मर्जरमा बीमा कम्पनी : १९ कम्पनीले पाए बीमा समितिबाट सहमति

बैंकिङ खबर/ पछिल्लो समय बीमा कम्पनीहरूबीच धमाधम मर्जर तथा एक्विजिसन हुन थालेको छ । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएसँगै इन्स्योरेन्स कम्पनीहरुले मर्जरको बाटो अवलम्बन गर्न थालेका हुन् । बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि अहिले बीमा कम्पनीहरू मर्जर तथा प्राप्तिको दबाबमा छन् । समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम […]


नेपाल लाइफको सीईओमा प्रवीण रमण नियुक्त

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुलीलाई नियुक्त गरिएको छ। कम्पनीको गत असार ३१ गते बसेको सञ्चालक समितिको ३४१औँ बैठकले रिक्त पदमा वरिष्ठ नायब सीईओ पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो। उहाँलाई बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को निर्देशन नं। २८ अनुसार नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव […]


सगरमाथा इन्स्योरेन्सको वार्षिकोत्सवमा रक्तदान

बैंकिङ खबर/ सगरमाथा इन्स्योरेन्स कम्पनीले २६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले आफ्नो स्थापनाको २६ औं वर्ष पार गरी २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम साउन २ गते कम्पनीको प्रधान कार्यालय, नक्सालमा भएको थियो । कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले […]


हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार शुरु

बैंकिङ खबर/ हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार शुरु भएको छ । एक आपसमा मर्जरमा भएपछि दुई कम्पनीले आइतबारबाट एकीकृत कारोबार शुरु गरेका हुन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट कारोबार शुरु भएको हो । कम्पनीले आगामी दिनमा बीमालाई सबैको पहुँचमा पुर्याउने लक्ष्य लिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले अब […]


अजोड इन्स्योरेन्स प्रभु इन्स्योरेन्समा गाभिने, सीईओमा बज्राचार्य

बैंकिङ खबर/ अजोड इन्स्योरेन्स प्रभु इन्स्योरेन्समा गाभिने भएको छ । मर्जरमा जानको लागि दुई कम्पनीबीच असार ३२ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई इन्स्योरेन्सबीच १०० बराबर ७० को स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता भएको प्रभु इन्योरेन्सका अध्यक्ष कुशुम लामाले बताउनुभयो । यससँगै अजोड इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेले प्रभु इन्स्योरेन्सको ७० कित्ता […]


धमाधम मर्जरमा जाँदै बीमा कम्पनी, १७ कम्पनीले गरे प्रारम्भिक सम्झौता

बैंकिङ खबर/ पछिल्लो समय बीमा कम्पनीहरूबीच धमाधम मर्जर तथा एक्विजिसन हुन थालेको छ । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएसँगै इन्स्योरेन्स कम्पनीहरुले मर्जरको बाटो अवलम्बन गर्न थालेका हुन् । बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि अहिले बीमा कम्पनीहरू मर्जर तथा प्राप्तिको दबाबमा छन् । समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम […]


प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्ज हुने

बैंकिङ खबर/ प्रभु लाइफ ईन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंको अलफ्ट होटलमा दुई कम्पनीका अध्यक्षले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीमा एक आपसमा गाभिनका लागि दुबै कम्पनीको सेयर स्वाप रेसियो १ः१ अनुपातमा रहने उल्लेख छ । यस्तै दुबै कम्पनी […]


लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभाः मर्ज गराउने जिम्मा सञ्चालक समितिलाई

बैंकिङ खबर/ लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । असार २९ गते सम्पन्न इन्स्योरेन्सको १७ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश पाउने छन् । […]


बीमा समितिद्वारा म्यादी बीमामा पुल प्रणाली खारेज

बैंकिङ खबर/ वैदेशिक रोजगारी जाने श्रमिकको म्यादी बीमा पुल प्रणालीमार्फत् नहुने भएको छ । बीमा समितिले म्यादी बीमामा पुल प्रणाली खारेज गर्दै १ साउनदेखि बीमा कम्पनीहरुबाटै सेवा लिन सकिने गरी व्यवस्था गरेको छ । १ माघ २०७५ मा समितिले म्यादी बीमा पुलमार्फत् गर्न सकिने व्यवस्था गरेको थियो । त्यसपछि कम्पनीहरुले संयुक्त कोष खडा गरेर म्यादी […]


सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सबीच मर्जर सहमति

बैंकिङ खबर/ सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ  इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् । आज बिहान  ९  बजे होटल मेरियटमा  दुबै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै सानिमा  र रिलायन्स लाइफ  इन्स्योरेन्स कम्पनीले सहमति जुटाएका हुन् । यि दुई कम्पनीको […]