रा.वा. बैंकको ब्रान्ड एम्बेसेडरमा मिस नेपाल वर्ल्ड-२०२२ प्रियंका रानी जोशी नियुक्त

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवर्द्धनका लागि मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई सोमबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ।  राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको ब्रान्ड एम्बेसेडर नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गर्नुभएको […]


माछापुच्छ्रे बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ

बैंकिङ खबर/ वीरगंज महानगरपालिका– ८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका–५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपुर चौधरी रहेका छन् । उक्त बैंकको एटिएम मेसिन फुटाउँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला […]


राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एटिएम संचालन

बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौंको रामशाहपथ स्थित राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लि.को प्राङ्गणमा एटिएम संचालनमा ल्याएको छ । सोमबार आयोजित एक कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बीमा कम्पनी लि.का संचालक समिति सदस्य प्रकाश कुमार अधिकारीले उक्त एटिएमको समुद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय […]


बैंकिङ कसुरः पक्राउ परे नेमा मेन्जन लामा

बैंकिङ खबर/ बैंकिङ कसुर गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको मनहरा, कागेश्वरी बस्ने वर्ष ५२ को नेमा मेन्जन लामा रहेका छन्। लामाविरुद्ध बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरको गत जेठ ३१ गतेको फैसलाले सात लाख जरिवाना, दुई दिन कैद र […]


बैंकबाट रकम झिकेर फर्किदै गरेकी महिलाको २ लाख रुपैयाँ लुटियो

बैंकिङ खबर/ जनकपुरधाममा बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको छ । जनकपुरधाम-१ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेका छन् । साउदीमा रहेका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एउटा […]


ज्योति विकास बैंकले मनायो १४ औं वार्षिकोत्सव​

बैंकिङ खबर/ ज्योति विकास बैंकले स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ। बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थितिमा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो। साथै, कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुव कुमार उप्रेती र संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुव राज भट्टराईको पनि उपस्थिति रहेको थियो। १४ औं वार्षिकोत्सवको अवसरमा बैंकले […]


सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित

बैंकिङ खबर/  सिद्धार्थ बैंक लिमिटेड बैंकिङ्ग क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । शुक्रबार काठमाडौंको एभरेस्ट होटलमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले आर्थिक वर्ष २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । उक्त कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल […]


प्रदर्शनमा उत्रिए मिटर ब्याज पीडित

बैंकिङ खबर/ सिरहामा मिटरब्याजबाट पीडितले प्रदर्शन गरेका छन् । गोल बजारका सुदखोरका कारण दर्जनौं स्थानीयबासिन्दा घरबार बिहीन भएको उनीहरूको गुनासो छ । गृहमन्त्रालयले मिटर ब्याजीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरे पनि कुनै कारबाही नभएकोमा उनीहरुले आक्रोशित छन् । प्रशासन नै मिटर ब्याज लिनेहरूसँग मिलेको उनीहरुको आरोप छ ।


ग्लोबल आइएमई बैंकको चक्रवर्ती मुद्दति निक्षेप योजना सार्वजनिक

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकको मुद्दति निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने “ग्लोबल आइएमई चक्रवर्ती मुद्दति योजना” सार्वजनिक गरेको छ।  बैंकले ल्याएको यस मुद्दति निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दति निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरुको चाहना बमोजिम सो भन्दा अझ बढी हुनेछ।  यस योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज […]


बैंक अफ काठमाण्डूका ग्राहकलाई बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा २५% को छुट

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेड र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपाल बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई २५% छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्य सम्बन्धी सेवाहरुमा […]