बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ

बैंकिङ खबर/ नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले उच्च अदालतले ४० लाख बिगो ठहर हुने फैसला गरेपछि फरार खोटाङ कपिलासगढी गाउँपालिका–९ वर्तन घर भई हाल जोरपाटी बस्दै आएका ३२ वर्षीय प्रकाश राईलाई आज दिउँसो पक्राउ गरेको हो। बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत […]


नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता

  बैंकिङ खबर/नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको दुवै बैंकले जनाएका छन्। दुवै बैंकले संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरि उक्त समितिले सिफारिश गरे बमोजिम सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकबाट उक्त एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए। एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट […]


राष्ट्रिय वाणिज्य बैंकको १६ औं वार्षिक साधारण सभा सम्पन्न, ३३ प्रतिशत लाभांश पारित

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद ३ प्रतिशत र बोनस सेयर ३० प्रतिशत) सहितको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। साधरणसभाले चुक्तापुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैंया नगद र ३० प्रतिशतले हुन […]


एनसीसी बैंकको एजीएमबाट लाभांश पारित

बैंकिङ खबर/ नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा बिहीबर सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश […]


गुहेश्वरी मर्चेन्ट बैंकिङको एजीएमबाट १० प्रतिशत बोनस सेयर अनुमोदन

बैंकिङ खबर/ गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको २० औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। ललितपुरको हरिहरभवनस्थित गुहेश्वरी भवनमा सम्पन्न वार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष श्रीमान श्रेष्ठबाट प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित भएको छ। सभाले हाल कायम रहेको चुँक्तापुँजी ८६ करोड ४० लाख रुपैयाँको १०.५२६३ प्रतिशत लाभांश वितरण (बोनस सेयर १० […]


कालिकोटमा बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटोमै मृत्यु

बैंकिङ खबर/ बैंक खाता खोल्न हिँडेकी ६० वर्षीया वृद्धाको बीच बाटोमै मृत्यु भएको छ। कालिकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो। पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जाँदै थिइन्। सोही क्रममा वृद्धाको ज्यान गएको हो। १० किलोमिटर हिँडेर खाता […]


मेगा बैंकद्वारा भक्तपुर जिल्लामा सिसिटिभी जडान गर्न सहयोग

बैंकिङ खबर/ मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरिन् । सो अवसरमा उक्त समितिका संयोजक […]


कृषि विकास बैंकको साधारणसभाद्वारा २१.०५ प्रतिशत लाभांश पारित

बैंकिङ खबर। कृषि विकास बैंककाे २१.०५ प्रतिशत लाभांश पारित भएकाे छ। बैंककाे बिहीबार सम्पन्न वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेकाे हाे। सभाले बैंककाे सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर तथा १.०५२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हाे। बैंककाे पन्ध्रौं वार्षिक साधारणसभा बैंक संचालक […]


पश्चिम नवलपरासीबाट नक्कली नोटसहित २ युवा पक्राउ

 बैंकिङ खबर। प्रहरीले पश्चिम नवलपरासीबाट नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरेको छ। सदरमुकाम परासी बजारमा विभिन्न सामान खरिद गर्ने र नक्कली नोट साटिरहेको अवस्थामा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का रसिद मोहम्मद र कपिलवस्तुको शुद्धोदन गाउँपालिका–२ का जमाल मुसलमान पक्राउ परेका हुन्। उनीहरुको साथबाट नेपाली १ हजारका नक्कली नोट २५ थान, भारतीय […]


नेपाल बंगलादेश बैंकको प्रवर्द्धक सेयर खरिद–बिक्री प्रक्रिया राेकियाे, अगाडि नबढाउन अदालतकाे आदेश

बैंकिङ खबर/ नेपाल बंगलादेश (एनबी) बैंकको विवादमा परेको प्रवर्द्धक सेयर खरिद–बिक्री प्रक्रिया तत्काललाई रोकिएको छ। जिल्ला अदालत काठमाडौंले एनबी बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको करिब ४२ प्रतिशत सेयर तत्कालका लागि बिक्री नगर्न आदेश दिएपछि उक्त प्रक्रिया तत्कालका लागि रोकिएको हो। न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले मंगलबार नै आईएफआईसी बैंकको सेयर खरिद–बिक्री रोक्न आदेश दिएका थिए […]