धितोपत्र बोर्डमा हमालको कार्यकाल सकियो, अब प्रतिस्पर्धाबाट नयाँ अध्यक्ष

बैंकिङ खबर/ धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल आज (शुक्रबार) देखि सकिएको छ। यसअघिका अध्यक्ष भिष्मप्रसाद ढुंगानाले विवादमा परेर राजीनामा दिएपछि सरकारले हमाललाई नियुक्त गरेको थियो। हमालले २१ महिना धितोपत्र बोर्डमा बिताए। आजदेखि उनको कार्यकाल पूर्ण रुपले समाप्त भएको हो। अब बोर्डको अध्यक्ष सरकारले प्रतिस्पर्धाबाट छनोट गर्ने छ। यदि सरकारले चाहेको भए हामलको कार्यकाल ६ […]


प्रिमियम वापतको शुल्क रिजर्भमा राख्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई आईपीओ जारी गर्दा प्रिमियम मार्फत लिएको रकम जगेडा कोष (रिजर्भ)मा राख्न निर्देशन दिएको छ । प्राधिकरणले प्रिमियममा आईपीओ जारी गर्ने बीमा कम्पनीहरुलाई पत्र काट्दै प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो । पछिल्लो समय संसदको सार्वजनिक लेखा समितिले बीमा कम्पनीले प्रमियम मुल्यमा आईपीओ जारी गर्न नपाउने […]


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ खबर/तीन कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) र मन्दाकिनी हाइड्रोपावर कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ उक्त कम्पनीहरुले शुक्रबार बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता […]


राष्ट्रिय वाणिज्य बैंकसहित यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंकसहित पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । राष्ट्रिय वाणिज्य बैंक, जीवन विकास लघुवित्त, कालिका पावर, युनिभर्सल पावर र एचआइडीसीएलको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । यी पाँच वटै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । आजसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त तथा सभामा भाग लिन सक्ने […]


सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्दै

बैंकिङ खबर/सर्वोत्तम सिमेन्ट लिमिटेडले उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले […]


एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।अब यो बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्ने छ । कम्पनीको गत असोज ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाले पारित गरेको १० […]


मिर्मिरे लघुवित्तको लाभांश घोषणा

बैंकिङ खबर/मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो । कम्पनीले गत आवको नाफाबाट ६.६२ प्रतिशत नगद लाभांश दिने जनाएको छ । कम्पनीको यो लाभांशको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न निर्देशन

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिइएको छ । सार्वजनिक लेखा समितिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बिहीबार निर्देशन दिएको हो ।


प्रिमियम मूल्यमा आईपीओ निष्कासनः दोषीलाई कारबाही गर्न अख्तियारलाई निर्देशन

बैंकिङ खबर/ प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नुको औचित्य छानबिन गर्न निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकबाट सो छानबिन गरी ३० दिनभित्र जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको हो । यस्तै, उक्त विषयमा दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिइएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।


तीन हाइड्रोपावर कम्पनीको १ करोड ६८ लाख कित्ता आईपीओ आउँदै

बैंकिङ खबर/ तीन वटा हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । विकास हाइड्रोपावर कम्पनी, रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपालले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । यी तीनै वटा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६८ करोड ३५ लाख ७९ हजार ७०० रुपैयाँ बराबरको १ करोड […]