसाधारण नेपाली नागरिकहरूलाई उचित प्रतिफल सहितको सुरक्षित लगानी […]


के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

बैंकिङ खबर/ ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा […]


के हो बेस रेट (आधार दर) ?

बैंकिङ खबर । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर ( बेस रेट) हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्दछ । आधार दर भन्दा बढी कुनै पनि बैंक तथा बित्तीय संस्था […]


सरकारको आर्थिक संकट यसरी पूरा गर्छ राष्ट्र बैंकले (नीतिगत प्रक्रियासहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा राष्ट्र ऋण ऐन, २०५९ मा भएको व्यवस्थाअनुसार नेपाल सरकारको तर्फबाट आन्तरिक ऋण उठाउने कार्य नेपाल राष्ट्र बैंकले गर्दछ । प्रत्येक वर्ष नेपाल सरकारको वार्षिक बजेटमा उल्लेख भए बराबरको आन्तरिक ऋण उठाउन नेपाल सरकार, अर्थ मन्त्रालयबाट नेपाल राष्ट्र बैंकलाई अनुरोध गरी पत्र लेखिन्छ । उक्त पत्र प्राप्त भएपछि […]


साधारणसभा : कसरी गर्ने निर्णयहरु ? किन छ महत्व ?

बैंकिङ खबर । साधारणसभा भन्नाले कम्पनीको शेयर पूँजीमा हक भएका शेयरवालाहरूको संयुक्त बैठक भन्ने बुझिन्छ । सामान्यतया हरेक वर्षमा एकपटक शेयरवालाहरूले कम्पनीको विविध पक्षका बारेमा छलफल गर्नका लागि औपचारिक कार्यक्रम गर्ने गरिन्छ । सोही औपचारिक कार्यक्रमलाई साधारणसभा भनिन्छ । साधारणसभालाई शेयरवालाहरूले कम्पनीको व्यवस्थापनलाई नियन्त्रणमा लिने कानूनी एवम् व्यावहारिक माध्यमका रुपमा पनि लिन सकिन्छ । साधारणसभा […]


व्यापार घाटा र यसलाई कम गर्ने उपायहरु

बैंकिङ खबर । आयात र निर्यात बीचको भिन्नतालाई व्यापार ब्यालेन्स भनिन्छ । तर एक देशले निर्यात भन्दा अधिक आयात गर्दछ भने यसलाई व्यापार घाटा भनिन्छ । यसको मतलब यो हो कि देशले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न पर्याप्त सामान र सेवाहरू उत्पादन गर्न सक्षम छैन, त्यसैले यसलाई अन्य देशहरूबाट आयात गर्नुपर्दछ । यसको विपरित, जब एक […]


प्रतितपत्र (एलसी) के हो ?

-लेखनाथ पोखरेल- के कामका लागि एलसीको कारोबार गर्नुपर्छ । कसरी गरिन्छ र त्यसका लागि के-के कागजात चाहिन्छन् ? प्रतीतपत्र भन्नाले ग्राहकको (आयातकर्ता र निर्यातकर्ता) अनुरोधमामा बैंकले ग्यारेन्टी बसिदिने एक बैंकिङ प्रक्रिया हो । यस्तो कारोबार सामान्यतया अन्तर्राष्ट्रिय कारोबारमा प्रयोग गरिन्छ । जसबाट, आयातकर्तामाथि निर्यातकर्ताले कारोबारको भुक्तानी पाउने विश्वसनीयता प्रत्याभूत गरेको हुन्छ । यसमा आयातकर्ता ग्राहकले […]


नेपालमा डिजिटल बैंकिङ : साझा रुची र चासोको विषय बन्दै

बैकिङ खबर । डिजिटल बैंकिङ अर्थात भौतिक रुपमा उपस्थित नभइ आधुनिक सूचना तथा प्रविधिको उपयोग गरेर गरिने बैंकिङ प्रणाली, अर्थात डिजिटल बैंकिङ एक नयाँ युग हो, अब हामीले पहिलेको जस्तो पैसाको लेनदेन गर्नका लागि बैंकको शाखाहरुमा धाइरहन पर्दैन । घरमै बसेर केही मिनेटमै कम्प्यूटर, ल्यापटप र स्मार्टफोन आदिको प्रयोगबाट सबै बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिन्छ […]


वित्तीय व्यवस्थापन के हो ? कसरी गर्ने ?

बैंकिङ खबर । वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञान पनि वित्तीय साक्षरताको अर्को उद्देश्य हो । कसरी वित्तीय व्यवस्थापन गर्ने । स्रोत कहाँबाट जुटाउने, कहाँ लगानी गर्ने, आय विश्लेषण, लगानी विश्लेषण कर्मचारी भर्ना विधि, पूँजीगत निर्णय, सम्पत्ति दायित्व, आम्दानी खर्च नगद प्रवाह, रुपैयाँको वर्तमान तथा भविष्यको मूल्यजस्ता वित्तीय व्यवस्थापनको ज्ञान दिनु पनि वित्तीय साक्षरता नै हो। व्यवसायको विकास […]