विदेशमा रहेका नेपालीलाई दसैँअघि नै आईपिओमा आरक्षण

बैंकिङ खबर/ वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीलाई दसैँ अघि नै प्राथमिक सेयरमा १० प्रतिशत छुट्याइने भएको छ । मन्त्रिपरिषद्बाट वैदेशिक रोजगारीलाई सेयर आरक्षण दिने सम्बन्धमा बनेको विनियमावली पास भएसँगै श्रम स्वीकृत लिएर गएका श्रमिकले प्राथमिक सेयरका लागि छुट्याएको १० प्रतिशत सेयर पाउने सुनिश्चित भएको हो । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मन्त्रिपरिषद्बाट विनियमावली पास भएको मौखिक […]


शुक्रबारको सेयर कारोबार पूर्ण रुपमा बन्द माग

बैंकिङ खबर/ लगानीकर्ताहरुले शुक्रबारको सेयर कारोबार पूर्ण बन्द गर्न माग गरेका छन्। लगानीकर्ताहरुको समूहले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा निवेदन दिँदै शुक्रबारको कारोबार पूर्ण रुपमा बन्द गर्न माग गरेका हुन्। उनीहरुले निवेदन नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई बुझाएका छन्। निवेदनमा यसअघि सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने गर्दा नेप्सेले आइतारको कारोबार बन्द गरेर शुक्रबार सेयर कारोबार […]


वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दै कुमारी बैंक

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले यहि भदौ १७ गतेदेखि ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको […]


खप्तड लघुवित्तको आईपीओ खुला

बैंकिङ खबर/ खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आजदेखि निष्काशन तथा बिक्री खुला हुँदैछ । लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। लघुवित्तले निष्काशन […]


धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट हुँदै

बैंकिङ खबर/ धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । बिहान १० बजे धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा उक्त कायक्रम हुने क्यापिटलले जनाएको छ। लघुवित्तले गत साउन २४ गतेबाट साउन २९ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला […]


श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने

बैंकिङ खबर/ श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भदौ १५ गतेदेखि बिक्री खुला हुने भएको छ। लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० […]


बैंक अफ काठमाण्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘बिओके डिबेन्चर, २०८६ (क)’ निष्काशन तथा बिक्री खुला गरेको हो। सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। […]


इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन खुला

बैंकिङ खबर/ इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीको सो आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरुले आवेदन दिने सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता […]


इक्विटी फन्डलाई भेन्चर क्यापिटलको लाइसेन्स

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड सेबोनले अवसर इक्विटी फन्डलाई भेन्चर क्यापिटलको लाइसेन्स अनुमतिपत्र प्रदान गरेको छ। आइतबार बसेको सेबोन सञ्चालक समितिको बैठकले अवसर इक्विटीलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान गर्ने निर्णय गरेको हो। विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्थाबमोजिम अवसर इक्विटीलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको लाइसेन्सन लिइएको हो। यसअघि सेबोनले ग्लोबल इक्विटी फन्डलाई भेन्चर क्यापिटलको […]


सि-आश्वा शुल्क घट्ने

बैंकिङ खबर/ नेपाल नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि–आश्वा शुल्क घटाउने भएको छ । आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि–आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको हो । आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए । जसमध्ये १ रूपैयाँ सार्वजनिक […]