‘नेपाल टेलिकम’ एपमा थप सुविधा उपलब्ध

बैंकिङ खबर/  नेपाल टेलिकमको एपमा सेवाग्राहीका लागि उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने गरी अपडेट गरिएको छ।  नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्जसमेत गर्न सकिने छ। त्यसैगरी आफ्नो जानकारी (केवाईसी) अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न […]


‘ट्वीट’ बाटै पैसा कमाएर बैंकको ऋण तिर्दै एलन मस्क

बैंकिङ खबर/ एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्न सहयोग गर्ने बैंकलाई ट्वीटबाटै पैसा कमाउने नयाँ तरिका अपनाएर कर्जा चुक्ता गर्ने बताउनुभएको छ । उहाँले यसका लागि कम्पनीको कार्यकारी र बोर्डको तलबमा कटौति गर्ने अनि ट्वीटहरु मार्फत पैसा कमाउन मिल्ने प्रक्रिया स्थापित गराउने बताउनुभयो । गएको सोमबार मस्कले प्रति शेयर मूल्य ५४.२० डलरमा कूल […]


नेपाली बैंकिङमा भारतीय डिजिटल भित्रिँदै, यस्ता छन् फाइदा

बैंकिङ खबर/ एउटा लेजर सिष्ट्रमबाट सुरुवात भएको नेपालको बैंकिङ इतिहास अहिले डिजिटलाइजेशनसम्म आइपुगेको छ । विश्व प्रविधिको बजारमा अत्याधुनिक प्रविधिमार्फत ग्राहकले सेवा लिइरहेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषले पनि प्रविधिको भरपुर प्रयोग गरि डिजिटल बैंकिङको विकास गर्ने सोचलाई प्राथमिकतामा राखेको छ भने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपालका बैंक तथा वित्तीय संस्थाहरुले पनि […]


नेपाल टेलिकमले ल्यायाे अल नेट भ्वाइस प्याक अफर

बैंकिङ खबर/ नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको छ। हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक उपलब्ध गराउन लागेको हो। यसका साथै सेवाग्राहीको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका […]


सुबिसुद्वारा नेपालकै सबैभन्दा ठूलो ‘मोडुलर डेटा सेन्टर’ सञ्चालन

बैंकिङ खबर/ सुबिसुले नेपालमा हालसम्मकै सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । कोरोना महामारीकाबीच कम्पनीले करिब दुई वर्ष लगाएर बालुवाटरमा तयार पारेको डेटा सेन्टर औपचारिक रुपमा प्रयोगमा आएको हो । डेटा सेन्टरका लागि आवश्यक र्याक, स्वीच लगायतका सबै सामग्री भर्टिभबाट ल्याइएको कम्पनीका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) रामकृष्ण परियारको भनाइ छ । करिब अढाई […]


क्यान इन्फोटेक २०२२ को ८० प्रतिशत स्टल बुक

बैंकिङ खबर/ आगामी वैशाख ७ गतेदेखि वैशाख १२ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने आइएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यूआरको ८० प्रतिशत स्टल बुकिङ पूरा भएको छ। सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औँ संस्करण यसअघि कोभिड १९ तथा सोहीसम्बन्धी नेपाल सरकारका निर्णयहरुलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको एवं विगतमा सबै […]


डिजिटल बैंकिङमा छलाङ : क्युआर कोडले यसरी मार्‍यो फड्को

बैंकिङ खबर/ पछिल्लो समय विद्युतीय भुक्तानी गर्नेको संख्यमा उल्लेख्य वृद्धि भएको छ । दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा सहजरुपमा विद्युतीय भुक्तानी गर्न सकिने भएपछि कारोबारको मात्रामा वृद्धि भएको हो । सर्वसुलभरुपमा उपलब्ध भएको क्यूआर कोड भुक्तानीका कारण नागरिकको जीवनसमेत सहज भएको छ । नगद नै नभएपनि दैनिक जीवनयापन गर्न सकिने भएकाले पनि विद्युतीय भुक्तानीका विभिन्न […]


नेपालकाे भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति

बैंकिङ खबर/ केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनु पर्थ्याे । ८० रूपैयाँ बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका लागि बिताउनु पर्दा अरु महत्वपूर्ण काम छुट्थे । तर, आज त्यो अवस्था छैन । विज्ञान तथा प्रविधिको क्षेत्रमा […]


क्यान इन्फोटेकको २७ औं संस्करण वैशाख ७ देखि १२ गतेसम्म हुने

बैंकिङ खबर/ क्यान इन्फोटेकको २७ औं संस्करण मिति २०७९ साल वैशाख ७ गते  देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । यसअघि क्यान इन्फोटेकको २७ औं संस्करण २०७८ साल बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म पहिलो पटक र २०७८ साल माघ १८ गते देखि २३ गतेसम्म दोश्रो पटक हुने गरी संपुर्ण तयारी गरिसकिएकोमा कोभिड-१९ […]


डिजिटल भुक्तानीमा अन्तरआवद्धता बढ्दो, फोनपे नेटवर्कमा प्रभुपे आबद्ध

बैंकिङ खबर/ पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता कायम गर्ने क्रम बढिरहेको छ । यसैक्रममा नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र प्रभु टेक्नोलोजिबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको छ । अन्तरआवद्धता सम्बन्धी बुधबार एक कार्यक्रमकाबीच जानकारी दिइयो । यस सहकार्यसँगै अब प्रभुपे फोनपे नेटवर्कमा आबद्ध भएको छ । […]