धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न निर्देशन

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिइएको छ । सार्वजनिक लेखा समितिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बिहीबार निर्देशन दिएको हो ।


प्रिमियम मूल्यमा आईपीओ निष्कासनः दोषीलाई कारबाही गर्न अख्तियारलाई निर्देशन

बैंकिङ खबर/ प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नुको औचित्य छानबिन गर्न निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकबाट सो छानबिन गरी ३० दिनभित्र जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको हो । यस्तै, उक्त विषयमा दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिइएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।


तीन हाइड्रोपावर कम्पनीको १ करोड ६८ लाख कित्ता आईपीओ आउँदै

बैंकिङ खबर/ तीन वटा हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । विकास हाइड्रोपावर कम्पनी, रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपालले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । यी तीनै वटा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६८ करोड ३५ लाख ७९ हजार ७०० रुपैयाँ बराबरको १ करोड […]


हिमालयन रि–इन्स्योरेन्सको आईपीओ बाँडफाँट

बैंकिङ खबर/हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बिहान बाँडफाँट भएको छ । बिक्रीप्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए। सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको छ भने १५ लाख ६४ हजार ५६४ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये १० देखि ३० कित्तासम्म आवेदन दिने आवेदकले आवेदन दिए […]


सेयर धितो र रियल स्टेट कर्जाको जोखिम भार घट्यो

बैंकिङ खबर/मार्जिन प्रकृतिको सेयर धितो कर्जा रियल स्टेट कर्जाको जोखिम भार घटेको छ । चालु आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा आएको व्यवस्था कार्यान्वयनका लागि आइतबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले जोखिम भार घटाएको हो । ५० लाख भन्दा माथिको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशत रहेको जोखिम भारलाई […]


नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउनेबारे धितोपत्र बोर्डले अर्थलाई पत्र लेख्ने

बैंकिङ खबर/धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको छ। बोर्डको शुक्रबार बसेको बैठकले लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थलाई पत्र लेख्ने निर्णय गरेको बोर्डका एक सदस्यले जनाकारी दिए। गत शुक्रबार सञ्चालक समितिको बैठक राखेर सहजीकरण तथा निर्देशनका लागि भन्दै अर्थ मन्त्रालयलाई बोर्डले पत्र लेखेको थियो। अर्थले सोमबार नयाँ […]


घोराही सिमेन्टको बोनस सेयर घोषणा

बैंकिङ खबर/घोराही सिमेन्ट इन्डस्ट्रीले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित रकमबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आगामी साधारणसभामा बोनस सेयर वितरणको प्रस्ताव लैजाने छ । पुस २८ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीका अनुसार पुस १६ […]


सर्वोत्तम सिमेन्टको आईपीओ स्वीकृत

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत प्राथमिक सेयर (आईपीओ) जारी गर्नको लागि सर्वोत्तम सिमेन्टलाई स्वीकृति दिएको छ। बोर्डले योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरेपछिको निष्काशनको लागि स्वीकृति दिएको हो। कम्पनीलाई एक अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँबराबरको ३६ लाख कित्ता सेयर निष्काशनको लागि अनुमति दिइएको हो। कम्पनीले प्रतिकित्ता तीन सय ६० रुपैयाँ […]


गरिमा विकास बैंकको लाभांश घोषणा

बैंकिङ खबर/ गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। यसअनुसार कम्पनीले हालको चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। […]


नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन

  बैंकिङ खबर/नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको थियो । पुस ३ गते बैंकिङ समय पश्चात् डिबेन्चर बन्द गरिएको नबिलले जनाएको छ । प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र […]