जीवन बीमा कम्पनीले ४ प्रतिशतले बढाए व्यवसाय

बैंकिङ खबर/जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष मंसिर मसान्तसम्म ६१ अर्ब ७५ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार मंसिरसम्म १४ जीवन र तीन लघु जीवन बीमा कम्पनीले ६१ अर्ब ७५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन्। यो प्रिमियम रकम पोहोर ५ महिनाको तुलनामा ३.७५ प्रतिशत बढी हो। गत आर्थिक वर्ष मंसिरसम्म […]


हिमालयन लघुवित्त शाखा कार्यालय विरुवागुठीद्वारा बीमा दाबी रकम भुक्तानी

बैंकिङ खबर/ हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरुवागुठी, पर्साले बिमा दावी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला पर्सागढी गा.पा.वडा नं.८,हरपुर टोलमा रहेको केन्द्र नं.०९ कि सदस्य श्रीमति देवन्ती देवी रामको श्रीमान् बिरेन्द्र रामको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराइएको हो । सदस्य श्रीमति देवन्ती देवी रामले संस्थाबाट रु.८०,००० कर्जा […]


सानिमा रिलायन्स लाईफले साधारणसभा माघ ११ गते

बैंकिङ खबर/सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले छैठौं वार्षिक साधारणसभा माघ ११ गते अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, साविक सानिमा लाईफ र रिलायन्स लाईफको आर्थिक वर्ष २०७८/७९को लेखापरीक्षको […]


प्राधिकरणद्वारा तीन निर्जीवन बीमा कम्पनीलाई नगद जरिवाना

बैंकिङ खबर/ बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले तीन वटा निर्जीवन बीमा कम्पनीहरुमाथि नगद जरिवाना गरेको छ । प्राधिकरणको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले नियमनमा कडा बन्दै एकैपटक तीन कम्पनीलाई कारवार्ही गरेको हो । प्राधिकरणका अनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सलाई २–२ लाख रुपैयाँ नगद […]


बीमा प्राधिकरणद्वारा चार कृषि बीमालेख जारी

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले एकैपटक ४ बालीको बीमालेख जारी गरेको छ । बाली तथा पशुपंक्षी व्यवसायमा भएका जोखिम तथा अनिश्चिततालाई कम गर्न दलहन बाली, आपँ खेती, ओखर खेती तथा संशोधित पंक्षी बीमालेख जारी गरेको हो । प्राधिकरणले आगामी पुस १६ गतेदेखि लागू हुने गरी यी बीमालेख जारी गरिएको बताएको छ ।


सूर्यज्योति लाइफको १ वर्ष : ५७९ जनालाई प्रत्यक्ष रोजगारी, ८ अर्बले बढ्यो बीमा कोष

बैंकिङ खबर/जीवन बीमा कम्पनीहरुमध्ये पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पूरा गरेको छ। यस अवधिमा आफूलाई अझै दह्रिलो रुपमा उभ्याउन सफल भएको कम्पनीले जनाएको छ। ‘एक वर्षको अवधिमा अझै विस्तारित शाखा सञ्जाल, परिष्कृत बीमा योजनाहरु र ग्राहकमैत्री सेवा पस्केर ऐतिहासिक सफलताको बाटोमा लम्किने प्रयास जारी राखेको छ’, कम्पनीले […]


बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा आमुल परिवर्तन गर्न आवश्यकः अर्थमन्त्री

बैंकिङ खबर/अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा धेरै परिर्वतन गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार ललतिपुरमा बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् । उनले बीमा क्षेत्रमा भएका विकृति र विसंगतिहरु नियन्त्रण गर्न प्राधिकरणले प्रभावकारी भुमिका खेल्न आवश्यक रहेको बताए । उनले प्राधिकरणले बीमा कम्पनी […]


नेपाल लाइफद्वारा ६९.६२ अर्बको दाबी भुक्तानी

बैंकिङ खबर/नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा ६९.६२ अर्व दाबी भुक्तानी गरेको छ। यस अवधिमा मृत्यु दाबी भुक्तानी बापत ५.६८ अर्व, परिपक्व दाबी भूक्तानी बापत १९.७८ अर्ब र अग्रिम दाबी भुक्तानी बापत २३.४४ अर्व दाबी भुक्तानी गर्दै नेपालको बीमा क्षेत्रमा सर्वाधिक दावी भुक्तानी गर्ने कम्पनीको रुपमा नेपाल लाइफ स्थापित भएको छ। नेपालको बीमा […]


बीमा कम्पनीको नाफामा वृद्धि

बैंकिङ खबर/बीमा कम्पनीहरूको नाफामा भने दोहोरो अंकको वृद्धि देखिएको छ । चालू आर्थिक वर्ष ०८०/८१ को पहिलो त्रैमासमा जीवन तथा निर्जीवन बीमाहरूको खुद नाफा औसतमा २७ प्रतिशतले बढेको छ । हाल नेपालमा १४–१४ वटा जीवन तथा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । समीक्षा अवधिमा वाणिज्य बैंकहरूको […]


समयमै बिमा क्षतिको प्रतिवेदन तयार गर्न प्राधिकरणको निर्देशन

बैंकिङ खबर/ नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनी र बिमा सर्भेयर एकअर्काका परिपूरक भएकाले दुवै संस्थाले सानातिना समस्याहरू समाधान गर्दै विश्वसनीय ढंगले काम गर्नुपर्ने बताएका छन्। नेपाल बिमा प्राधिकरणद्वारा काठमाडौंमा आयोजित नेपाल बिमक संघ र नेपाल बिमा सर्भेयर संघसँगको अन्तर्क्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘बिमा सर्भेयरको विज्ञताका आधारमा […]