सिभिल बैंकलाई प्राप्तिपश्चात् हिमालयन बैंकका दुई शाखा स्थानान्तरण

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ नं.पा. वडा नं. ८ काठमाडौंबाट विभिन्न बैंकिङ्क सेवा विस्तार गरेको छ । मिति २०८० साल फाल्गुण २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाज्यूले अन्य कर्मचारीहरुको उपिस्थतिमा गर्नुभएको थियो । […]


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ

बैंकिङ खबर/बैंकिङ कसूर मुद्दामा फरार एकजना प्रतिवादीलाई प्रहरीले काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–६ घर भएर कपन बस्दै आएका प्रविण संग्रौला छन् । ४२ वर्षीय संग्रौलालाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । उच्च अदालत पाटनले उनलाई २१ लाख जरिवना, ८४ हजार क्षतिपूर्ति र ७ दिन […]


बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता हेर्न आइएमई पेबाट टिकट काट्न सकिने

बैंकिङ खबर/ धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ। शनिबारदेखि सुरू भएको बुढासुब्बा गोल्ड कप फुटबल २४ औं संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ। चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधिभर आइएमई पेबाट टिकट […]


गरिमा विकास बैंकले गर्यो ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम

बैंकिङ खबर/ ‘वित्तीय जागरण, आजको आवश्यकता’लाई मूल नारा बनाई गरिमा विकास बैंकले ब्लु डायमण्ड सोसाइटीका एलजीबीटीक्यू समूहलाई लक्षित वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । बैंकको चाबहिल शाखाद्वारा आयोजित कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिँदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रडबारे सचेतना, विभिन्न प्रकारका बचत, कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको विषयमा वित्तीय शिक्षा […]


महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

बैंकिङ खबर/महालक्ष्मी विकास बैंकले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत उक्त क्यालेन्डर प्रकाशन गरेको हो । बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्बिरहरू मार्फत् सकारात्मक सन्देश प्रदान गर्दै यस वर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहक समक्ष ल्याएको हो । उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन […]


क्रिप्टोकरेन्सी कारोबारको आरोपमा ८ भारतीय नागरिक पक्राउ

बैंकिङ खबर/ राजश्व अनुसन्धान विभागले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विभागको टोलीले १८ फागुनमा उनीहरुलाई पक्राउ गरेर मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । विभागका अनुसार, उनीहरु क्रिप्टोकरेन्सी कारोबारमा जोडिएको आशंका छ । पक्राउ परेकामध्ये अमिरुदिन नामक भारतीय नागरिकले स्वयम्भुमा कोठा भाडामा लिएर शंकास्पद गतिविधि गरिरहेको सूचना विभागले पाएको थियो […]


ग्लोबल आइएमई बैंकद्वारा प्राचीन कलाकृति समावेश २०८१ सालको क्यालेन्डर सार्वजनिक

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो। ग्लोबल आईएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, […]


माछापुच्छ्रे बैंक कर्मचारी युनियनको अध्यक्षमा वंशीधर

बैंकिङ खबर/ माछापुच्छ्रे बैंक कर्मचारी युनियनको तेस्रो केन्द्रीय महाधिवेशनबाट वंशीधर घिमिरे अध्यक्षमा चुनिएका छन्। सर्वसम्मत रुपले शनिबार शुरु भएर आइतबार सम्पन्न कर्मचारी युनियनको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गणेशराज जोशी, उपाध्यक्षमा विनोदनिधि तिवारी र दीपक श्रेष्ठ तथा महिला उपाध्यक्षमा संगीता कुँवर चयन भएका छन्। देशभरका १५ सयजना कर्मचारी सहभागी अधिवेशनले महासचिवमा तलाश श्रेष्ठ तथा सचिवमा सञ्जय रानामगर, […]


महालक्ष्मी विकास बैंकद्वारा एक विद्ययार्थीलाई छात्रवृत्ति प्रदान

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकले एक विद्ययार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। बैंकले श्री त्रिनगर माध्यामिक विद्यालय धनगढी, केलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो। विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नबराज […]


ग्लोबल आइएमईका ४१ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ५ हजार बढीको सहभागिता

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । मुलुकका विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा ५ हजार भन्दाबढी व्यक्तिहरुलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय […]