निक्षेप तथा कर्जा सुरक्षण कोषमा सीईओको आवेदन पुनः खुल्यो

बैंकिङ खबर/ सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि आवेदन खुलाएको छ । यसअघि गत मंसिरमा पनि उक्त पदका लागि आवेदन आह्वान गरिएको थियो । त्यतिबेला १३ जनाले आवेदन दिएका थिए । त्यो सबै प्रक्रिया खारेज गरेर अहिले पुनः नयाँ आवेदन माग गरिएको हो । प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रको […]


नबिल बैंक र लगानी बोर्डबीच सम्झौता

बैंकिङ खबर/ नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ । यस सम्झौता अन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तीय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरूमा सहभागिताको लागि लगानी बोर्ड नेपालसँग सहकार्य गर्नेछ । […]


वैशाखमा वाणिज्य बैंकहरुको निक्षेप रु. १९ अर्बले घट्यो

बैंकिङ खबर/ वैशाख महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार वैशाख महिनामा वाणिज्य बैंकहरुको निक्षेप १९ अर्ब रुपैयाँले घटेको छ । योसँगै वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँमा झरेको छ । गत चैत मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ८९ […]


स्मार्ट च्वाईस टेक्नोलोजिज र सेलपेबीच स्मार्ट क्यूआर भुक्क्तानी सेवाका लागि सम्झौता

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमती प्राप्त सेलकम प्रा. लि. (सेलपे) बीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सन्चालनको लागी सम्झौता सम्पन्न भएको छ । हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत […]


ग्राहक संख्यामा इसेवाको चमत्कारिक फड्को

बैंकिङ खबर/ नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाइल एप एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ।  योसँगै नेपालको फाइनान्सियल सेवामा एन्ड्रोइडको ५० लाखको माइलस्टोन हासिल गर्ने पहिलो कम्पनी भएको छ। नेपालमा इसेवाले नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवा दिने कम्पनीका रुपमा काम गरिरहेको छ। स्थापना भएको १३ वर्षमा […]


गौतमबुद्ध विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत

बैंकिङ खबर/ सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको भैरवाहस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ। यो विमानस्थलमा यात्रु र सेवाग्राहीलाई चाहिने सम्पूर्ण सेवासुविधा राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गर्नेछ। यसका लागि बैंकले आजबाट ५ वटा काउन्टर पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ। राष्ट्रिय वाणिज्य बैंक भैरहवा शाखाका प्रबन्धक हरिराम पराजुलीका अनुसार विमानस्थलभित्र […]


बैंकले रेमिट्यान्स सेटलमेन्टको मात्रै काम गर्नुपर्ने विप्रेषक संघको माग

बैंकिङ खबर/ नेपाल मुद्रा विप्रेषक संघले बैंकले रेमिट्यान्स सेटलमेन्टको मात्रै काम गर्नुपर्ने माग राखेको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारलाई सुझाव दिँदै संघले यस्तो माग राखेको हो । संघले भनेको छ, ‘रेमिट्यान्सको रिटेल काम जो रेमिट्यान्स कम्पनीहरूले गरिरहेका छन् त्यस्ता काममा बैंकले रूचि राख्दा समग्र रेमिट्यान्स क्षेत्रकै स्थायित्वमा असर पर्न सक्छ ।’ संघले रेमिट्यान्स […]


विकास बैंकहरुको बढ्यो ब्याजदर, मुद्दतीमा राख्दा साढे १२ प्रतिशतसम्म ब्याज

  बैंकिङ खबर/ विकास बैंकहरुले निक्षेपमा ब्याजदर बढाएका छन्। विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर बढाएर साढे १२ प्रतिशतसम्म पुर्याएका छन्। विकास बैंक एशोसियसनले मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म पुर्याउने निर्णय गरेको थियो। सोहि अनुसार केहि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशत कायम गरेका छन्। तर ८ विकास बैंकले भने ब्याजदर १२ प्रतिशतभन्दा माथि पुर्याएका […]


एनआइसी एशिया बैंकले आइतबार र शनिबार पनि सेवा दिने

बैंकिङ खबर/ एनआइसी एशिया बैंकले आइतबार र शनिबार पनि ग्राहकलाई सेवा दिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार र शनिबार बैंक बन्द हुने निर्णय गरे पनि एनआइसी एशिया बैंकले भने ती दुवै दिन सेवा दिने सूचना सार्वजनिक गरेको हो । बैंकले बिहान ११ बजेदेखि ३ बजेसम्म विभिन्न शाखाहरु खुल्ने जनाएको छ । यस्तै बैंकले […]


चेक क्लियरिङ्ग तथा अन्तरबैंक भुक्तानी प्रणाली कारोबारको समय परिवर्तन

बैंकिङ खबर/ नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीका कारोबार र समय सीमा परिवर्तन गरेको छ । नेपाल राष्ट्र बैंकले हालै आरटीजीएसको समय सीमा थप गरेपछि एनसीएचएल(ईसीसी र एनसीएचएल–आईपीएस प्रणालीको कारोबार समय सीमामा फेरबदल भएको हो। शनिबार र आइतबार हुने सार्वजनिक बिदालाई समेत मध्यनजर गरी, उक्त प्रणालीहरु शुक्रबार समेत पूर्ण […]