रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सम्झौता

बैंकिङ खबर/ रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँके बीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बाषिक रु ५,००० बीमा शूल्क बराबर हुन आउने बिमाङ्क रकम बरावरको २० बर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजनाको लागि […]


बीमा विधेयक पठाइयो समितिमा

बैंकिङ खबर/ राष्ट्रियसभाको बैठकले ‘बिमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बुधबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । ती विधेयकलाई विधायन समितिमा […]


कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब निकासा

बैंकिङ खबर/ सरकारले कोरोना बीमाको दाबी भुक्तानी गर्न एक अर्ब रूपैयाँ निकासा गर्ने भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार सरकारले एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको हो । कोरोना बीमालेख बिक्री गरेका निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी रोकेको वर्षदिन नाघेको छ । कम्पनीहरूले गत साउन १४ गतेदेखि भुक्तानी प्रक्रिया रोकेका थिए […]


नेशनल लाइफले १५ प्रतिशत बोनस सेयर दिने

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब तीन करोड ५१ लाख रुपैयाँ छ । यस पूँजीको १५ प्रतिशत अर्थात ६० करोड ५२ लाख रुपैयाँको बोनस शेयर वितरण […]


सानिमा र जनरल इन्स्योरेन्सको एकैदिन विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

बैंकिङ खबर/ सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले एकैदिन विशेष साधारणसभा डाकेका छन्। दुवै कम्पनीको सञ्चालक समितिले असोज ११ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेका हुन्। सानिमाको सभा काठमाडौंको चन्डोलीस्थित कुण्डलिनी दरबार बैंक्वेटमा र जनरलको सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा हुनेछ। दुवै सभा बिहान ११ बजेबाट सुरु हुनेछन्। दुवै सभाले सानिमा र जनरल इन्स्योरेन्स […]


लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच सम्झौता

बैंकिङ खबर/ लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. बाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नेछन् । यस सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।


आइएमई जनरल र साइमेक्स इंकबीच बीमा सेवा सम्बन्धी सम्झौता

बैंकिङ खबर/ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गर्नुभएको हो । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट साइमेक्स इंक ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकमहानुभावहरुले कुनै पनि किसिमको […]


राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बराल नियुक्त

बैंकिङ खबर/ राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओमा) मा शेखर बराल नियुक्त हुनुभएको छ । बीमा र बैङ्किङ्ग क्षेत्रमा २५ वर्ष भन्दा बढी अनुभव हासिल गरेका बराललाई चार वर्षका लागि नियुक्त गरिएको हो। राष्ट्रिय बीमा कम्पनीको बिहीबार बसेको संचालक समितिले बराललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो । पदपुर्ती उपसमितिले खुला प्रतिस्पर्धाबाट क्रमश सुरेन्द्र […]


नेशनल लाईफ इन्स्योरेन्सको “इम्प्लोयी स्किल इन्हान्समेन्ट ओर्कसप” सम्पन्न

बैंकिङ खबर/ “एक्सेल एण्ड इलेभेट” २०७९/८०” नाराकासाथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “इम्प्लोयी स्किल इन्हान्समेन्ट ओर्कसप” पोखरामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहज्यूको सभापतित्वमा आयोजना गरिएको उक्त सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले दक्ष […]


दाबी भुक्तानी सम्बन्धी निर्देशिका पूर्णतः पालना गर्न निर्देशन

बैंकिङ खबर/ बीमा समितिले सबै बीमा कम्पनीहरुलाई बीमालेखको जोखिमांकन तथा दाबी भुक्तानी प्रकृयामा प्रचलित कानून तथा समितिबाट जारी गरेका निर्देशनहरूको पूर्णतः पालना गर्ने निर्देशन दिएको छ । समितिले बीमा व्यवसायसँग सम्बद्ध विभिन्न व्यक्ति, समूह तथा संस्थाहरूमार्फत पेश भएका किर्ते जालसाजीपूर्ण कागजातका आधारमा बीमालेख जारी हुने गरेको तथा बीमा दावी भुक्तानी हुने गरेको पाइएको भन्दै निर्देशन […]