५७ अर्ब कुल पूँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्यो ग्लोबल आइएमई

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेका छन् । काठमाडौंमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गर्नुभएको छ । एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरु ठूलो हुँदा ठूलाठूला परियोजनामा […]


कुमारी बैंकको जनबाहल भेडासिंह शाखा सञ्चालन

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती जिल्लास्थित वडा नं.२५ मा रहेको जनबाहल, भेडासिंह शाखा  सञ्चालनमा ल्याएकोे छ । उक्त समारोहको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष राजेश डंगोलले गर्नुभयो । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको […]


सिबिफिनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

बैंकिङ खबर/ “उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने मूल नाराकासाथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । निर्वाचन समितिका […]


ग्लोबल आईएमई बैंकका नवनियुक्त अध्यक्ष ढकालले लिए शपथ

बैंकिङ खबर/ग्लोबल आईएमई बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सोमबार गभर्नर महाप्रसाद अधिकारीसमक्ष शपथ लिएका हुन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले सोमबार मात्रै एकीकृत कारोबार शुरु गरेका छन् । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित […]


एनएमबि बैंकका ग्राहकलाई कर्णाली केयर इन्टरनेशनल हस्पिटलमा ३५ प्रतिशतसम्म छुट

बैंकिङ खबर/ एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश सुर्खेत, जुम्लारोडस्थित कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश क्षेत्रीय प्रमुख मित्रराज प्याकुरेल र कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको तर्फबाट निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार […]


लक्ष्मी केयर्सद्वारा ट्रिब्युट टु लिजेन्ड्स सांगितिक कार्यक्रम आयोजना

बैंकिङ खबर/लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित तथा सञ्चालित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सको आयोजनामा ट्रिब्युट टु लिजेन्ड्स नामक सांगितिक कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ गायक दिपक खरेलको सम्मानमा आयोजित कार्यक्रममा गायक खरेलले करिब ३०० दर्शक श्रोतामाझा आफ्नो एकल प्रस्तुत गर्नुभएको थियो । विभिन्न कर्पोरेट संस्थाका विशिष्ट व्यक्तिहरुका साथसाथै संगीतका पारखीहरुको उपस्थिति रहेको कार्यक्रम गाला डिनरका […]


लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौता हुँदै

बैंकिङ खबर/ लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडबीच मर्जर सम्झौता हुँदैछ । यी दुई बैंकबीच सोमबार दिउँसो ४ बजे मर्जर सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक कार्यक्रम तय गरिएको छ । पछिल्लो समय बैंकहरु धमाधम मर्जर प्रक्रियामा जान थालेका छन् । सोमबार मात्रै ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले एकीकृत कारोबार शुरु गरेका छन् […]


आइएमई पे र डेली ग्रोसरीबीच सम्झौता

बैंकिङ खबर/आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा अधिक्तम रू. २०० सम्म) प्राप्त गर्न सक्नुहुनेछ । यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र […]


मुक्तिनाथ विकास बैंकको डा. भगवान कोईरालासँग सहकार्य

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंक लि.ले १६ औं वर्ष सफलतापुर्वक पुरा गरी १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै प्रोफेसर एंवम डाक्टर भगवान कोईरालाको अध्यक्षतामा संचालित गैर नाफामुलक संस्था प्बतजmबलमग क्ष्लकतष्तगतभ या ऋजष्मि ज्भबतिज संग एक औपचारिक कार्यक्रमबीच सम्झौता गरेको छ । बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल […]


मेगा बैंकद्वारा कृषि व्यवसाय प्रबद्र्धन गर्न किन्निहो प्रालिसँग सम्झौता

बैंकिङ खबर/ मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत तुल्सीराम पोखरेल र किन्निहोका अध्यक्ष विज्ञान घिमिरेबाट सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । किन्निहोसँगको सम्झौतापछि मेगा बैंकले […]