आइजीआई प्रुडेन्सियलको सीईओमा युगेश भक्त बादे श्रेष्ठ नियुक्त

बैंकिङ खबर/आइजीआई पु्रडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेश भक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । बादे श्रेष्ठलाई सीईओ नियुक्ति गर्नका लागि पठाएको फाइल बीमा प्राधिकरण कम्पनीले स्वीकृति गरिसकेको छ । वैशाख २७ गते एकीकृत कारोबार शुभारम्भ गरेको आइजीआई प्रुडेन्सियल साविक आइएमइ जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको बीमा कम्पनी हो। […]


उन्नती सहकार्य लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण

बैंकिङ खबर/उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ । वित्तीय संस्थाले पीडित परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो । संस्थाको कपिलवस्तुस्थित पकडि शाखा कार्यलय अन्तर्गत उन्नति लोहरपुरा महिला समूहकी सदस्य स्व.कपुरा कोरी को निधन भएपछि सदस्यले पाउने बीमा वापतको रकम आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको लघुवित्त वित्तीय संस्थाले जनाएको छ […]


हिमालयन लाइफको सीईओमा मनोज कुमार लाल कर्ण नियुक्त

बैंकिङ खबर/हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्ण नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीको सीईओमा कर्ण नियुक्त भएका हुन् । बीमा प्राधिकरणले कर्णलाई कम्पनीको सीईओ बन्न शुक्रबार स्वीकृति दिएको हो । नवनियुक्त सीईओ कर्णले पनि आफू एक वर्षे कार्यकालको लागि हिमालयन लाइफको सीईओ पदमा नियुक्त भएको […]


लघुबीमा कार्यक्रम अघि बढाइने

बैंकिङ खबर/सरकारले न्यून आय भएका वर्ग र समुदायलाई लक्षित गरी लघुबिमा कार्यक्रम अघि बढाउने तयारी गरेको छ। संघीय संसदको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहमार्फत न्यून आय भएका वर्ग र समुदायका लागि बिमा कार्यक्रम अघि बढाइने बताएका हुन्। ‘देशभर बिमाको पहुँच विस्तार गरिने छ,’ […]


जीवन बीमा कम्पनीहरुको खुद नाफा डेढ अर्ब, हेर्नुहोस् कुनको कति ?

बैंकिङ खबर/चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको खुद नाफा डेढ अर्बले बढेको छ । यो कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको हो । चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा १ अर्ब ६३ करोड […]


एक हुँदै युनाइटेट र अजोडः प्राधिकरणले दियो अन्तिम स्वीकृति

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । दुबै कम्पनीले गत वैशाख २५ गते एकै दिन छुट्टाछुट्टै बसेको साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । साधारणसभाबाट मर्जरको प्रस्ताव पारित हुने वित्तीकै कम्पनीले मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले अन्तिम स्वीकृति […]


बीमालेख धितो राखेर दिने कर्जा ३२.३६ प्रतिशतले वृद्धि

बैंकिङ खबर/जीवन बीमा कम्पनीले बीमालेख धितो राखेर बीमितलाई ८० अर्ब कर्जा दिएको छ । पछिल्लो सयम यसरी बीमालेख धितो राखेर दिने कर्जा ३२.३६ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८० अर्ब ३७ करोड ६९ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा १९ […]


नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ३२९.५२% को वृद्धि

बैंकिङ खबर/ नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आ.व को तेस्रो त्रैमाससम्ममा उल्लेखनिय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा ३२९.५२ प्रतिशतको वृद्धि भएकोे छ । यस त्रैमासकको अन्त्य सम्ममा कम्पनीको जगेडा तथा कोषमा करिव ४८ करोड रुपैयाँ रहेकोछ जुन […]


हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार शुरु, चुक्ता पुँजी ८ अर्ब २ करोड

बैंकिङ खबर/साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले २०८० वैशाख २६ गतेबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ । यी तीन कम्पनीले एक वर्षअघि (२०७९ वैशाख २९ गते) मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । एक वर्षको अवधिमा मर्जर प्रक्रिया पूरा गरी हिमालयन लाइफ इन्स्योरेन्स […]


४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणका अनुसार नेपालमा ४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा आएका छन् । बीमा प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को चैत मसान्तसम्मको विवरण सार्वजनिक गर्दै ४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा आएको जनाएको छ । गत आव २०७८/७९ को सोही अवधिमा ३७.३५ प्रतिशत नागरिक बीमाको दायरामा रहेकोमा एक वर्षमा ७ प्रतिशत विन्दु भन्दा बढीले […]